[0:03]साइक्रेसँग मनका कथामा यहाँहरुलाई स्वागत छ। आज पनि साइग्रेसँग मनका कथामा यहाँहरुको कथा र लेखहरु लिएर आएका छौँ। साइक्रेसँग मनका कथालाई यहाँहरु माझ लिएर आउन सहयोगी भूमिका खेलेको छ आइएमई लन्डनले। मेहनतको हरेक कमाइमा जोडिएको कथा अब साइग्रेस आइएमई लन्डनको साथमा। यहाँहरुले यदि युकेबाट नेपालमा पैसा पठाउन चाहनुहुन्छ भने आइएमई लन्डन मार्फत पठाउन सक्नुहुन्छ। र मेरो रिफरल कोड साइग्रेस आइएमई प्रयोग गर्न सक्नुहुन्छ।
[0:42]अब सुरु गरौँ साइग्रेसँग मनका कथा।
[0:54]कहाँ आइपुगिस त द्रोणे? मेरो प्लस टु देखिको साथीले फोन गर्यो। हुन त हामी छुट्टाछुट्टै ठाउँमा थियौँ। ऊ पूर्व इटरीको। तर पहिलो भेटदेखि नै हामी मन मिल्ने साथी भएका थियौँ। झप्प दारी हुने भएकोले म चाहिँ उसलाई दारी भनेर बोलाउँथे। आफ्नो भने दुईचार वटा रौँ बाहेक खासै नआउने। अँ म बसपार्कमा आएको छु। अब टिकट लिन्छु अनि भोलि बिहानसम्म त आइपुगिहाल्छु नि। म नयाँ बसपार्कको टिकट काउन्टरतिर जान थालेको थिएँ। भोलि द्रोणेको जेठी दिदीको बिहे। त्यही विराटनगर बस्ने एकजना कपडा व्यापारीसँग हुँदै थियो। केटा पढेलेखेको अनि चुरोट रक्सी केही नखाने भएकोले बिहे गर्दिन लागेको रे। द्रोणे अस्तिको च्याटमा मलाई सुनाउँदै थियो। दाइ, विराटनगरको लागि एउटा टिकट दिनु त। बसपार्कको टिकट काउन्टरको भीडमा जसोतसो टाउको छिराएर सोधे। विराटनगर त फुल प्याक छ भाइ, मुस्किल छ पाउन। भोलि बिहानै आउनु है।
[1:56]भोलि बिहान बिहे खानु कि तिम्रो टिकट किन्नु मनमनै सोचेँ। ए भाइ, यता त मुस्किल छ पाउनलाई। बरु कलङ्की जाऊ, त्यहाँ कुनै पूर्व जाने गाडी चढेर जाऊ। एकजना त्यही काउन्टर नजिकको दाइले भने। बसपार्कदेखि माइक्रो चढेर कलङ्की आइपुगेँ। साँझको करिब ७ बजेको थियो। वैशाखको गर्मीले अनि कलङ्कीको धुलोले २६ वर्षको नभई ६२ वर्षको चाहिँ बुढो देखिएको थिएँ। ए दाइ, कहाँ जाने हो? एकजना ठिटोले सोध्यो। पूर्व जाने भ्या टिकट छ? मैले सोधिहालेँ। सिट छैन। सिट त पाइँदैन अब तर बोनट छ। डिलक्स गाडी हो एकदम दामी छ दाइ। बोनट नै दामी छ। ऊ मलाई त्यो बोनट नभएर कुनै प्राइभेट जेटको सोफावाला सिट बेचिरहेको अनुभूति गराउँदै थियो। लल दिनु न त। विराटनगरको हो नि। मैले सोधिएँ।
[2:51]ए हो। मैले ५०० को नोट निकालेर दिएँ। हजार भन्दै थियो तर मैले वार्गेनिङ गरेर ५०० मा मिलाएको। अघि दिउँसो दिदीसँग २००० रुपैयाँ मागेको थिएँ। अब १५०० मात्र बाँकी थियो। रातिको ८ बजिसक्या थियो। तर गाडी अझै आएको थिएन। लौ दाइ, तपाईंको गाडी आइपुग्यो। मेरो टिकट काटिदिने ठिटोले भन्यो र फर्कन थाल्यो। म नजिकै गाडी आएर रुक्ला भन्ने सोचेको थिएँ। तर कुनै फिल्ममा ब्याङ्क लुटेर भागेको गाडी चाहिँ त्यो गाडी रोक्दै नरोकी गयो। म दौडेर त्यो केटाको नजिक गएँ। ओ भाइ, के हो? गाडी त रोकेन त। खै मेरो पैसा फिर्ता देउ। कहाँ दाइ, मैले नरोक्या हो र? पैसा त फिर्ता हुँदैन अब। मसँग झर्केर बोल्न थाल्यो। एक त बिहेमा जान पनि नपाउने स्थिति थियो। त्यसमाथि पैसा पनि दिँदैन भन्छ। म यताउता हेरेर नजिकैको ट्राफिक प्रहरीलाई सबै विस्तार सुनाएँ। अनि ट्राफिकको गाली सुनेपछि ५०० रुपैयाँ फिर्ता पाइयो। लगभग पौने ९ बजिसकेको थियो। र अब विराटनगर पुगेला जस्तो नलागेर द्रोणेलाई फोन गरेँ। मैले गाडी पाइन अब म आउदिनँ भनेर माफी मागेँ। उसले पनि नरमाइलो मानेर ए ल ल हुन्छ अब काठमाडौँमै भेटौँला भनेर भन्यो।
[4:46]म मकै खान्छु। मकै खाने पानी मकै खाने है। दाइ मकै लिने हो? फानकोटको चोकमा एकजना केटो बसमा चढेर कराउँदै थियो। दिउँसोदेखि यता र उता हिँडेको र बस कुर्दैकुर्दै भोक एकदमै लागेको थियो। त्यसैले एउटा मकै अनि पानी लिएँ। लास्ट सिट भएकोले खाल्टाखुल्टी सबै थाहा पाइन्थ्यो। त्यसैले निन्द्रा पनि लाग्ला जस्तो लागेन। अनि खलासी भाइलाई टिभी लगाउन भनेँ। खलासी भाइले एउटा सिडी लगायो र फिल्म सुरु भयो दबङ्ग २। सलमान खानको फाइट खूब रहेछ फिल्ममा। मेरो हिन्दीमा मन पर्ने कलाकार हो सलमान। धेरैजसो उसकै मुभी नबिराइ हेर्ने गर्थेँ। ल सबैजना खाना खान झर्नु है। यसो बाहिर हेरेको मलेखु आइपुगेको रहेछ। मासुको अलि महँगो पर्ने भएकोले र आफूसँग १४५० मात्र बाँकी भएकोले सादा खाना मात्रै खाएँ। मलेखुमा ३० मिनेट जति बसेर गाडी चल्यो। ल है, चिया खाने भए झर्नु है। खलासी फेरि सबैलाई भन्दै थियो। सादा खाना र थकाइले म सुतेछु। यसो घडी हेर्दा बिहानको ४:१५ बजेको रहेछ। बाहिर निस्केर चिया खाँदै थिएँ। एकजना नीलो पाइन्ट र सेतो सर्ट लगाएको कुनै सरकारी कार्यालयको कर्मचारी चाहिँ देखिने पहिरन भएको मान्छे मेरो नजिक आएर बसे र चिया खान थाले। दाइ, यो विराटनगर जाने गाडी वीरगञ्जदेखि पाइन्छ नि। चियाको चुस्की लिँदै मैले सोधेँ। अँ पाउन त पाइन्छ तर वीरगञ्ज जानुपर्दैन। पथलैया भन्ने ठाउँमा झर्नु अनि त्यहीबाट इटहरीको गाडी चढे हुन्छ। मैले खलासीलाई पथलैया आएपछि मलाई भन्दिनु भनेँ। पथलैया आएपछि म झरेँ। बिहानको चिसो हावा चल्दै थियो। अनि एक दुईजना मान्छे मात्र देखिन्थे। करिब ५:३० बजेको थियो। आधा घन्टा कुरेपछि काकडभित्ताको बस आयो। हेर्दा कुनै म्युजियममा राखिने जस्तो। एकछिन अघि चढेको दबङ्गको खूब याद आयो। इटहरी पुगेपछि विराटनगर जाने गाडी चढेँ। सिट एउटा पनि थिएन। तर आफूलाई बिहे भेट्टाउन जानु थियो। त्यसैले उभिएरै जाने निर्णय गरेँ। हुन पनि काठमाडौँको बस र माइक्रोमा उभिने बानी नै लागेको थियो। यसो सरकारले पुरुष सिट भनेर पनि छुट्टाउनु नि। कति हेपेको जस्तो लाग्ने कहिलेकाहीँ हामी केटा मान्छेलाई त। आफू नजिक महिला सिटमा भने दुईजना कलेज पढ्ने केटीहरु खिस्सिका छोड्दै आफ्ना केटा साथीको गफ गर्दै थिए। त्यो समीर छ नि, कति केटीहरुलाई प्रपोज गर्छ तँलाई थाहा छैन। एउटाले अर्को केटीलाई भन्दै थी। ओहो, मैले त द्रोणेलाई भनेकै छैन म आउँदैछु भनेर। सरप्राइज दिन्छु भनेको फोन नै गर्न बिर्सेको रहेछु। अनि एउटा हातले बसको बार समाउँदै अर्को हातले फोन गरेँ। ओइ दारी म कता झरुम् बड्डा? द्रोणेले मेरोमा गरेको विश्वास नै मानेको थिएन। ऊ खुसी हुँदै मलाई राम सिता मन्दिरमा झर्न भन्यो। राम सिता मन्दिर नजिकै द्रोणे मलाई कुरेर बसेको थियो। मलाई देख्ने बित्तिकै मुसुक्क हाँसेर अङ्गालो मार्यो। सायद यति टाढादेखि आएकोले होला। पहिलेको भन्दा अलि कडा अङ्गालो थियो। मैले मनमनै सोचेँ, केटो अलि इमोसनल भएछ क्यारे। द्रोणेको विराटनगरको साथीको घरमा एकछिन गएर फ्रेस भएर दौरासुरवाल, ढाका टोपी र रेभनको काला चस्मा लगाई बिहेमा लागियो। द्रोणे दाइ, बिनाजुको एउटा साली मिलाइदिनुपर्यो। क्या च्याँक रहेछ यार। मन्दिरको सिढी चढ्दा द्रोणेको भाइहरुको टोली आइपुग्यो। पहिले दाइहरुको पालो हो नि, अनि तिनीहरुको। द्रोणेले म र उसलाई जनाएर भन्यो।
[8:06]मलाई हिन्दूहरुको बिहे अति अल्छि लाग्ने। कति रीतिरिवाज पूरा गर्नुपर्ने। केटी पट्टिलाई जन्तीको टेन्सन। जन्तीलाई भोजमा रक्सी छ कि छैन भन्ने टेन्सन। मुस्लिम र क्रिश्चियनको कति सजिलो। एउटामा तीनचोटि कबुल है भने पुग्ने अनि अर्कोमा चुम्बन गरे पुग्ने। खैर राम सिता मन्दिरमा बिहे खूब हुने रहेछ। पण्डितहरुलाई त दशैँ नै हुने रहेछ त्यहाँ त। जति धेरै बिहे त्यति धेरै दक्षिणा पाइने। बिहे चलिरहँदा एक दुइटा अरुको पनि बिहे हेरियो। बिहे हेर्न त बहाना मात्रै थियो। केटाहरु चाहिँ यसो कोही राम्री केटी देखिहालिन्छ कि भनेर केटी हेर्ने मिसनमा थिए।
[8:45]तर खोइ खासै देखिएनन्। साँची दाइ, अघि पानी खान आउँदा क्या राम्री देखेको थिएँ, कता गएछ। द्रोणेको सानीमाको छोरोले भन्दै थियो। हुन त हामीभन्दा करिब ७-८ वर्षले कान्छा थिए। तर केटाहरु कुरा भने लास्टै ठूलाठूला गर्दै थिए। ए केटी हेर्दै बस। पढाइमा ध्यान छैन तेरो। द्रोणे भाइहरुलाई यसो भन्दै आफू भने यताउता हेर्दै थियो। त्यही केटी देखिहाल्छ कि भनेर होला। कलेजमा तीन जना केटीलाई तीन महिनामा प्रपोज गरेको मान्छे हो यो। तर तीन चोटि नै रिजेक्ट भएको मान्छे पनि यही हो।
[9:55]के भयो सुशान्त जी? एकजना त्यही जन्तीको टोलीबाट झरेर द्रोणेको दाइलाई सोध्यो। ओहो, रमेश जी भन्दै द्रोणेको दाइले ती व्यक्तिसँग हात मिलाए। सायद एकै ठाउँमा बिहे भएको हुनाले चिन्जान भएको रहेछ। या सायद इटहरीदेखि नै चिन्जान थियो थाहा भएन मलाई। हामीलाई को हुन् भन्दा पनि हामीलाई छुटाउन सक्छन् कि सक्दैनन् भन्ने चिन्ता बढी थियो।
[10:29]मेसेज हेरेर हल्का नरमाइलो लाग्यो। द्रोणेलाई ऊ आज नआउने रे भनेँ। उसले ठिकै छ, पर्सि जालास नि त घर। एकदिन एक्स्ट्रा बस केही फरक पर्दैन भनेर भन्यो। आज सागरकोमा जानुपर्छ। अनि हल्का मूड बनाउनु पर्छ भन्यो। मैले नि हुन्छ भनेँ। सागर उसको सानीमाको छोरो। उसको घरमा चाहिँ खासै रोकटोक केही हुँदैन थियो। हामी साँझको ७ बजेतिर सागरको घर गयौँ। उसको घर द्रोणेको घरदेखि ५ मिनेटको बाटमै थियो। सागरको रुम माथिल्लो तलामा थियो। हामी आउने भएकोले उसले सब खानेकुरा र ड्रिङ्क्सहरु ल्याएर राखिसक्या रहेछ। दाइ के भयो तपाईँको लभ स्टोरी? त्यो बिहेवाली केटीसँग हो? भेट्नुभयो त? सागरले चुस्की लिँदै मलाई सोध्यो।
[11:41]मलाई एउटा मनले लाग्यो। प्रेरणा र त्यो केटाको खटपटको बिचमा मलाई ट्रान्जिट बनाएको पो हो कि। उनीहरु दुईजना बीचको ग्याप फुलफिल गर्न मलाई एउटा पुल पो बनाएको हो कि। म बुझ्न सकिरहेको थिइनँ। कि प्रेरणा किन मसँग नजिक किन्न खोजी। सायद कहिलेकाहीँ यु डोन्ट निड रिजन एट अल। भनिन्छ नि, समटाइम्स साइलेन्स इज द ओन्ली आन्सर।
[12:15]म सायद कहिले इम्पोर्टेन्ट नै थिएन उसलाई। यदि हुन्थेँ भने यति इजिली भुल्ने पनि थिइनँ। मलाई थाहा छ ऊ सायद मेरो यादमा मात्र हुनेछ। मीठो नमिठो दुवै यादमा। या फेरि म जस्तो सोच राख्नेले अहिलेको रिलेसनसिप स्टाइल नै नबुझेको पो हो कि। खैर, गल्ती मेरो पनि हुनसक्छ।
[12:49]मैले डाटा अन गरेर त्यो केटाको फेसबुक खोलेँ। उहीँ मैले पहिले याद गरेको केटा रहेछ जसले प्रेरणाको हरेक पिक्चर्समा लाइक र कमेन्टहरु गर्थ्यो।
[14:59]प्रेरणाको जीवनमा पहिले नै कोही हुँदाहुँदै पनि मसँग किन नजिककिन खोजी। सायद कहिलेकाहीँ यु डोन्ट निड रिजन एट अल। भनिन्छ नि, समटाइम्स साइलेन्स इज द ओन्ली आन्सर। म सायद कहिल्यै इम्पोर्टेन्ट नै थिइनँ उसलाई। यदि हुन्थेँ भने यति इजिली भुल्ने पनि थिइनँ। मलाई थाहा छ ऊ सायद मेरो यादमा मात्र हुनेछ। मीठो नमिठो दुवै यादमा। या फेरि म जस्तो सोच राख्नेले अहिलेको रिलेसनसिप स्टाइल नै नबुझेको पो हो कि। खैर गल्ती मेरो पनि हुनसक्छ।



