Thumbnail for उद्घोषण कसरी गर्ने ? || कार्यक्रम सञ्चालनको उदाहरण हेरेर सिक्नुस् || Public Speaking Tips by Success Sutra

उद्घोषण कसरी गर्ने ? || कार्यक्रम सञ्चालनको उदाहरण हेरेर सिक्नुस् || Public Speaking Tips

Success Sutra

11m 37s1,332 words~7 min read
AI audio transcription
Transcript source

AI audio transcription

This transcript was generated from the video's audio because no usable YouTube caption track was available. The transcript below is server-rendered so it can be read, searched, cited, and shared without opening the original YouTube player.

Timestamped outline
[0:00]Section 1

नमस्कार खैरहनी नगरपालिकाको दशौ स्थापना दिवसको अवसरमा उपस्थित हुनु भएका सम्पूर्ण महानुभावहरुमा म कार्यक्रम संचालक खैरहनी नगरपालिकाको प्रमु...

[3:41]Section 2

धन्यवाद सम्माननीय प्रधानमन्त्री ज्यू। यस पछाडी शुभकामना मन्तव्य ज्ञापन गर्ने कार्यक्रम छ। आफ्नो शुभकामना मन्तव्यको लागि बागमती प्रदेशका म...

[6:18]Section 3

धन्यवाद कार्यक्रमका संचालक तथा खैरहनी नगरपालिकाका प्रशासकीय अधिकृत ज्यूलाई यो निकै नै उर्जाशील कार्यक्रमका अध्यक्ष तथा खैरहनी नगरपालिकाका...

[9:44]Section 4

र सुरुमा धेरै लामो कुराहरु आइसकेको छ। समयको पाबन्दीले हामीले अनुरोध पत्र पनि प्रधानमन्त्री ज्यूलाई बुझाइसकेका छौ। तरपनि पूर्व चितवनको सन्...

Use this transcript
Related transcript hubs

[0:00]नमस्कार खैरहनी नगरपालिकाको दशौ स्थापना दिवसको अवसरमा उपस्थित हुनु भएका सम्पूर्ण महानुभावहरुमा म कार्यक्रम संचालक खैरहनी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद सापकोटाको हार्दिक नमस्कार तथा अभिवादन। नेपाल सरकारको मिति २०७१ बैशाख २५ गतेको निर्णयबाट साबिकका तीन खैरहनी चयनपुर र कुमरोज गाबिस मिलाएर खैरहनी नगरपालिका घोषणा भएको थियो। पछि साबिक कठार गाबिसलाई समेत समावेश गरि मेरो निर्माण भएको खैरहनी नगरपालिकाले जनताको सेवा गर्न थालेको १० वर्ष पूरा भएको छ। १० वर्ष पुरा भएको अवस्थामा सम्पूर्ण नगरबासीलाई मेरो तर्फबाट पनि हार्दिक बधाई ज्ञापन गर्दछु। आज दशौ स्थापना दिवसको यो भव्य समारोहमा उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरुलाई स्वागत गर्दै अब म यो कार्यक्रमलाई औपचारिक रुपमा अगाडी बढाउदै छु। आजको यो सम्मानित सभाको सभाअध्यक्षको रुपमा आसन ग्रहण गर्न हुन खैरहनी नगरपालिकाका नगरप्रमुख शशीकुमार खनिया ज्यूलाई हार्दिक अनुरोध गर्दछु। त्यसैगरी सम्मानित सभाको प्रमुख अतिथिको रुपमा आसन ग्रहण गर्नुहुन आजका प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ज्यूलाई हार्दिक अनुरोध गर्दछु। त्यसैगरी आजको यस सम्मानित कार्यक्रममा आसन ग्रहण गरिदिनु हुनको लागि प्रतिनिधि सभाका माननीय सदस्य हरि ढकाल ज्यूलाई हार्दिक अनुरोध गर्दछु। त्यसैगरी विशिष्ट अतिथिको आसनमा आसन ग्रहण गर्दिनु हुनको लागि बागमती प्रदेशका माननीय आर्थिक मामला तथा योजना मन्त्री जगन्नाथ थपलिया ज्यूलाई हार्दिक अनुरोध गर्दछु। र त्यसैगरी भरतपुर महानगरपालिकाका आदरणीय नगर प्रमुख रेणु दाहाललाई विशिष्ट अतिथिको आसनमा आसन ग्रहण गर्न हुना हार्दिक अनुरोध गर्दछु। रत्ननगर नगरपालिकाका नगर प्रमुख प्रल्हाद सापकोटालाई आसन ग्रहणको लागि अनुरोध गर्दछु। साथै आज यहाँ उपस्थित हुनुभएका सम्पूर्ण वडा अध्यक्ष ज्यूहरु कार्यपालिका सदस्य ज्यूहरु जनपदिय ज्यूहरु कर्मचारी मित्र पत्रकार बन्धु विद्यालय व्यवस्थापनका अध्यक्ष प्रिन्सिपलहरु पत्रकार साथीहरु सहित खैरहनी नगरपालिकाको दशौ वार्षिक उत्सवको उपलक्ष्यमा यहाँ उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरुमा आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। यस पछाडी हामी सबै जना राष्ट्रिय गानमा सरिक हुने कार्यक्रम छ। उठेर राष्ट्रिय गानमा सहभागी भइदिनुहुन सबैमा हार्दिक अनुरोध गर्दछु। यस बिचमा म आफ्नो साथीहरुलाई खादा र ब्याजका लागि अनुरोध गर्दछु। र यो संगसगै म स्वागत मन्तव्यका लागि खैरहनी नगरपालिकाका नगर उपप्रमुख आदरणीय कविता उपाध्याय ज्यूलाई ब्यासमा निमन्त्रणा दिन्छु। धन्यवाद बिष्णु सर। खैरहनी नगरपालिकाका नगर प्रमुख ज्यू समारोहका प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल प्रचण्ड ज्यू ब्यासमा आसीन सम्पूर्ण अतिथिगण लगायत सम्पूर्ण संचारकर्मी र यहाँ उपस्थित सम्पूर्ण महानुभावहरुलाई खैरहनी नगरपालिका परिवारको तर्फबाट हार्दिक स्वागत अभिवादन व्यक्त गर्न चाहन्छु। धन्यवाद नगर उपप्रमुख ज्यूलाई। यस पछाडी कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रम छ। पानसमा दिप प्रज्वलन गरेर आजको यो सम्मानित सभाको समउद्घाटन गरिदिनुहुन म आजका प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ज्यूलाई हार्दिक अनुरोध गर्दछु। र यहाँ उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरुलाई यो कार्यक्रममा सरिक भइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु।

[3:41]धन्यवाद सम्माननीय प्रधानमन्त्री ज्यू। यस पछाडी शुभकामना मन्तव्य ज्ञापन गर्ने कार्यक्रम छ। आफ्नो शुभकामना मन्तव्यको लागि बागमती प्रदेशका माननीय सदस्य ईश्वर सापकोटालाई म हार्दिक अनुरोध गर्दछु। यो असाध्यै संभावना बोकेको नगरपालिका भएको हिसाबले म यति मात्र भन्न चाहन्छु कि सम्माननीय प्रधानमन्त्री यो देशको नेतृत्व गर्ने मुख्य पात्र नै यहाँ उपस्थित भएको कारणले गर्दा यी समस्याहरु कानूनी रुपमा फुकाउनको निम्ति सम्माननीय प्रधानमन्त्रीलाई आग्रह गर्दै मेरो मन्तव्य यही अन्त्य गर्छु। धन्यवाद नमस्कार अभिवादन। धन्यवाद माननीय ज्यू। त्यसैगरी बधाई तथा शुभकामना मन्तव्य व्यक्त गर्नुहुनको लागि बागमती प्रदेशका माननीय आर्थिक मामला तथा योजना मन्त्री जगन्नाथ थपलिया ज्यूलाई हार्दिक अनुरोध गर्दछु। छोटो समयमा राम्रैसँग यो नगरपालिकाको विकास भएको छ। अघिल्ला जनप्रतिनिधि साथीहरुले अहिले वर्तमान जनप्रतिनिधि साथीहरुलाई मेयर साहबको यो एउटा एनर्जेटिक भावना छ। उपमेयर त्यस्तै हुनुहुन्छ र वडा अध्यक्षहरु सबै मिलेर अलग अलग पार्टीबाट प्रतिनिधित्व भए पनि यो ज्यादै एकताका साथ यो नगरको विकासका लागि अगाडी बढिरहनु भएको छ, बढाइरहनु भएको छ। यसका लागि म तपाईहरुलाई धन्यवाद दिन चाहन्छु। धन्यवाद माननीय ज्यू। यस पछाडी आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्न हुनाको लागि प्रतिनिधि सभाका माननीय सदस्य हरि ढकाल ज्यूलाई हार्दिक अनुरोध गर्दछु। १३ौ, १४ौ शताब्दीको कंकाली माईको मन्दिर यही माथि हाम्रै खैरहनी नगरपालिकामा छ। जम्मा ७० वर्ष अगाडी बनेको मौलाकाली कहाँ पुगिसक्यो। १३ौ, १४ौ शताब्दीमा बनेको मन्दिरमा पुग्न पर्ने संरचना कस्तो छ। यसपटक हालेको छु त्यहाँका लागि पनि योजना। उद्यमशीलताका लागि उत्पादनका लागि उत्पादकत्वका लागि यस्ता प्रोजेक्टका लागि पक्का दबाब दिन्छु। पर्यटन प्रवर्धनका लागि उनि ठाउँहरुका प्रोजेक्टका लागि पक्का दबाब दिन्छु। सौराको प्रवर्धन हुने ठाउँका लागि पक्का दबाब दिन्छु। यहाँको संस्कृति थारु संस्कृति प्रवर्धन हुने ठाउँका लागि पक्का दबाब दिन्छु। भ्यु टावर बनाउनलाई अर्थ मन्त्रालयमा फाइल चाहिँ हालिदिएको छु। त्यसको अन्तिममा खैरहनी नगरलाई विशेष विशेष धन्यवाद सम्माननीय ज्यूलाई विशेष विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। सबैको जय होस् नेपालको जय होस्, पूर्व चितवनको जय होस्। धन्यवाद। धन्यवाद माननीय हरि ढकाल ज्यू। अब हामी कार्यक्रमको एकदमै महत्वपूर्ण चरणमा आएका छौ। आजको कार्यक्रमका प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ज्यूलाई आफ्नो सम्बोधनको लागि म ब्यासमा निम्त्याउँछु। यहाँहरु सबैलाई तालीद्वारा सम्माननीय प्रधानमन्त्री ज्यूलाई स्वागत गर्न अनुरोध गर्दछु।

[6:18]धन्यवाद कार्यक्रमका संचालक तथा खैरहनी नगरपालिकाका प्रशासकीय अधिकृत ज्यूलाई यो निकै नै उर्जाशील कार्यक्रमका अध्यक्ष तथा खैरहनी नगरपालिकाका प्रमुख ज्यू प्रतिनिधि सभाका माननीय सदस्य ज्यू प्रदेश सभाका माननीय सदस्यहरु विभिन्न नगरपालिका र गाउँपालिकाका प्रमुख तथा अध्यक्ष ज्यूहरु र अन्य जनप्रतिनिधिहरु आदरणीय जन समुदाय दिदीबहिनी दाजुभाइहरुले जुन सहृदयताका साथ हार्दिकताका साथ मलाई स्वागत गर्नुभयो त्यसको निम्ति खैरहनी नगरपालिका र यो नगरपालिकाको दशौ स्थापना दिवसको उपलक्षमा यहाँ उपस्थित सम्पूर्ण जन समुदायलाई पनि म हार्दिक बधाई पनि भन्न चाहन्छु र तपाईहरु सबैलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु। साथै खैरहनी नगरपालिका पूर्वी चितवनको मात्र नभएर देशकै उत्कृष्ट नगरपालिका बन्ने गरि कार्यसम्पादन होस् भन्ने शुभकामना व्यक्त गर्दै बिदा हुनुहुन्छ। धन्यवाद अभिवादन। धन्यवाद सम्माननीय प्रधानमन्त्री ज्यू। खैरहनी नगरपालिकाको समग्र विकासका लागि आउदा दिनमा पनि यहाँहरुको साथ सहयोग रहिरहनेछ भन्ने अपेक्षा सहित अब भने हामी नगरपालिकाको तर्फबाट सम्माननीय प्रधानमन्त्री ज्यूलाई मायाको चिनो प्रदान गर्ने कार्यक्रममा छौ। म मायाको चिनो प्रदान गर्न हुनाको लागि खैरहनी नगरपालिकाका नगर प्रमुख आदरणीय शशीकुमार खनिया ज्यूलाई हार्दिक अनुरोध गर्दछु। तालीद्वारा सम्माननीय प्रधानमन्त्री ज्यूलाई खैरहनी नगरपालिकामा पाल्नु भएकोमा धन्यवाद र सम्मान व्यक्त गर्न हुन हार्दिक अनुरोध गर्दछु। हुन्छ त आजको कार्यक्रमको हामी लगभग अन्त्यमा आएका छौ। यहाँ उपस्थित भइदिनु भएकोमा यहाँहरु सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै आफ्नो व्यस्त समयका बावजुद पनि आजको कार्यक्रममा उपस्थित भइ हामीलाई समय प्रदान गर्नु भएकोमा सम्माननीय प्रधानमन्त्री ज्यू लगायत सम्पूर्ण विशिष्ट अतिथि अतिथि ज्यूहरुलाई धन्यवाद ज्ञापन गर्दै नगरपालिकाका नगर प्रमुख तथा आजको कार्यक्रमका अध्यक्ष आदरणीय नगर प्रमुख श्री शशीकुमार खनिया ज्यूलाई समापन मन्तव्यको लागि आग्रह गर्दछु। यो कार्यक्रममा यतिबेलासम्म मलाई साथ दिनु भएकोमा यहाँहरु सबैलाई धन्यवाद ज्ञापन गर्दै म कार्यक्रम संचालक बिष्णु प्रसाद सापकोटा पनि छुट्टी माग्छु नमस्कार धन्यवाद। धन्यवाद कार्यक्रम संयोजक ज्यू। अत्यन्तै व्यस्तताको बाबजुद पनि खैरहनी नगरपालिकाको जनप्रतिनिधि र यहाँको सबै जनतालाई हौसला प्रदान गर्न आउनुहुने सम्माननीय प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड ज्यू, संघीय संसद आदरणीय माननीय हरि ढकाल ज्यू, प्रादेशिक आदरणीय मन्त्री ज्यूहरु, माननीय ज्यूहरु, सम्पूर्ण नगरपालिकाका प्रमुख ज्यूहरु, भरतपुर महानगरपालिकाका मेयर ज्यू, सबै पालिकाका उपमेयर ज्यूहरु, गाउँपालिकाका अध्यक्ष ज्यूहरु, वडा अध्यक्ष ज्यूहरु, सम्पूर्ण राजनीतिक दलका प्रतिनिधि ज्यूहरु, सम्पूर्ण यहाँ उपस्थित कर्मचारी, सुरक्षाकर्मी, पत्रकार लगायत सबै बुवाआमा दाजुभाइ तथा दिदीबहिनीहरुलाई म विशेष धन्यवाद र खैरहनी नगरपालिका १० वर्ष पूरा भएकोमा बधाई र शुभकामना व्यक्त गर्न चाहन्छु।

[9:44]र सुरुमा धेरै लामो कुराहरु आइसकेको छ। समयको पाबन्दीले हामीले अनुरोध पत्र पनि प्रधानमन्त्री ज्यूलाई बुझाइसकेका छौ। तरपनि पूर्व चितवनको सन्दर्भमा राजमार्गको समस्या, रिङरोडको समस्या, मानव र वन्यजन्तु बीचको द्वन्द्वको समस्या, यहाँका खोला नालाको समस्याका सन्दर्भमा हामीले धेरै विषयवस्तु कुरा राख्यौ। खैरहनी नगरपालिकाले पहिलो कुरा एकताका साथ हामी जुनसुकै दलबाट निर्वाचित भएर आए पनि एकताका साथ भ्रष्टाचारलाई शून्यमा झारेर हामी खैरहनी नगरपालिकाको विकास गर्न चाहन्छौ। यहाँको दराई, बोटे, चौधरी समुदाय, यहाँको गुरु, मगर र नेवार समुदायको सबैको अनुहारमा हसिलो दिन चाहन्छौ। त्यसकारणले हामीले पूर्व चितवनको यो विकासका निम्ति हामी भरतपुरको महानगरपालिकाले गरेको विकास र उपमहानगरपालिका हेटौडाले गरेको विकाससँगसँगै हामी विकास गर्न चाहन्छौ प्रधानमन्त्री ज्यू। तपाईहरुले हामीलाई गार्जियनशिप दिनुस् र सिङ्गो चितवन जिल्ला हाम्रो हो, मेरो हो भन्ने भावनाले यहाँका विकास गराउन साथ दिनका निम्ति दिन अनुरोध गर्न चाहन्छु। यो नगरपालिकाको आजको यो कार्यक्रम, यो १० वर्ष पुगेको दिन यो कुनै राजनीतिक भाषण व्यक्तिवादी नभईकन एकता र भातृत्वका साथ यो ठाउँको विकास निर्माणका निम्ति अगाडि बढाउनका निम्ति गरिएको यो कार्यक्रम भएको हुनाले आगामी दिनहरुमा पनि सबै खैरहनीवासी बुवाआमा दाजुभाइ तथा दिदीबहिनीहरु, जनप्रतिनिधि ज्यूहरु सबै एक भएर विकास निर्माणमा अघि बढ्नका निम्ति चाहिँ प्रेरणा मिलोस् र सबै सबैलाई शुभकामना दिदै यो कार्यक्रममा उपस्थित हुनका निम्ति आउनुहुने सम्माननीय प्रधानमन्त्री ज्यू, माननीय ज्यूहरु लगायत सम्पूर्ण जनप्रतिनिधि ज्यूहरु, कर्मचारी औरात खट्ने कर्मचारी ज्यूहरु, सुरक्षाकर्मी मित्रहरु, पत्रकार मित्रहरु सबै सबैलाई विशेष धन्यवाद दिदै हामीले दिएको अनुरोध पत्रलाई पक्कै पनि प्रधानमन्त्री ज्यूले मुख्य विषय बनाउनुहुनेछ र आजको यो भेटघाट १० वर्षको यो उत्सव खैरहनी नगरपालिकाको विकासको निम्ति एउटा ठूलो परिकल्पना सिद्ध हुनेछ भन्ने विश्वासका साथ यो कार्यक्रम समापन भएको घोषणा गर्छु। धन्यवाद नमस्कार।

Need another transcript?

Paste any YouTube URL to get a clean transcript in seconds.

Get a Transcript