Thumbnail for Epicenter Baneshwor - Miraj Dhingana||| Book/Gen Z protest. #rebootnp #rebootnepal  Nepal's Genz . by REBOOT NP

Epicenter Baneshwor - Miraj Dhingana||| Book/Gen Z protest. #rebootnp #rebootnepal Nepal's Genz .

REBOOT NP

30m 32s4,585 words~23 min read
YouTube auto captions
Transcript source

YouTube auto captions

This transcript was extracted from YouTube's auto-generated caption track. The transcript below is server-rendered so it can be read, searched, cited, and shared without opening the original YouTube player.

Pull quotes
[5:13]जुन प्रणालीले उनलाई मेयर हुँदा काम गर्न नदिएको भन्नुहुन्थ्यो, त्यसलाई फेर्न किन खुरै गर्नुभएन?
[5:13]यदि एउटा महानगर चलाउँदा आफ्नै घोषणा पत्रका मुख्य बुँदा पूरा गर्न सकिएन भने देश चलाउने आत्मविश्वास कहाँबाट जुटाउन सक्नुहुन्छ?
[5:13]दोस्रो प्रश्न। नितान्त जेन जीको आन्दोलन हो भन्नुभयो तर किन निशर्त संसद विघटनको निर्देशन आफ्नै खुसीले देशवासीले केवल ८४ को चुनाव ८२ मा सार्न यो आन्दोलन गरेको सोच्नुभएको हो?
[5:13]संविधान संशोधन बंगलादेशले पनि आन्दोलन पछि गर्यो। नेपालको हरेक जनआन्दोलनले देशको संविधान वा प्रणाली फेरेकै थियो। र तपाईँले किन गर्नुभएन?
Use this transcript
Related transcript hubs

[0:00]मैले लेख्दै गरेको केन्द्रबिन्दु बानेश्वर किताबको यो चुनाव भन्दा पहिला सार्वजनिक गर्नै पर्ने भाग म यो अडियो बुक मार्फत सार्वजनिक गर्दैछु। यो चुनावी भाग भन्दा बाहेकका अरु आन्दोलन सम्बन्धीका भागहरु किताब आउँदाखेरि सबै त्यही पाइनेछ। प्रधानमन्त्रीका उमेदवार बालेन्द्र शाह। बालेन जेन जी आन्दोलनका प्रमुख आवाजहरुमध्ये एक बने। सायद सबैभन्दा महत्वपूर्ण आवाज नै बने। आन्दोलनको बेला युवाहरु बालेन कहिले बोल्ने होला र त्यही अनुसार निर्णय गर्ने भन्ने सम्म विश्वासका साथ पर्खाइमा रहेका थिए। म पनि काठमाडौँ महानगरपालिकाको मेयर बन्ने बेला उहाँको ठूलो समर्थक मध्येको एक थिएँ। र्यापर युवाको आवाज विद्रोह र परिवर्तनको प्रतीक बालेन नेपालकै सबैभन्दा ठूलो महानगरका मेयर बन्ने तर्खरमा थिए। मलाई उहाँको नो नन्सेन्स स्वभाव एकदमै मन पर्ने। बालेन आत्मविश्वासका साथ बोल्थे र काठमाडौँमा बस्ने लाखौँ मान्छेहरुको आवाज बनेर देखिएका थिए। म सानो हुँदा एउटा हिन्दी फिल्म हेरेको याद आउँछ। नायक बालेनको चुनावी अभियान र काठमाडौँको मेयर बन्ने यात्रा त्यो फिल्मको रियल लाइफ पुनर्निर्माण जस्तै लाग्थ्यो। मैले बालेनबाट धेरै आशा र अपेक्षा गरेको थिएँ। मनैबाट लाग्थ्यो यो मान्छेले काठमाडौँलाई राम्रो गर्नेछ। के कसो भयो मेयर बनेपछि उहाँको कामबारे एकैछिनमा अझ छलफल गरौँला। अहिले विषयलाई जेन जे आन्दोलनमा बालेनको भूमिका तर्फ लगौँ। बालेनलाई मैले भेट्ने आन्दोलनपछि निकै पटक कोसिस गरेँ। मैले त्यतिखेर सम्म प्रधानमन्त्री मन्त्री लगायत धेरै ठुला मान्छेहरु भेटिसकेको थिएँ। बालेनलाई भेट्न भने असम्भव जस्तै थियो। म को नै हो र बालेनलाई भेट्न भन्ने एउटा प्रश्न आउन सक्छ। ठिकै पनि हो तर उहाँलाई भेट्न मैले मात्र नपाएको भने होइन। धेरै जेन जीहरुले भेट्न चाहे तर उहाँलाई भेट्न तीन लेयरबाट जानु पर्ने रहेछ। र तीन लेयर पार गर्दा पनि भेट्ने ग्यारेन्टी भने नहुने रहेछ। सुरुमा म बालेन जीलाई भेट्छु भन्दा पहिले उहाँको साथी सुनील लम्साललाई भेट्नु पर्ने रहेछ। म उहाँलाई भेट्न भैँसेपाटी पुगेँ। त्यहाँ सुनील जीको शब्द यही थियो। समय आएपछि तिमी भाइहरुलाई बालेनले भेट्छ। अहिले आफू जे गर्दैछौँ गर्दै गर। त्यहाँबाट म निस्केँ। अर्को पालि मैले बालेनका साथी केपी खनाललाई भेटेँ। उहाँसँग पनि मलाई बालेन जीसँग भेटाइदिनु भनेँ। अहिले उहाँलाई भेट्न मिल्दैन भन्नुभयो। उहाँको ठाउँमा कुमार बेन भन्ने मान्छे सँग भेट्नु भन्नुभयो। देशको प्रधानमन्त्रीसँग बरु भेट्न सजिलो जनतालाई तर बालेनसँग कुरा गर्न पनि गाह्रो रहेछ बुझे। कि उहाँ संसारको सबैभन्दा ठुलो म हुँ भन्ने दम्भ भएर हो कि के कारणले हो भन्ने मैले बुझ्न सकिन। यो मेरो मात्र कुरा होइन मेयर साहेबलाई महानगरका बासीले पनि भेट्न पाउँदैनन्। देशका अरु मेयरलाई भने भेट्न सजिलो। मेयर साहेबको महानगर कार्यालयको लिफ्ट पनि आफू मात्र चढ्न मिल्ने र महानगरको बासिन्दा चढ्न नमिल्ने खालको रहेछ। अन्त्यमा गएर मैले बालेनको रासपा प्रवेश भएपछि मात्र भेटेँ। त्यो प्रसङ्ग फाइनल किताबमा हुनेछ। जेन जी आन्दोलनमा बालेन म मेरो उमेर समूह जेन जीहरुसँग मिटिङ गर्न अस्तव्यस्त थिए। सामाजिक सञ्जालमा भिडियो बनाउँदै अपलोड गर्दै आन्दोलनमा आउन आह्वान गर्दै पनि थिए। त्यतिबेला अरु सामाजिक सञ्जाल चलेको थिएन, त्यसैले धेरै म टिकटकमा पोस्ट गर्दै थिएँ। वीपीएन हालेर त्यतिबेला इन्स्टाग्राम मार्फत थाहा पाएँ कि बालेनले जेन जीको आन्दोलनलाई समर्थन जनाएको रहेछन् भनेर। म मेरो उमेर समूहले गरिरहेको आन्दोलनलाई काठमाडौँ महानगरपालिकाका मेयरले समर्थन गरेको थाहा पाउँदा म खुसी नै भएँ। अब सेप्टेम्बर ८ मा जाउँ। आन्दोलन शान्तिपूर्ण रुपमा सुरु भएको थियो। तर बिस्तारै १० बज्दासम्म आन्दोलनमा घुसपैठ हुन थाल्यो। त्यसपछि १२:३५ देखि १२:४५ बिचमा गोली चल्न थाल्यो। शान्तिपूर्ण आन्दोलन अत्यन्त घातक बन्यो। साँझसम्म १९ जनाको ज्यान गइसकेको थियो। बालेनले तुरुन्तै केपी ओलीको सरकारको कडा आलोचना गर्दै फेसबुकमा एउटा पोस्ट लेखे। तेरो भरौटेहरुको पो बा भइस। साँच्चै नै कहिले बा हुन पाएको भए पो छोराछोरीको मृत्युको पीडा बुझ्थिस्। यस्तो आतंकवाद यो विश्वले कहिले देखेको थिएन। तँ नेता त के मान्छे पनि बन्न सकिनस्। आतंकवादी होस्। ह्यासट्याग केपी ओली इज अ टेररिस्ट। बालेनले केपी ओलीलाई बालबालिकाको हत्या गर्ने आतंकवादी भनेका थिए र आफ्नै सन्तान नभएकाले सन्तान गुमाउने पीडा नबुझ्ने टिप्पणी गरेका थिए। सेप्टेम्बर ९ मा आन्दोलन झन् हिंसात्मक र अराजक बन्यो। सरकारले कर्फ्यू लगाएको थियो तर त्यो प्रभावकारी भएन। राष्ट्रिय सुरक्षा समितिको बैठकबाट सेना सशस्त्र प्रहरी र प्रहरी मिलेर अवस्था नियन्त्रण गर्ने निर्णय गरेको थियो। तर बिहान देखिएका दृश्यहरु त्यस निर्णय अनुसार थिएनन्। सेनाले नेतृत्व गरेन। प्रहरी चौकीहरु जलाइए। प्रहरीमाथि आक्रमण भयो। सरकारमा रहेका वा सत्तासँग जोडिएका मानिसहरु खुजीखुजी आक्रमण गरिए। घर जलाइए। कतिपय व्यवसायिका घर पनि जलाइए। उनीहरु भ्रष्टाचारमा संलग्न थिए भन्ने अनुमानका आधारमा। मिडिया कार्यालयहरु पनि जलाइए। सिंहदरबार, सर्वोच्च अदालत, सरकारी कार्यालय, सरकारी सवारी साधनहरु तोडफोड र आगजनी हुन थाले। पाटपटेनी लुटियो र जलाइयो। यो दृश्य अत्यन्तै पीडादायी थियो। देशका अरबौँको सम्पत्ति र इतिहास यसरी नष्ट हुँदै गरेको देख्दा। त्यही बीच २ बजे दिउँसो खबर आयो। प्रधानमन्त्री केपी ओलीले राजीनामा दिए। बालेनको सेप्टेम्बर ९ को दिउँसो २ बजेको फेसबुक स्टाटस यस्तो थियो। हामी स्पष्ट रुपमा भनेका थियौँ यो नितान्त जेन जीको आन्दोलन हो। प्रिय जेन जी, तपाईँहरुको हत्याराको राजीनामा आइसकेको छ। अब संयमित हुनुहोला। देशको जनधनको क्षति भनेको तपाईँ हाम्रै सम्पत्तिको क्षति हो। तपाईँ हामी अब संयमित हुनु जरुरी छ। अब तपाईँको पुस्ताले नै देशको नेतृत्व गर्नुपर्नेछ। तयार रहनुहोला। साथै सेना प्रमुखसँग वार्ता गर्न पनि तयार रहन भने।

[5:13]तर संसद विघटन हुनैपर्ने शर्त राख्दै। त्यतिखेर बालेन जेन जी विशुद्धको आन्दोलन हो भने पनि बालेनले आन्दोलनको नेतृत्व गर्दै थिए। आफ्नो स्टाटस र आर्मीसँग संवाद मार्फत जुनबारे एकैछिनमा थप प्रमाण पेश गर्छु। मलाई अलि अचम्म लाग्यो। संसद विघटन न त संविधान संशोधनको कुरा न त सुशासन र भ्रष्टाचार नियन्त्रणका एजेन्डाको कुरा थियो त्यहाँ। यो आन्दोलन एजेन्डा सहित सुरु भएको थियो। एजेन्डा कता गयो बालेनको स्टाटसबाट। संसद विघटन भनेको अन्ततः अन्तरिम सरकार र ६ महिनापछि चुनाव मात्रै हो। किन चुनाव रोजे बालेनले देश जल्ने आन्दोलनपछि? मैले एउटा भिडियो बनाएर आन्दोलन रोक्न आग्रह गरेँ। सरकार ढलेको छ। हामी जितेका छौँ तर अब एजेन्डा कार्यान्वयन गर्ने र बुलेट प्रुफ सिस्टम बनाउनु पर्छ। संविधान संशोधन अथवा पुनर्लेखन गर्ने बेला आएको छ भनेर। मैले एजेन्डा सम्झाउन खोजे। त्यो भिडियो अझै पनि मेरो सामाजिक सञ्जालमा उपलब्ध छ। त्यो पनि २ बजेको आसपास नै राखिएको थियो। तर सेनाले बालेनलाई नै आधिकारिक जेन जीको नेता मानेपछि कसैको कुरा सुनिनेवाला थिएन त्यहाँ। बालेनको उक्त पोस्टले मलाई यस्तो महसुस गरायो कि उहाँले समस्या प्रणालीमा होइन केवल व्यक्तिहरुमा मात्रै देख्नुभयो। यो तत्कालीन मेयरबाट आएको अत्यन्त ननपोलिटिकल कदम थियो। ननपोलिटिकल व्यक्ति भनेको के हो? यस सन्दर्भमा राजनीतिमा दुई किसिमका मान्छे हुन्छन्। पोलिटिकल र ननपोलिटिकल। राजनीतिक व्यक्ति भनेको राजनीतिक प्रशिक्षण, अनुभव र चेतना भएको व्यक्ति हो। उनीहरुले संविधान, कानून, कूटनीति बुझ्छन् र जिम्मेवार निर्णय गर्छन्। ननपोलिटिकल व्यक्ति भनेको राजनीतिक शिक्षा नपाएको, निर्णय क्षमता कमजोर, जनभावना बुझ्न नसक्ने व्यक्ति हो। कोही पैसा भएर राजनीतिमा छिर्छन् कोही पहुँचका कारण, कोही लोकप्रियताका कारण तर राजनीतिक प्रशिक्षण बिना शक्तिशाली पदमा पुगेका ननपोलिटिकल व्यक्ति राष्ट्रका लागि खतरनाक हुन सक्छन्। उदाहरणका लागि जेलेन्स्की जो एक हास्य कलाकार थिए राष्ट्रपति बनेपछि युक्रेन युद्धमा गयो र एक पुस्ता बर्बाद भयो र देश दशकौंका लागि अशान्तिमा गयो। सेप्टेम्बर १० को बालेनको फेसबुक पोस्ट। प्रिय जेन जी तथा सम्पूर्ण नेपालीहरुमा मेरो आग्रह अहिले देश एउटा इतिहासमै नभएको फरक परिस्थितिमा छ। तपाईँहरुले अहिले सुनौलो भविष्य तर्फ कदम चाल्दै हुनुहुन्छ। यो बेला कृपया नआत्तिनुहोला। धैर्य राख्नुहोला अब देश अन्तरिम सरकारमा जाँदैछ। जसले देशमा नयाँ चुनाव गराउनेछ। यो अन्तरिम/चुनावी सरकारको नेतृत्व गर्नका लागि तपाईँहरुबाट आएको प्रस्ताव पूर्व प्रधानन्यायाधीश श्रीमान् सुशीला कार्कीप्रति पूर्ण समर्थन छ। तपाईँको सुझबुझ, विवेक र एकतालाई हृदयदेखि सम्मान गर्न चाहन्छु। तपाईँहरु कति परिपक्व हुनुहुँदो रहेछ भन्ने कुरा यसैले जनाउँछ। अहिले नै हतारमा नेतृत्वमा आउन चाहनुभएका साथीहरुलाई के भन्न चाहन्छु भने तपाईँहरुको जोस, तपाईँहरुको सोच, तपाईँहरुको इमान्दारिता देशलाई स्थायी रुपमा चाहिएको हो। अस्थायी रुपमा होइन। त्यसका लागि चुनाव त हुनैपर्छ। कृपया हतार नगर्नुहोला। सम्माननीय राष्ट्रपति ज्यू, जेन जीहरुले ल्याएको ऐतिहासिक क्रान्तिलाई संरक्षण गर्न अन्तरिम सरकारको गठन र संसदको विघटन अभिलम्ब गर्नुहोला। यो पोस्टमा उहाँले देश विशेष मोडमा पुगेको, उज्यालो भविष्य तर्फ बढिरहेको लेख्नुभयो। उहाँले अन्तरिम सरकार, संसद विघटन र नयाँ चुनावको समर्थन गर्नुभयो। उहाँले सुशीला कार्कीलाई प्रधानमन्त्रीका रुपमा समर्थन गर्नुभयो। जेन जी आन्दोलनमा हस्तक्षेप नगर्ने चेतावनी दिएका उहाँ स्वयं आन्दोलनको दिशा निर्देशनसम्म र आन्दोलनलाई डाइरेक्ट गर्न थाल्नुभयो। प्रणाली नबदली चुनाव मात्रै गरेर कसरी आन्दोलन ऐतिहासिक हुन्थ्यो र? आन्दोलनमै शहीद भएका मानिसहरुलाई कसरी न्याय हुन्थ्यो र? जुन प्रणालीले उनलाई मेयर हुँदा काम गर्न नदिएको भन्नुहुन्थ्यो, त्यसलाई फेर्न किन खुरै गर्नुभएन? कुनै संविधान संशोधन बिना एजेन्डाको चर्चा बिना संसद विघटनको निर्देशन सेना र बालेनको संवाद यो आन्दोलनको साइलेन्ट हाइज्याक थियो। नेपालमा भएका जनआन्दोलनका उपलब्धिहरु २०७ साल राणा शासनको अन्त्य, प्रजातन्त्रको स्थापना, २०४६ साल पञ्चायतको अन्त्य, बहुदलीय व्यवस्थाको स्थापना, २०६३ साल राजतन्त्रको अन्त्य, गणतन्त्रको स्थापना। के यो ८४ सालको चुनाव ८२ मा सार्ने मात्रै यो आन्दोलनको एजेन्डा थियो? त्यतिबेला बालेन जेन जीको आधिकारिक मुखपात्र जस्तै बने। सेनाले उनकै कुरा सुन्ने र उनले सेनाको। संविधान रहँदासम्म र राष्ट्रपति रहँदासम्म सेनाले राजनीतिक वार्तालाप गर्न नपाउने थियो। तर भयो। लोकतन्त्रमा संसारभरि यो अभ्यास हुँदैन। तर बालेनले सेना प्रमुखसँग मात्र वार्ता गर्नुको आह्वान गरे। यो अलोकतान्त्रिक कदमको पछाडि के थियो? पछि मैले तनुजा पाण्डेसँग कुरा गरेँ। सेप्टेम्बर ९ को राति तनुजा सेना मुख्यालय भद्रकाली गएकी थिइन्। तनुजा पाण्डेसँग युजन राजभण्डारी लगायत कुल १२ जनाको टोली वार्तामा गएको थियो। सेना प्रमुखले बालेन र सेना बीच दिनभर संवाद भएको र उक्त पोस्ट बालेन र सेनाको कुराकानीबाटै आएको बताए। यसको प्रत्यक्षदर्शी १२ जना त्यो बैठकमा बसेका जेन जी छन्। राष्ट्रपति रहँदा रहँदै सेना राजनीतिक कुनै नमिल्ने तर भयो। संसद विघटन भयो। आन्दोलनका एजेन्डा बिर्साइयो। हामीले गुमायौँ समृद्ध नेपाल, भ्रष्टाचारमुक्त देश आफ्नै देशको उज्ज्वल भविष्य। बंगलादेशमा पनि नेपाल जस्तै २०२४ को जुलाई महिनामा विद्यार्थी आन्दोलन भएको थियो। यो आन्दोलन सरकारी जागिरमा कोटा प्रणाली जसले एउटा समूहलाई मात्र सुविधा दिने र अधिकांशलाई सरकारी काम पाउनबाट विभेद गर्ने कुराको विरोधमा सुरु भयो। आन्दोलन सफल भयो। बंगलादेशका विद्यार्थी आन्दोलनकर्ताले आफ्नो आन्दोलन मार्फत सरकारी जागिरमा कोटा प्रणाली हटाए जुन एजेन्डा थियो। यी संविधान संशोधन जनमत संग्रह मार्फत गरे र आन्दोलनलाई सफल पारे। देशले नयाँ सुरुवात फेब्रुअरी १२ २०२६ को चुनाव पछि पायो। खासमा यसरी आन्दोलनको नेतृत्व गरिनु पर्ने थियो। हाम्रो केसमा बालेनले सेनासँगै आन्दोलन नियन्त्रण गरेर चुनाव तर्फ मोड्नुभयो। जहाँ उहाँ स्वयं भावी प्रधानमन्त्री बन्न चाहनुहुन्छ। सेनाको नियन्त्रणमा देश र जे लेखे बालेनले स्टाटस त्यही सेनाले गर्ने। नेताको परीक्षण आपतको घडीमा हुन्छ। यहाँ बालेनले आन्दोलनको नेतृत्व गरेको देख्यौँ हामीले र कुन निष्कर्षमा देश पुग्यो हेर्यौँ। बालेन शाह प्रधानमन्त्रीको उमेदवार। बालेनले ऐतिहासिक आन्दोलनमा देखाएको राजनीतिक लिडरशिपले देशले ७६ जनाको मृत्यु खरानी भएको सिंहदरबार, बर्बाद देश जलेको काली लाग्दो अवस्था, जलेको संसद भवन र नेपालीको नयाँ नेपालको आशासँग संसदीय निर्वाचन साटियो। ८४ को निर्वाचन ८२ मा ल्यायो। बालेनले अब देशको लिडरशिप गर्दा कस्तो हुन्छ होला? त्यो मूल्याङ्कन आफैँ गरौँ। प्रधानमन्त्री भनेको केवल देश चलाउने पद होइन। त्यो एउटा राष्ट्र, आशा, भरोसा र भविष्य बोकेको जिम्मेवारी हो। प्रधानमन्त्री भनेको जनताको सपना सुन्ने कान हो, दुखमा साथ दिने मन हो र अन्यायको विरुद्धमा उभिने साहस हो। जब देश संकटमा हुन्छ, जनता अन्योलमा हुन्छन्। त्यतिबेला प्रधानमन्त्रीको निर्णयले लाखौँ जीवनको दिशा तय गर्छ। त्यो कुर्सी शक्ति देखाउने ठाउँ होइन। सेवा र त्याग देखाउने स्थान हो। प्रधानमन्त्री भनेको संविधानमा लेखिएको एउटा पद मात्र होइन। प्रधानमन्त्री राष्ट्रको कमजोर घडीमा उसको आवाज बन्छ र प्रहर हुँदा उसको ढाल बन्छ। देशको लागि प्रधानमन्त्री भनेको अराजकतामा पनि नियन्त्रण हो। जब सडकहरु क्रोध वा शोकले गर्जिएका हुन्छन्, मानिसहरु माथि हेर्छन्। कुनै झण्डातिर होइन तर एक व्यक्तितिर कसैले बुझोस् भन्ने आशामा। कोही जसले सुन्छ, कोही जसले सबैभन्दा ठूलो विश्व मञ्चमा उभिँदा पनि सानो भन्दा सानो गाउँलाई बिर्सँदैन। प्रधानमन्त्रीले विगतलाई सम्झनाको रुपमा र भविष्यलाई प्रतिबद्धताको रुपमा बोक्छन्। उनी आफूले नरचेको इतिहास विरासतमा पाउँछन् र आफूले कहिल्यै नदेख्न सक्ने परिणामहरुबाट उनीहरुको सफलता विरलै व्यक्तिगत हुन्छ। उनीहरुको असफलता पीडादायी रुपमा सामूहिक हुन्छ। जब उनीहरु राम्रोसँग नेतृत्व गर्छन्, देशले सजिलो सास फेर्छ। जब उनीहरु चुक्छन्, राष्ट्रले त्यो खाली प्लेटहरु, टुटेको विश्वास र बेचैन रातहरुमा महसुस गर्छन्। नेपालको सन्दर्भमा उनले ३ करोड जीवनको जिम्मेवारी बोक्छन्। सिक्किमका लेन्दुप दोर्जे वा हाल युक्रेनका जेलेन्स्की जस्ता अयोग्य अभिभावकले देश सदाको लागि गुमाउन सक्छ वा देशलाई युद्धमा धकेल्न सक्छ। त्यसैले प्रधानमन्त्रीको उमेदवारलाई मतदान गर्नुअघि केही गुणहरु खोज्नैपर्छ। ५ वर्ष यसलाई दिउँन भन्ने कुरा संसद मात्र हुने गरि उठ्ने हो भने ठिकै भन्न सकिन्थ्यो। तर संसद भएर सदनमा पनि नबसेको, नीति नियम बनाउन चाहिँने अनुभव छैन। महानगरमा उनको डेलिभरी धेरै ठाउँमा छैन। त्यो एकछिनमा उहाँको मेयरको प्रतिक्रिया पत्र हेर्दै छलफल गरौँला। उहाँ आवेशमा आएर एफ इन्डिया, एफ चाइना, एफ अमेरिका भनेर अस्ति भर्खर पनि लेख्नुभएको हो। चुनाव आउन चार-पाँच दिन बाँकी छ। उहाँको यस्तो भू-राजनीतिक रुपमा संवेदनशील अवस्थामा भएको देशको मेयर हुँदा यस्तो अभिव्यक्ति आउँदा भोलि प्रधानमन्त्री भएर हाम्रो सानो देशबाट न्यू नै खोज्नु भयो भने २०१५ मा खेपेको दुखद नाकाबन्दी फेरि खेप्नु पर्ला। हाम्रो हवाई मार्ग छैन। हवाई मार्ग पनि उनीहरुले नदिने भने के गर्ने? अथवा अवस्था बिग्रेर यी छिमेकीसँग युद्ध तर्फ गयो देश भने कसले बचाउँछ? युएन आउला भन्यो भने प्यालेस्टाइन धुलो पीठो हुँदा पनि कसैले रोक्न आएनन्। लाखौँ मरे त्यहाँ। राजनीतिक स्कुलिङ नभएको, कूटनीति नजानेका जेलेन्स्कीले २ वर्ष ९ महिनामा युक्रेनलाई युद्ध तर्फ पुर्याए। यसको सम्भावना साँच्चै तपाईँहरुले नदेख्नु भएकै हो? नेपाल जस्तो दुई संसारका शक्ति मुलुकको बीचमा भएको अवस्था अरु कुनै देश छैन। हामी साँच्चिकै एकदम संवेदनशील ठाउँमा छौँ। यो कुरा हामी नेपालीले बुझौँ। म आशा गर्छु शीर्षकको यो निबन्ध। म आशा गर्छु बालेन प्रधानमन्त्री भएपछि म सिंहदरबार जलाइदिन्छु भनेर फेसबुकमा स्टेटस लेख्दैनन् होला। म आशा गर्छु जनतासँग भेट्दा बालेन कारको सनरुफबाट टाउको निकालेर केही नबोली हात हलाएर जाँदैनन् होला। म आशा गर्छु कि मेयरको अभियान पछिको यो पहिलो जनतासँगको भेटघाट ८२ को चुनावी अभियानमा मात्र सीमित हुँदैन होला। जुन महानगर प्रमुख हुँदा उहाँले हराएर देखाकै हो। म आशा गर्छु कि मेयर हुँदा बालेन कता हराए भन्ने आएको हल्ला प्रधानमन्त्री भएपछि चाहिँ आउँदैन होला। म आशा गर्छु भारत र चीन हाम्रा दुई ठुला छिमेकी अन्तर्राष्ट्रिय शक्तिहरुसँग कूटनीतिक भेटमा उनी रिसाएर घर आएर फक मोदी वा फक सि जिनपिङ जस्ता अभिव्यक्ति प्रयोग गर्दैनन् होला। हामी ती देशहरुसँग हतियारको युद्ध लड्ने अवस्थामा छैनौँ र बालेनबाट कहिल्यै नदेखेको कूटनीति र ठण्डा दिमागले सोच्ने काम यो चुनाव पश्चात् अवश्य आउला। म आशा गर्छु बालेन प्रधानमन्त्री बनेपछि उहाँ फेसबुक स्टाटस मार्फत होइन प्रत्यक्ष संवाद मार्फत जनतासँग बढी बोल्छन् होला। म आशा गर्छु प्रधानमन्त्री कार्यालयको भित्तामा ग्रेटर नेपालको नक्सा टास्नु हुन्न भन्ने उनले बुझ्छन् होला। जब राज्यसँग अहिले भइरहेको सुस्ता अतिक्रमण समेत जोगाउन चाहिने सैन्य र सुरक्षा बल छैन। म आशा गर्छु कूटनीति बिना आक्रामक रुपमा भारतसँग ग्रेटर नेपाल माग्न उहाँ जानुहुन्न होला वा उग्र राष्ट्रवाद देखाउनु हुन्न होला। म आशा गर्छु यी कुरा यदि गर्ने नै हो भने संवाद मार्फत नै गरिन्छ होला। म आशा गर्छु बालेनले बुझ्छन् कि ग्रेटर नेपालसँगै १० करोड भन्दा बढी भारतीय जनसंख्या पनि देश आउँछ। र त्यसलाई कसरी व्यवस्थापन गर्ने? जब मेयर बनेपछि निशुल्क सार्वजनिक शौचालय अभियान समेत आज बालेनले निरन्तरता दिन सकेका छैनन्। म आशा गर्छु कि रुटिन अफ नेपाल बन्दका साहु भिक्टर पौडेल जस्ता साथी बालेन जस्तै सबैले पाऊन्। जसले निरन्तर रुपमा आफ्नो साथीको सानो भन्दा सानो कुरा पनि पोस्ट गरेर आफ्नो साथीको वा वाही कमाइदिऊन्। म आशा गर्छु कि यस्तो साथी जसले फेसबुकमा समाचार/मनोरञ्जन श्रेणीको पेज मार्फत पोस्ट गरिगरि आफ्नो साथीलाई पपुलर प्रधानमन्त्रीको उमेदवार नै बनाइदिऊन्। फेसबुकबाट नहोस् भने बालेनको मेयर हुँदाको कामले त पक्कै पुग्दैन होला। अन्त्यमा म आशा गर्छु झापा ५ का जनताले एकपटक यी कुरा पढेर मात्रै मत हाल्छन्। किनकि देश फिल्म होइन र यस्तो भू-राजनीतिमा भएको नेपालमा एउटा उग्र राष्ट्रवाद देखाउने नायक प्रधानमन्त्री बने भने देश भू-राजनीति ठूलो संकटमा पर्छ। पूर्व काठमाडौँ महानगर मेयर बालेन शाहको चुनाव अघिको घोषणा पत्र बालेन मेयर हुँदाखेरिको उहाँको कामहरु एकपटक हेरौँ। जब बालेन चुनाव अघि घोषणा पत्र लिएर आए, धेरैलाई लाग्यो अब काठमाडौँ साँच्चै बदलिन्छ। कागजमा सपना थियो, शब्दमा आत्मविश्वास थियो र भीडमा भरोसा थियो। उहाँले भन्नुभयो सार्वजनिक ठाउँमा स्तनपान कक्ष बन्छ। वडा-वडामा क्यान्सर स्क्रिनिङ हुन्छ। करको आधारमा स्वास्थ्य बीमा आउँछ। मानसिक स्वास्थ्यका लागि कल सेन्टर खुल्छ। जन्म, मृत्यु, विवाह दर्ता घरैमा आइपुग्छ। वृद्धभत्ता घरैमा पुग्छ। होम डेलिभरी गराइन्छ। उहाँले काठमाडौँलाई अन्तर्राष्ट्रिय फिल्म, संगीत र कलाको हब बनाउने कुरा गर्नुभयो। स्थानीय खाना ब्रान्डिङ हुन्छ भन्नुभयो। प्रदुषण घट्छ। खाल्डाखुल्डी तुरुन्तै मर्मत हुन्छ र ढल व्यवस्थापन ठिक हुन्छ। फोहोर छुट्ट्याएर व्यवस्थापन हुन्छ। फोहोर इन्सिनरेटर बन्छ भन्नुभयो। तर के यी कामहरु सुरु गरियो वा आजसम्म निरन्तरता दिइएको छ? कृषिमा क्रान्ति आउँछ। खाली जग्गा प्रयोग हुन्छ। ठुला कोल स्टोर बन्छन्। युवाले उद्यमका लागि सीड लगानी मनी पाउँछन्। २० प्रतिशत ठाउँ स्थानीय उत्पादनलाई छुट्याइन्छ। करियर काउन्सेलिङ हुन्छ भन्नुभयो। सीसीटीभी जडान हुन्छ सार्वजनिक सवारी साधनमा सरकारी कार्यालयमा बिहानको सिफ्ट चल्छ। गुनासो बाकस प्रभावकारी हुन्छ। मासिक वडा बैठक हुन्छ। भ्रष्टाचार विरुद्ध विशेष फोर्स बन्छ। साइबर ब्युरो भ्रष्टाचारका लागि बन्छ। सूची लामो थियो, सपना ठूलो थियो। तर आज हामी कहाँ छौँ? यी मध्ये कति कुरा पूरा भए? कति कुरा घोषणामै सीमित रहे? कति कुरा भाषणमै सकिए? यदि एउटा महानगर चलाउँदा आफ्नै घोषणा पत्रका मुख्य बुँदा पूरा गर्न सकिएन भने देश चलाउने आत्मविश्वास कहाँबाट जुटाउन सक्नुहुन्छ? मेयर हुँदा बाचा पूरा गर्न गाह्रो भयो भने प्रधानमन्त्री हुँदा के सजिलो होला? बालेनलाई प्रधानमन्त्री बन्नुअघि जेन जी आन्दोलनका पात्रको प्रश्नहरु। यो आन्दोलनको अपनत्व लिने भन्नुभएको थियो। साँच्चै तपाईं यदि जनताकै नेता हो भने यी प्रश्नहरुको उत्तर दिएर मात्रै मत माग्न जानुहोस्। ९ तारिखमा आन्दोलनको एजेन्डाको कुरै नगरी किन संसद विघटन गर्नुभयो? दोस्रो प्रश्न। नितान्त जेन जीको आन्दोलन हो भन्नुभयो तर किन निशर्त संसद विघटनको निर्देशन आफ्नै खुसीले देशवासीले केवल ८४ को चुनाव ८२ मा सार्न यो आन्दोलन गरेको सोच्नुभएको हो? संविधान संशोधन बंगलादेशले पनि आन्दोलन पछि गर्यो। नेपालको हरेक जनआन्दोलनले देशको संविधान वा प्रणाली फेरेकै थियो। र तपाईँले किन गर्नुभएन? विवेक पुगेन कि तपाईँ केवल निर्वाचन चाहनुहुन्थ्यो? महानगरको मेयर हुँदा किन आफ्नो प्रतिबद्धता पत्रको ३० प्रतिशत काम पनि गर्नुभएन? र प्रधानमन्त्री भएपछि के आधारमा गर्ने आशा हामीलाई देखाउनु भएको छ? अस्ति भर्खर एफ यु, एफ यु भनेर अश्लील गाली गलौज तपाईँले आफ्नै पार्टी लगायत सबैलाई गर्नुभएको थियो। हाम्रा छिमेकी राष्ट्र र हाम्रा मित्र राष्ट्रलाई पनि। भोलि यी गाली हाम्रा छिमेकी देशका नेतालाई गरेर हाम्रो देशलाई नै संकटमा पार्नुहुन्न भन्ने आश्वासन हामीले कुन आधारमा दिनुहुन्छ? नेताको परीक्षण संकटको बेला हुन्छ। आन्दोलनले संकटसँगै नयाँ नेपालको आशा पनि बोकेर ल्याएको थियो। र तपाईँले चुनाव मात्रै गराउनु भन्नुभयो। यस्तो अवस्थामा देश संकटमा पर्दा हामीलाई निकास दिनुहुन्छ? तपाईँ लोकप्रिय हुनुबाहेक प्रधानमन्त्री हुने सामर्थ्य साँच्चिकै राख्नुहुन्छ? प्रश्न गर्नु विरोध होइन, प्रश्न गर्नु जिम्मेवारी हो। यदि युवा चिटिक्क देखिने सामाजिक सञ्जालमा भाइरल भएकै व्यक्ति नै प्रधानमन्त्री देशलाई चाहिन्छ भने ठिकै छ। गर्छु भनेको काम गर्न नसक्ने, कार्यकाल छोडी महानगर बासिन्दालाई अलपत्र पार्दै प्रधानमन्त्री हुने रहरमा जाने प्रधानमन्त्री देशलाई चाहिन्छ भने ठिकै छ। यत्रो आन्दोलनको नेतृत्व गरेर देशको उज्ज्वल सम्भावनाको आहुति दिँदै चुनाव मात्रै गर्ने हो भन्ने व्यक्ति नै नयाँ भनेर मत पाउने हो भने ठिकै छ। भोलि क्रोध नियन्त्रण गर्न नसकेर छिमेकलाई तथानाम गाली गरेर देशलाई द्वन्द्व तर्फ लैजान सक्ने सम्भावना भएकै व्यक्ति नै प्रधानमन्त्री बनाउने भए ठिकै छ। यो देशको भविष्य अब मतदान मार्फत तपाईँहरुको हातमा छ। के रवि लामिछाने जेन जी आन्दोलनका उत्तर हुन्? राजनीतिज्ञ भनेको भगवान होइनन्। उनीहरुलाई सधैँ प्रश्न गर्नुपर्छ। राजनीतिज्ञहरु विभिन्न प्रकारका हुन्छन्। तर मेरो विचारमा राजनीतिज्ञका लागि अनिवार्य कुरा भनेको ऊसँग राजनीतिक स्कुलिङ अथवा ट्रेनिङ छ कि छैन? कोही सार्वजनिक भाषणमा राम्रो हुन्छन्। कोही मनाउन सिपालु हुन्छन्। कोही जनता सामु नआईकन रहस्यमय हिरो जस्तो छवि बनाउन माहिर हुन्छन्। कोही संगठन व्यवस्थापनमा राम्रो हुन्छन् आदि इत्यादि। तर राजनीतिज्ञ भनेको गल्ती गर्न सक्ने मान्छे पनि हो। शक्ति टाउकोमा चढ्न सक्छ र उसले पहिले समातेको नैतिकता र सिद्धान्त बिर्सन सक्छ। सन्त जस्तो देखिने केही राजनीतिज्ञ पछि गएर पूर्ण रुपमा खराब पनि बन्न सक्छन्। फ्रान्स काफ्काले भने चाहिँ अनुभवले मान्छेलाई बदल्दै लैजानु स्वाभाविक हो। त्यसैले राजनीतिज्ञलाई प्रश्न गर्न जरुरी छ। यहाँ रवि लामिछानेका केही प्रकरणहरु हेरौँ। अमेरिकामा रविका मुद्दा। २०१८ देखि २०२० बीच अमेरिकाको मेरिल्यान्ड राज्यमा रवि लामिछाने विरुद्ध ८ वटा आर्थिक सम्बन्धी मुद्दा दर्ता भएका थिए। अदालतको अभिलेख अनुसार एउटा मुद्दा राज्य कर नतिरेको थियो भने बाँकी ७ वटा बैंक र निजी कम्पनीलाई तिर्नुपर्ने रकम नतिरेको विषयमा थियो। ती मध्ये २ वटा मुद्दा बाल्टिमोर काउन्टी सर्किट कोर्टसम्म पुगे। जहाँ ऋणदाताहरुले मेरिल्यान्डको पार्क भिलामा रहेको लामिछानेको घर लिलामी गरेर रकम असुल गर्ने प्रयास गरेका थिए। कानुनी प्रक्रिया अघि बढ्दै जाँदा र घर लिलामी हुने अवस्थामा नजिकिँदै गर्दा लामिछानेले बाँकी कर र बिल तिरे। त्यसपछि २०२१ सेप्टेम्बरमा बाल्टिमोर सर्किट कोर्टले सटिस्फ्याक्सन अफ लिन भन्ने निर्णय सहित दुवै मुद्दा बन्द गर्यो। जसको अर्थ अदालतको हस्तक्षेप पछि बक्यौता तिरियो भन्ने हो। यी अमेरिका स्थित आर्थिक विवादहरु पछि नेपालमा राजनीतिक रुपमा महत्वपूर्ण बने। क्यालिफोर्नियामा रहेको रवि लामिछानेको घर पनि ऋण असुलीका लागि लगभग लिलामी हुने अवस्थामा पुगेको थियो। त्यहाँ उनकी पूर्वपत्नी र दुई छोरी बस्दै आएका छन्। नेपालमा यति सफल हुँदा पनि यति सानो रकम नतिरेको कारण पूर्वपत्नी र छोरीहरुका लागि यो निकै आघातपूर्ण अनुभव भएको हुनुपर्छ। पछि उनकी पूर्वपत्नीले केही पैसा जुटाईन् र रविले पहिले पठाएको केही रकम सहित बक्यौता तिरेपछि घर लिलामी हुनबाट रोकिएको थियो। दुई नागरिकता र दुई पासपोर्ट। २०१४ मा रविले नेपाली नागरिकता छोडेर अमेरिकी नागरिकता लिए। त्यसको अर्थ उनी अब नेपाली नागरिक रहेनन्, अमेरिकी नागरिक भए। उनी २०१५ मा नेपाल आए। नेपालमै अमेरिकी नागरिक भएर बस्दा उनले नेपाली नागरिकता प्रयोग गर्दै नेपाली समाचार, पत्रकारिता र अन्य उच्चस्तरीय गतिविधि गर्न थाले। २०१५ मै उनले आफू नेपाली नागरिक भएको झुटो विवरण दिएर नेपाली पासपोर्ट बनाए। जब कि उनी अझै अमेरिकी नागरिक थिए। नेपाली पासपोर्ट बनाउँदा उनीसँग पहिले नै अमेरिकी पासपोर्ट थियो। यो ठूलो ठगी थियो र यसले उनको राजनीतिक करियर नै सकिनसक्थ्यो। २०१८ मा मात्रै उनी अझै अमेरिकी नागरिक रहेको तथ्य बाहिर आएपछि उनले अमेरिकी नागरिकता त्यागे। यसकारण पछि गएर उनको सांसद पद र गृहमन्त्री पद गुम्यो किनकि उनको नेपाली नागरिकता वैध थिएन। अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता वैध नगराउने कुनै कारण थिएन। यहाँ शंका गर्ने ठाउँ छ। सायद उनले बिर्सिए। सबैबाट गल्ती हुन्छ। तर अमेरिकी नागरिक हुँदाहुँदै नेपाली पासपोर्ट बनाउनु भनेको बेवास्ता गर्न मिल्ने कुरा होइन। यो गम्भीर ठगीको मामला हो। देशको राजनीतिक अवस्थामै ठूलो प्रभाव राख्ने व्यक्ति अमेरिकी नागरिक भएर नेपाली नागरिकता प्रयोग गर्नु अत्यन्त अस्वीकार्य कुरा थियो। फेरि अमेरिकी पासपोर्ट हुँदाहुँदै नेपाली पासपोर्ट बनाउनु, दुई वटा पासपोर्ट राख्नु यो देशका जनताले कत्तिको स्वीकार गर्छन्? यदि यो काम कुनै सर्वसाधारणले गरेको भए उसलाई मुद्दा चल्थ्यो। ठगी घोषित हुन्थ्यो। चुनाव लड्न पाउँदैनथ्यो र जेल पनि जान्थ्यो। यो गम्भीर विषय हो। तर पछि पुष्पकमल दाहालको सरकारलाई विश्वासको मत दिने क्रममा महान्यायाधिवक्ता लगाएर यो मुद्दालाई खारेज गरियो। नेपालमा धेरै पटक राजनीतिक लेनदेनको क्रममा महान्यायाधिवक्ताको कार्यालय प्रयोग गरिन्छ। तपाईँले मलाई साथ दिनुभयो भने म तपाईँको यो मुद्दा खारेज गराइदिन्छु महान्यायाधिवक्ता लगाएर भनेर र यो पालि पनि त्यस्तै भयो। यदि यो मुद्दाको सुनुवाई हुने हो र निष्कर्ष निस्कने हो भने यो झुटो कसुर हो र रवि लामिछाने जेलमा हुन्थे। सहकारी ठगी प्रकरण। रवि गोर्खा टिभी प्रा लि का प्रबन्धक निर्देशक हुँदा कम्पनीको खातामा ६६ करोड ८७ लाख रुपैयाँ आएको थियो। उनी कम्पनीमा रहँदासम्म २६ करोड रुपैयाँ ट्रान्सफर भइसकेको थियो। तर रविको भनाइ अनुसार कम्पनीको आर्थिक पक्ष मिडिया समूहको व्यवस्थापनले हेर्थ्यो, उनले होइन। त्यसैले खातामा पैसा आएको बारे आफूलाई थाहा नभएको उनले दाबी गरेका छन्। यो सहकारी ठगी प्रकरणमा विभिन्न सहकारीबाट बचतकर्ताहरुको रकम निजी कम्पनी विशेष गरी गोर्खा मिडिया नेटवर्क, ग्यालेक्सी फोर के टेलिभिजन सञ्चालन गर्नेमा सारिएको आरोप छ। अनुसन्धानकर्ताका अनुसार सहकारी सदस्यका लागि रहेको ठूलो रकम उचित अनुमति बिना व्यवसाय सञ्चालन र अन्य प्रयोजनका लागि प्रयोग गरिएको हुन सक्छ। ट्रान्सफर भएको अवधिमा गोर्खा मिडिया नेटवर्क सँग उनको सम्बन्ध भएकैले उनको नाम जोडिएको हो। अधिकारीहरुले कम्पनीका पदाधिकारीहरुले सहकारीको पैसा दुरुपयोग गरे कि गरेनन् र त्यसमा लामिछानेको नियन्त्रण जानकारी वा जिम्मेवारी थियो कि थिएन भनेर जाँच गरिरहेका थिए। उनीहरुले व्यक्तिगत रुपमा कुनै गलत काम नगरेको, बैंक खाता आफूले नहेरेको र ट्रान्सफर मालिक तथा व्यवस्थापनले गरेको बताएका छन्। हाल यो विषय अनुसन्धानमै छ र कानुनी प्रक्रिया जारी छ। उनलाई दोषी ठह गर्ने अन्तिम अदालत फैसला आएको छैन। यो मुद्दा सार्वजनिक बचतसँग सम्बन्धित भएकैले र उनले भ्रष्टाचार विरोधी छवि बनाएकाले राजनीतिक रुपमा निकै महत्वपूर्ण बनेको छ। तर रवि कारागारबाट ८२ सालको जेन जी आन्दोलन पछि छुट्ने लगत्तै महान्यायाधिवक्ताले यी मुद्दालाई चाहिँ खारेज गर्ने भनेर चाहिँ निर्देशन दिएको छ। यहाँ फेरि राजनीतिक साटगाँट महान्यायाधिवक्ताको कार्यालयबाटै भएको प्रस्ट देखिन्छ। शालिकराम पुडासैनी आत्महत्या प्रकरण। २०१९ अगस्टमा चितवनमा पत्रकार शालिकराम पुडासैनीको मृत्यु भएपछि रवि लामिछाने माथि आरोप लाग्यो। मृत्युअघि पुडासैनीले भिडियो सन्देश रेकर्ड गरेका थिए। जसमा लामिछाने, उनकी पत्नी निकिता पौडेल र पत्रकार युवराज कंडेललाई आफ्नो मानसिक पीडाको कारण बताएका थिए। त्यही भिडियोका आधारमा प्रहरीले आत्महत्यामा दुरुत्साहनको आरोप लगायो। अभियोजन पक्षले भिडियो नै मृत्युपूर्व बयान भएको तर्क गर्यो भने प्रतिरक्षाले कानुनी रुपमा पर्याप्त प्रमाण नभएको दाबी गर्यो। अदालतले प्रत्यक्ष उक्साहट, दबाब वा मनसाय प्रमाणित नदेखिएकाले सबै आरोपितलाई सफाइ दियो। कानुनी रुपमा मुद्दा बन्द भइसकेको छ तर मिडिया, नैतिकता, मानसिक स्वास्थ्य र कानुनी प्रक्रियाबारे सार्वजनिक बहस अझै चलिरहेको छ। मर्ने बेलाको बोली सायद जिन्दगीको सबैभन्दा महत्वपूर्ण बोली हो। शालिकरामको त्यो भिडियो मैले पनि फेरि हेरेँ। यदि साँच्चै रविको कुनै पनि हातै थिएन भने किन आफ्नो महत्वपूर्ण अन्तिम बोलीमा रविको नाम लिन्थ्यो होला शालिकरामले? किन रविको नैतिकता र चरित्रमा प्रश्न आफ्नो अन्तिम समयमा गर्थ्यो होला र? मानसिक समस्या नै त्यस्तो गम्भीर थियो भने उहाँ पत्रकारितामा रोजगार रहँदा किन निष्कासित हुँदैनथ्यो होला? उनी त आफ्नो काम गर्दै थिए। कार्यालयमा यो कुरा याद गरिएन होला। प्रश्न धेरै छन्। रासपाको समानुपातिक सूचीको विवाद। २०२६ को समानुपातिक उमेदवार सूची चयन प्रक्रियाबारे आन्तरिक असन्तुष्टि र सार्वजनिक आलोचना देखियो। आलोचकहरुले पारदर्शिता नदेखिएको र पार्टीले भनेको मेरिट, समावेशिता र आन्तरिक लोकतन्त्रका सिद्धान्तबाट विचलित भएको आरोप लगाए। समानुपातिक सूचीमा व्यवसायका छोराछोरी वा चिनेजानेका व्यक्ति नजिकका आफन्त परेको भन्दै नातावाद र प्रभावको प्रश्न उठ्यो। आलोचकहरुको अनुसार यो साधारण नागरिकको प्रतिनिधित्व गर्ने वैकल्पिक शक्ति भने छवि सँग मिलेन भने रासपा नेतृत्वले भने संविधान र कानुनी प्रावधान अनुसार चयन गरियो र प्रतिनिधित्व क्षमता तथा रणनीतिक पक्षका आधारमा उमेदवार छानिएको दाबी गर्यो। यो नियत, चरित्र र राजनीतिक विवाद बनेको छ। नखु कारागारबाट नक्कली पत्र सहित बाहिरिएको प्रकरण। भदौ २६ को दिउँसो रवि लामिछाने नखु कारागारबाट बाहिरिए र साँझ फेसबुक लाइभमा कारागारले प्रक्रिया पुरा गरेर आफूलाई रिहा गरेको दाबी गरे। यसलाई समर्थन गर्न सार्वजनिक पत्र पनि प्रस्तुत गरियो। नखु कारागारको लेटर हेडमा जारी उक्त पत्र टु हुम इट मे कन्सर्न भनेर सम्बोधन गरिएको थियो। पत्रमा रासपाले भन्दै आएको राजनीतिक प्रतिशोधलाई जोड दिएको थियो र न्याय सुनिश्चित गर्नुपर्ने कुरा उल्लेख थियो। पत्रमा देशमा शान्ति र सुव्यवस्था कायम राख्न र गोर्खा मिडिया तथा सहकारी सम्बन्धी राजनीतिक मुद्दामा हिरासतमा रहेका माननीय रवि लामिछानेलाई तुरुन्तै रिहा गर्ने निर्णय गरिएको उल्लेख थियो। साथै गृहमन्त्रालयको आदेश र लामिछानेको सहमतिमा रिहा गरिएको भनिएको थियो। पत्रमा कारागार प्रशासक सत्यराज जोशीको हस्ताक्षर दाबी गरिएको थियो। सीसीमा काठमाडौँ जिल्ला अदालत, कारागार व्यवस्थापन विभाग, काठमाडौँ जिल्ला प्रहरी कार्यालय सशस्त्र प्रहरी बल नम्बर, नम्बर २१ गण र प्रतिवादी सुरेन्द्र राईको नाममा उल्लेख थियो। पत्रको सामग्री र सूची हेर्दा पहिले नजरमै नक्कली जस्तो देखिन्थ्यो। कारागार प्रशासनसँग प्रमाणीकरण गर्दा उक्त पत्र आधिकारिक नभएको पत्ता लाग्यो। प्रशासनले सामग्री मात्र होइन हस्ताक्षर समेत नक्कली भएको बतायो। जहाँ पुग्दैनन् कवि, त्यहाँ पुग्छन् रवि। शीर्षकले भनेजस्तै कुन काण्डमा मुछिन बाँकी छन् रवि? दोहोरो पासपोर्ट बनाउने देखि कारागारबाट फर्जी कागज बनाएर मलाई जेलरले छोडेको हो भनेर ठाँट्ने सम्म। जहाँ पुग्दैनन् कवि, त्यहाँ पुग्छन् रवि। भोलिपल्ट कारागारले त्यो कागज नक्कली हो भनिदियो। उहाँ फेरि सबै सामान लिएर कारागार फर्किनुभयो। मलाई त्यो फर्की कारागार जाने बेला जेलर र उहाँको जम्का भेट हुँदा के कुराकानी भयो होला थाहा पाउन मन छ। हरि बिजोग। यत्तिका काण्डमा पर्दा पनि उहाँको एउटै कुरा हुन्छ। मलाई राजनीतिक षड्यन्त्रमा फसाइयो। कुन राजनीतिक दलको मान्छेले तपाईँलाई नक्कली कागज दियो कि नाम भन्दिनुहोस्। अमेरिकी नागरिक हुँदाहुँदै निष्क्रिय नेपाली नागरिकता बोकेर दोस्रो नेपाली पासपोर्टको विवरण आफ्नो हातले भर्ने तपाईँ होइन कि कुनै राजनीतिक दलको मान्छेले आएर हात समातेर भरिदिएको हो? कुनै पनि राजनीतिज्ञ आफ्नो विवादको हिस्सा बिना आउँदैन। मलाई लाग्छ हामी नागरिक र मतदाताले नेताहरुका केही कमजोरीलाई विचार गरेर केही कुरा बेवास्ता गर्न पनि सक्छौँ। तर कति हदसम्म र कस्तो स्तरको बेइमानी स्वीकार्य हुन्छ। एक पटक होइन, पटक-पटक विवादमा आउँदाखेरि यसको केही कारण त होला भनेर हामी कहिले सोच्छौँ होला? एकपटक राजनीतिकाे स्वाद चाखेका रविले आफू राजनीतिमा हुँदा पनि धेरै काण्डमा परे तर काण्डको प्रश्न सोध्दा उनको जवाफ हुन्छ मलाई षड्यन्त्र गरेर फसाइयो। बारम्बार यस्ता ठगी प्रकरणमा मुछिएका रविले चलाउने पार्टी कत्तिको ठगी रहित होला र चुपचाप घण्टी छाप भन्दै मत हाल्दा देश कुन अवस्थामा पुग्ला? यसको जिम्मेवारी शिक्षित मतदाताले बुझ्नैपर्छ। नयाँ पुरानोको पराकाष्टा निस्के भनी के गर्ने? यो पालि पपुलर भनेर होइन, नियत र चरित्र हेरेर मत हालौँ। चुपचाप घण्टी छाप। चुपचाप घण्टी छाप भन्नु कति सुहाउने हो। नसोची नसम्झी आफ्नो पार्टीमा भोट हाल भन्ने डेमोक्रेटिक नेतालाई कति सुहाउँछ? के जिम्मेवार नेताको शब्द यो होलान्? यो त पुरानैको जस्तो आचरण होइन र? जिम्मेवार नेताको शब्द सायद जिम्मेवार उमेदवारलाई मत दिनु भन्ने हुन्थ्यो। जिम्मेवार नेता आजकल पाउन गाह्रै छ। कुनै ताल्लुकात नभएको व्यक्तिलाई भिजिट भिसामा अमेरिका पुर्याउने त्यही पार्टीकी इन्दिरा राना मगर होइनन् जसलाई मानव तस्करसम्मको आरोप लाग्यो। रौतहट ४ मा गाडीले ४ वर्षकी बालिकालाई टक्कर दिएर निधन हुँदा फरार हुने त्यही पार्टीका उमेदवार होइनन्। तपाईँ जिते के गर्नुहुन्छ भन्दा रवि र बालेनलाई यो क्षेत्र लिन्छु भन्ने यही पार्टीकी उमेदवार होइनन्? कि समानुपातिक सूचीमा रहेको सेलेब्रिटी गायक उमेदवारले प्रतिनिधि सभामा कति जना हुन्छन् भनेर सोध्दा ३०० को हाराहारीमा हुन्छ भन्ने भोलि हाम्रो माननीय हुन पुग्ने भए देशको के हालत हुन्छ? आन्दोलनको मर्म एकै पटक हरायो जब नयाँ शक्तिका नेताले १३८ सिट अथवा बहुमतको कुरा गर्न थाले। यो सम्भव कुरा थियो कि चुनावी नारा मात्रै। जेन जी आन्दोलनको सुशासनको माग र भ्रष्टाचार नियन्त्रणको माग तबसम्म पूरा हुँदैन थियो जबसम्म संविधान संशोधन हुँदैन थियो। संविधान संशोधन गर्न १८४ सिट चाहिन्छ। बालेन र रवि एकासी मिल्दा जेन जी आन्दोलनको अपनत्व लिने भने।

Need another transcript?

Paste any YouTube URL to get a clean transcript in seconds.

Get a Transcript