[0:04]धन्यवाद पावलले विशेष यो बिचको भागमा अगुवाई गर्नुभएको लागि मेरो नाम जोमेश तामाङ हो तपाईको जुन चाहिँ आजै पहिलो चोटी आउनु भएको छ भने म चर्चको पास्टर हु र तपाईलाई म स्वागत भन्न चाहन्छु।
[0:15]विशेष आजको यस साप्ताहिक संगतिमा तपाईँहरू सबै जनालाई स्वागत छ। हामी यो दुई हप्ता चाहिँ विशेष हामी आन्तरिक द्वन्द्वको विषयमा हामी यो हप्ता र अर्को हप्ता हामी हेर्ने छौँ।
[0:27]मैले यो विशेष यो टु पार्ट सिरिज चाहिँ हाम्रो लकडाउन पहिलो लकडाउन लगत्तै यो दुई वटा श्रृङ्खला दुई वटा शनिबार म सिकाउनु पर्छ भनेर मैले एउटा किताब पनि किने खास।
[0:36]यो किताब देखाउनुस् त यो आउट अफ द केभ भन्ने यो एकदमै क्रिस हाजिस भन्ने एउटा चाहिँ एकदमै राम्रो यसो यो चाहिँ बाइबल शिक्षकले लेख्नुभएको हो।
[0:44]यो हप्ता चाहिँ हामी डिप्रेसन कसरी हुन्छौँ भन्ने विषयमा हेर्छौँ।
[0:48]छ वटा कुन कुन तरिकामा हामी डिप्रेसन हुँदछौँ भन्ने हेर्छौँ भने अर्को हप्तामा हामी पाँच वटा विशेष तरिकामा हामी कसरी डिप्रेसनबाट बाहिर आउन सक्छौँ, प्रभुको वचनद्वारा हामी हेर्नेछौँ।
[0:58]त्यसैले यो हप्तामा जति जना आउनुभएको छ अर्को हप्ता नछुटाउनुस् है फेरि।
[1:02]ओके यो छ वटा विशेष आज हामी कुराहरू हेर्नेछौँ खास। अब म चाहिँ मेडिकल्ली है म चाहिँ म चाहिँ मेडिकल्ली जोमेश चाहिँ डिप्रेसनमा गयो भनेर मलाई मेडिकल्ली मलाई त्यस्तो प्रुफ गरेको छैन खास।
[1:14]तर त्यो भन्दैमा म निराश भएको छुइन भन्ने होइन खास।
[1:17]आइ ह्याभ गन थ्रु मेनि डिसकरेजिङ टाइमस्। मेरो जीवनमा म धेरै वटा निराशपूर्ण समयहरू भएर गएको छु।
[1:24]मलाई शायद यो चर्च बिल्डिङ बनाउँदै गर्दाखेरी तपाईँलाई भनेको थिए खास। यस्तो रात थियो जुन रातमा मलाई अलि सुत्न पनि गाह्रो भयो खास हैन।
[1:31]मैले एकपटक यति पनि भनेको थिए खास। मेरो एउटा सानो जग्गा छ त्यो जग्गा बेचेर को को ले पैसा दिएको म दिन्छु बरु हैन यो शायद रोक्नुपर्ने हो कि त्यति सम्म पनि मेरो मनमा सोच आएको थियो।
[1:41]किनभने समयहरू सजिलो थिएन।
[1:44]धेरै वटा यहाँ झमेला भएको थियो खास। धेरै वटा गाह्रो भएको थियो। हैन धेरै वटा पेपर वर्क गर्नुपर्ने थियो।
[1:50]अनि त्यो कुरा बाटोबाट जाँदै गर्दाखेरी अ सजिलो थिएन तर मेडिकल्ली शायद म चेक गर्न गाएको भए त्यो पनि भन्दिन्थ्यो कि तर मेडिकल्ली चाहिँ जोमेश डिप्रेसन अब गयो।
[2:00]त्यस्तो चाहिँ मलाई भएको छैन तर म धेरै वटा गहिरो एउटा निराशपूर्ण समयहरूबाट गएको चाहिँ अवस्थाहरू मैले अनुभव गरेको छु।
[2:08]अब डिप्रेसन भनेको के हो त खास? यसलाई नेपालीमा अलिकति हामी भन्यौ भने खिन्नता उदासी, त्यसले पनि अलि शब्दले पुग्दैन खास तर डिप्रेसन भनेको चाहिँ के हो अलिकति मैले नेपालीमा लेखेको छु खास।
[2:16]डिप्रेसन भनेको चाहिँ डिप्रेसन भनेको एक निरन्तर उदासी र पहिले मन पर्ने वा रमाइलो लाग्ने गतिविधिहरूमा रुचि वा आनन्दको कमी वा नहुनु हो खास।
[2:30]है डिप्रेसन भनेको चाहिँ एउटा निरन्तरको उदासी। एकछिन निरासी एकछिन उदासी हुने अथवा एकछिन निराश भएर अर्को पल्ट फेरि उज्यालु हुने। कन्टिन्यु एकदमै निराश देखिने।
[2:43]निरन्तर रूपमा निराशा देखिरहने र पहिला रमाइलो लाग्ने कुराहरू रमाइलो लाग्न छोड्ने।
[2:49]पहिला एकदमै मनपर्ने कुराहरू निरन्तर रूपमा मन पर्न छोड्ने चाहिँ त्यो चाहिँ डिप्रेसनको सिम्बल हो त्यो चाहिँ एउटा लक्षण हो है।
[2:57]मलाई एकदमै ध्यानसँग सुन्नुस् है आज अलिकति गहिरो छ आजको पाठ। हामी यसलाई राम्रोसँग हेर्ने छौँ।
[3:02]तर आज हामी एलियाको जीवनबाट हेर्दैछौँ। त्यसैले बाइबलको एउटा व्यक्तित्व जसलाई बाइबलमा ठूलो महत्त्वको साथमा हेरिएको छ उसको जीवनमा पनि डिप्रेसन भएको कुराबाट हामी सिक्दैछौँ आज।
[3:12]अर्को अलि सजिलोको लागि डिप्रेसन भनेको चाहिँ भविष्य निर्माण गर्न नसक्ने अवस्था हो।
[3:18]मेरो जीवन के भइराखेको छ? मेरो जीवन कहाँ पुगेको छ अहिले? मेरो जीवनमा म कहाँ जानुपर्ने हो? मैले के निर्णय लिनुपर्ने हो?
[3:25]त्यो कुराहरू गर्न नसक्ने डिप्रेसन। डिप्रेसन इज द इन्याबिलिटी टु कन्सट्रक्ट अ फ्युचर। हाम्रो जीवनलाई कतातिर लाने हो भन्ने विषयमा सोच्न नसक्नु पनि एउटा डिप्रेसनको एउटा लक्षण हो।
[3:40]तर म सुरुमै तपाईँलाई दुई वटा कुरा स्पष्ट रूपमा भन्न चाहन्छु।
[3:45]पहिलो चाहिँ डिप्रेसनमा धेरै पटक हामी डिप्रेसनमा जानुको पछाडि देयर आर सो मेनी बायोलोजिकल रिजनस द्याट वी गो थ्रु डिप्रेसन है त।
[3:55]धेरै वटा हाम्रो चाहिँ यो शरीरमा भएको कुराहरूले गर्दाखेरी हामी डिप्रेसनमा जाँदैछौँ।
[4:00]किनभने हाम्रो शरीरको हाम्रो मूडहरू कहिले हामी एकदमै खुसी हुन्छौँ, कहिले हामी दुःखी हुन्छौँ, कहिले हामी आनन्द हुन्छौँ।
[4:07]इट इन्भल्भस बिलियनस अफ केमिकल्स हुन्छ इंग्लिशमा। के इट इन्भल्भस बिलियनस अफ केमिकल्स टु कन्टोल योर मूड। हाम्रो जीवनमा हामी खुसी हुने, दुःखी हुने त्यो एउटा हाम्रो मूड आउनको लागि हाम्रो शरीरभित्र थुप्रै प्रकारको रासायनिक कुराहरू हाम्रो शरीरभित्र कस्तो कस्तो खालको केमिकल्सहरू छ? त्यो चाहिँ चाहिने हुन्छ खास।
[4:28]त्यसैले हामीले सुरुमा के बुझ्नुपर्यो? डिप्रेसन चाहिँ दिमागी खराबी होइन।
[4:33]नेक्स्ट जानुस् त। डिप्रेसन चाहिँ दिमागी खराबी होइन। यो एउटा सङ्केत मात्रै हो।
[4:38]दिमाग खराब भएको होइन। यो चाहिँ एउटा सङ्केत इटस अ सिम्प्टम इटस अ सिग्नल द्याट समथिङ इज नट वर्किङ इन माई बडी है त।
[4:47]मेरो जीवनमा चाहिँ मेरो शरीरभित्र केही कुरा भइराखेको छैन भन्ने कुराको एउटा सङ्केत मात्रै हो।
[4:53]इट इज ट्राइङ टु टेल अस समथिङ द्याट इज रङ। हाम्रो जीवनमा केही कुरा खराब भइराखेको छ भन्ने कुरा चाहिँ दिमागमा त्यसको सिग्नल त्यसको सङ्केत हामीले पाउँदछौँ।
[5:04]नम्बर एक के बुझ्नु पर्यो? नम्बर एक चाहिँ यो बायोलोजिकल रिजनहरू छ खास एकदमै हाम्रो शरीर कसरी फङ्सन हुन्छ? त्यसले ठूलो असर पार्छ।
[5:13]तर हामीले त्यो शरीरमा भएको कुराले मात्र हामी डिप्रेसन हुन्छौँ भनेर त्योमा मात्रै भरपर्यो भने हामीले धेरै वटा समाधानहरू हामीले पत्ता लगाउन सक्दैनौँ खास।
[5:23]त्यसैले अर्को कुरा के पनि याद गर्नुस् भन्दाखेरी डिप्रेसन एउटा रोग हो।
[5:27]सबैले रोग भन्नुस् त। रोग एउटा रोग हो। जस्तै अहिले मैले चश्मा लाउन थालेको छु। अलि दमिलो बोल्छु है। तर मैले चश्मा लाउन थालेको छु अहिले।
[5:35]हैन? यो चश्मा लाउनु किन मैले थालेको छु भन्दाखेरी मेरो आँखा अब टाढाको देख्न गाह्रो छ।
[5:39]जस्तै पछाडिबाट मैले हेर्दैखेरि यो देख्दिन खास के। मेरो पछाडिबाट हेर्दैखेरि यो अगाडि यो यो म म खास राम्रोसँग पढ्न सक्दिन खास।
[5:46]त्यो भनेको के भन्नुस् त? मैले मेरो आँखा कमजोर भयो अब। के त्यसको मतलब मैले अब आँखामा चश्मा लाउनेखेरि, ‘ए कस्तो विश्वासमा कस्तो चाहिँ विश्वासमा कमजोर मान्छे’ भन्न मिल्छ भन्नुस् त।
[5:56]कस्तो विश्वासमा कमजोर मान्छे? चश्मा लाउने। हैन बाइ फेथमा हिँड्नु नि त हैन? यसको मतलब मेरो आँखामा मैले चश्मा लगाऊ न अथवा लगाऊ दामै नै कि म चाहिँ विश्वासमा कमजोरी म चाहिँ प्रभुमा भर्न परेको।
[6:10]परमेश्वरको चाहिँ कुराहरू मैले चाहिँ मेरो मनमा नलिएको भन्न मिल्दैन खास।
[6:15]त्यस्तै दिमाग पनि हाम्रो शरीरको आँखा जस्तै एउटा अङ्ग हो।
[6:20]आमेन। हाम्रो दिमाग पनि द ब्रेन इज अ पार्ट अफ आवर बडी। जसरी आँखा कमजोर भएर चश्मा लाउनुपर्छ, त्यस्तै हाम्रो दिमागमा केही खराबी आयो भने त्यसको उपचार गर्नुपर्छ खास।
[6:34]सो डिप्रेसन भनेको चाहिँ हामीले के बुझ्नु पर्यो? आँखा कमजोर भएर चश्मा लाउनुपर्छ भनेको जस्तै दिमागमा हाम्रो कसैलाई एकदमै निरन्तर रूपमा उदासी, निरन्तर रूपमा निराशा भएर गइराखेको छ भने म्यान! तपाईँलाई उपचार चाहिएको छ।
[6:49]तपाईँको जीवनमा उपचार चाहिएको छ। ‘ए कस्तो प्रभुमा भर्न परेको यो। विश्वास गर्न सक्दैन यसले।
[6:54]ए बाइबल पढ’ त्यो चाहिन्छ हाम्रो जीवनमा तर हाम्रो कति वटा बोल्ने र भन्ने तरिकाहरू हाम्रो प्रायः त्यो आत्मिकीकरण मात्रै गर्दिन्छौँ हामीले खास।
[7:04]तर उसलाई चाहिएको चाहिँ उपचार चाहिएको छ खास। त्यसैले हाम्रो जसरी आँखा बिग्रिन्छ हाम्रो दिमाग पनि बिग्रिन सक्छ।
[7:13]तर एकदमै के कुरा याद गर्नुस् भन्दाखेरी तपाईँ र मेरो रोग चाहिँ हाम्रो पहिचान होइन।
[7:16]आमेन भन्नुस् त आमेन। क्रिस्टमा हामीले नयाँ पहिचान पाएका छौँ।
[7:19]आमेन। तपाईँ र हामी आज अन्धो हुँदैखेरि ए अन्धै आइज यता अथवा दृष्टिविहीनता आइज। आज बोल्न सकिरा गुङ्गो आइज हैन। आज दिमाग बिग्रिएको सुख्खा आइज।
[7:31]त्यो त्यो हाम्रो रोगहरू चाहिँ हाम्रो पहिचान होइन।
[7:35]हाम्रो आइडेन्टिटी इज इन जीजस। हाम्रो पहिचान चाहिँ क्रिस्टमा छ।
[7:39]आमेन। चाहे हाम्रो दिमाग बिग्रोस्, चाहे हाम्रो आँखा बिग्रोस्, चाहे हाम्रो हात बिग्रोस्, चाहे हाम्रो जुन नै पनि कुरा बिग्रोस् वी आर फाउन्ड।
[7:47]तपाईँ र हामी चाहिँ क्रिस्टको छोराछोरीहरू हो। हालेलुया। यति कुरा अगाडि बढ्नुभन्दा पहिला यति कुरा याद गर्नुस् कि परमेश्वरले तपाईँ र हामीलाई क्रिस्टमा क्रिस्टले आफ्नो प्राण क्रुसमा दिनुभयो।
[7:57]तपाईँ र हामीलाई मोल तिरेर किनेर वी आर फाउन्ड बिकज आवर आवर सिकनेस इज नट आवर आइडेन्टिटी। आवर आइडेन्टिटी इज इन जीजस।
[8:05]त्यसैले कसैलाई दिमाग बिग्रियो भन्दा कसैलाई आँखा बिग्रियो भन्दा त्यसलाई अचल नहेप्नुस् खास। हामीहरू सबै जनाको चाहिँ पहिचान चाहिँ क्रिस्ट येशूमा हामीले पाएका छौँ।
[8:15]आमेन। यदि यो हामी बुझ्दछौँ भने आज मण्डलीले डिप्रेसनको विषयमा झन् धेरै बोल्नु आवश्यक छ।
[8:21]आज मण्डलीले झन् धेरै डिप्रेसनमा निराश किन हुन्छ मान्छेहरू भन्ने विषयमा हामीले धेरै सिकाउनु आवश्यक छ।
[8:29]तर एकदमै खुसीको कुरा चाहिँ द गुड न्युज इज गड डजन्ट इन्जोय सिइङ यू स्ट्रगल।
[8:34]परमेश्वरले तपाईँलाई स्वतन्त्र भएको देख्न चाहनुहुन्छ।
[8:38]आमेन। निराश भएर उदास भएर निरन्तरताको उदास भएर जिएको उहाँ चाहनुहुन्न।
[8:44]गलाती ५ को १ ले यसरी भन्दछ हामीलाई स्वतन्त्रताको निम्ति क्रिस्टले हामीलाई स्वतन्त्र पार्नुभयो।
[8:50]आमेन। फर इज द फ्रीडम क्रिस्ट ह्यास सेट अस फ्री। क्रिस्टले तपाईँ र हामीलाई स्वतन्त्र सँग जिउनको लागि हामीलाई स्वतन्त्र बनाउनुभएको हो।
[9:05]यसको मतलब हाम्रो जीवनमा समस्या आउँदैन भन्ने होइन। किनभने बाइबलमा परमेश्वरले चलाउनुभएको मानिसहरूलाई हामी हेर्छौँ भने उनीहरूको जीवन सिद्ध छैन।
[9:14]परमेश्वरले चलाउनु परमेश्वरले चुन्नुभएको मानिसहरूको जीवन हामी हेर्दछौँ भने उनीहरूको जीवन के छैन भन्नुस् त सबैले सिद्ध भन्नुस् त? सिद्ध छैन।
[9:22]अझ भन्नु हो भने परमेश्वरले चाहिँ बाइबलमा अपराधीहरूलाई, व्यभिचारीहरूलाई एकदमै उदास मानिसहरूलाई चलाउनुभयो।
[9:31]अनि एउटा सबैभन्दा उदास र डिप्रेस्ड मान्छेको नाम चाहिँ यर्मिया हो।
[9:36]सबैले यर्मिया भन्नुस् त। यर्मिया बाइबलमा एकदमै डिप्रेस्ड भएको अगमवक्ता छन् यर्मिया।
[9:40]यर्मियालाई चाहिँ इंग्लिशमा विपिङ प्रफेट भन्थ्यो खास के। एकदमै रुन्जे अगमवक्ता।
[9:45]जतिखेर रुइरा खालको के। अनि यर्मिया अगमवक्ताले चाहिँ यर्मियाको किताब मात्रै लेखेन उसले चाहिँ बाइबलमा एउटा अर्को किताब छ विलाप।
[9:54]सबैले भन्नुस् त विलाप भन्ने किताब पनि लेखे।
[9:57]अनि त्यो विलाप भन्ने किताब चाहिँ पुरै डिप्रेसनसँग सम्बन्धित हो। नामै विलाप हेर्नुस् त विलाप गर्ने।
[10:05]अनि त्यो यर्मिया अगमवक्ताले विलाप ३ को १७ देखि २० मा यसरी भन्नुभएको छ कि, ‘शान्ति मेरो जीवनबाट दूर भएको छ।
[10:11]शान्ति कहाँ हो कहाँ हो। कल्याण नेपाली बाइबलमा कल्याण रहेछ तर अघि मैले यस्तै एउटा शब्द तपाईँलाई दिएको छु।
[10:18]खुसी अथवा कल्याण के हो सो मैले बिर्सेको छु।
[10:22]आइ ह्याभ फर्गटन वट ह्यापिनेस इज। यसैले म भन्छु मेरो शान्त नष्ट भयो। परमप्रभुबाट गरेको आशा पनि टुट्यो।
[10:29]हेर्नुस् त आशा पनि टुट्यो। मैले कत्रो आशा गरेको थियो। परमेश्वरमा मैले गरेको आशा पनि टुट्यो। खुसी छैन। खुसी मलाई याद छैन कस्तो छ।
[10:40]मेरो जीवनबाट शान्ति दूर भएको छ। खुसी मैले बिर्सेको छ। प्रभुमा राखेको भरोसा पनि टुट्यो। तीतोपन र पित्त मेरो दुख र फिरन्तेपनलाई सम्झन्छु।
[10:50]म निरन्तर तिनीहरूलाई सम्झिरहन्छु र मेरो प्राण मभित्र हतास भएको छ।
[10:55]यर्मिया। यर्मियाको किताब कति लामो छ हेर्नुस् त।
[10:58]यर्मिया अगमवक्ता जसले बाइबलमा विलाप जो चाहिँ डिप्रेसनमा फोकस्ड एकदमै विलाप रोएर आँखाभरि आँसु लिएर लेखेको किताबहरू खास।
[11:08]अनि यो अगमवक्ता पुरानो नियमको अगमवक्ता जसलाई परमेश्वरले बृहत् रूपमा चलाउनुभयो।
[11:17]आमेन। अगमवक्ता मात्रै होइन नयाँ नियममा आएर सबैभन्दा ठूलो नयाँ नियमको धेरै वटा पुस्तक लेख्ने पावलले पनि दोस्रो कोरिन्थी १ को ८ मा उहाँले यसरी भन्नुभएको छ कि, ‘भाइ हो, हामी एशियामा भोगेको दुःखको विषयमा तिमीहरू अजान रहो भन्ने मलाई लागेको छैन अथवा चाहँदैनौँ।’
[11:33]‘किनभने हामी सहन नसक्ने किसिमको यति साह्रै मिचिएका थियौँ कि जीवनदेखि हामीले हरेस खाइसकेका थियौँ।’
[11:42]जीवनदेखि हरेस। तपाईँलाई कति जना हरेस कम्तिमा पनि जीवनमा एकपटक खाइसक्नुभएको छ खास।
[11:49]यदि तपाईँ त्यो हुनुहुन्छ भने तपाईँ पावलसँग आज परिचित हुन सक्नुहुन्छ खास।
[11:53]म्यान, परमेश्वरले यति बृहत् रूपमा चलाउनुभएको चाहिँ चाहिँ चाहिँ प्रेरित पावल जसले बाइबलको धरधरनै धरधरनै एक तिहाई सबै चाहिँ पुस्तक लेखेको चाहिँ विशेष पावलले आफ्नो जीवनमा हरेस खाएको कुराहरू हामी यहाँ पाउँदछौँ।
[12:09]पुरानो नियमको अगमवक्ता जस्तो महान अगमवक्ता, नयाँ नियमको महान प्रेरितको जीवनमा पनि त्यो डिप्रेसन त्यो निराश जीवनदेखि हतास भएको कुराहरू हामीले हेरेँ।
[12:21]अब त्यसैले आजको दिनमा चाहिँ हामी एलिया अगमवक्ताको जीवनबाट हेर्नेछौँ।
[12:27]अनि एलिया अगमवक्ता चाहिँ मेरो विचारमा पुरानो नियमको सबैभन्दा एकदमै बृहत् रूपमा ठूलो प्रकारले प्रभुले चलाउनुभएको एलियालाई तपाईँ र हामीले विशेष हामी हेर्छौँ येशू क्रिस्टको त्यो रूप परिवर्तन हुँदाखेरि पनि मोशा एलियाको चाहिँ हैन येशू क्रिस्ट बीचमा छेउछाउ मोशा र एलिया हामी देख्दछौँ खास।
[12:44]इभन स्वर्गले पनि एलिया अगमवक्तालाई चाहिँ उचालेको यति महान चाहिँ स्वर्गले पनि उचालेको एउटा अगमवक्ता एलियाको जीवनमा हामी आज उदासीपन अथवा डिप्रेसन भएको कुराहरू हामी हेर्दछौँ।
[13:00]त्यसैले आज तपाईँ कहिले आफूलाई निराश र इभन मेडिकल्ली डिप्रेसन भएको तपाईँलाई एकदमै ठहर गरेको छ भने पनि उत्साहित हुनुस् प्रियहरू।
[13:08]परमेश्वरको वचनमा महान रूपमा चलाएको अगमवक्ताहरूको जीवनमा समेत उनीहरूले आफ्नो जीवनमा डिप्रेसनको बाटो भएर गएको थियो खास।
[13:16]पहिलो राजा १८ अध्यायमा हामी हेर्छौँ भने हामी एलियाको जीवनमा हामी पाउँदछौँ विशेष १९ अध्यायमा तपाईँको त्यो नोटमा पनि छ मैले लेखेको छु खास तर सुन्नुस् है मलाई।
[13:26]एलियाको जीवनमा डिप्रेसन अथवा एलियाको जीवनमा उदासीपन कतिखेर आयो भन्दाखेरी जब एलियाको जीवनमा धेरै ठूलो आत्मिकी हासिलहरू भयो।
[13:37]तपाईँले पहिलो राजा १८ अध्याय पढ्नुहुन्छ भने त्यहाँ एलियाको जीवनमा सबैभन्दा ठूलो आत्मिक रूपमा ठूलो कुरा हासिल गरेको हामी त्यो एउटा अध्यायमा पाउँदछौँ।
[13:46]जहाँ चाहिँ एलियाले चाहिँ ४५० जना बाल देवताहरूलाई को विरुद्धमा एक्लै उभिएर चाहिँ उनीहरूलाई सबैलाई समाप्त पारेको छ।
[13:55]सबैले ४५० भन्नुस् त। एक जना प्रभुको दास एलिया अथवा एलिया उतपल्ट ४५० जना बाल देवताहरूको विरुद्धमा एलिया एक्लै खडा भएर परमेश्वरले त्यो स्वर्गबाट त्यो ठूलो चाहिँ आगोले चाहिँ त्यो त्यो त्यो त्यो त्यो त्यो चाहिँ वेदीमा चाहिँ ठूलो त्यो चाहिँ परमेश्वरले त्यहाँ चाहिँ त्यो वेदीलाई स्वीकार गर्नुभएको छ।
[14:14]अनि ४५० जना बाल देवताहरू चाहिँ मारेको हामी पाउँदछौँ।
[14:18]अनि त्यसको लगत्तै सबैले त्यसको लगत्तै भन्नुस् त, त्यसको लगत्तै अलि माथि गएपछि एलियाले चाहिँ फेरि प्रार्थना गरेको छ र साढे तीन वर्षसम्म पानी नपरेको ठूलो मुसलधारे पानी परेको छ।
[14:30]यो दुई वटा मेजर स्पिरिचुअल भिक्ट्री एकदमै महान चाहिँ आत्मिकी उपलब्धिहरू पछि एलियाको जीवनमा चाहिँ ठूलो उदासीपना आएको छ।
[14:41]तर म तपाईँलाई के भन्न चाहन्छु आज भन्दाखेरी हाम्रो जीवनमा विशेष परमेश्वरलाई पछ्याउँदै गएको मानिसहरूको जीवनमा अथवा कुनै पनि मान्छेको जीवनमा उदासीपन निराशा चाहिँ जब मान्छेहरू सबैभन्दा उपलब्धि ठूलो उपलब्धि हुन्छ।
[14:55]सबैभन्दा माथि माउन्टेन टप एक्सपीरियन्स भन्छ खास के। माथि उचाई माथिको अनुभवहरू त्यो त्यो त्यो त्यो सफलताको अनुभवहरू गरिसकेपछि शायद चाडै नै त्यो मान्छेले आफ्नो जीवनमा एकदमै धेरै निराशाको अनुभव गर्नुपर्ने हुन्छ।
[15:10]अनि त्यो एलियाको जीवनमा के भएको रहेछ है छौँ पढ्छौँ हामी है त।
[15:16]पहिलो राजा १९ को १ देखि ४ र चार वटा पदलाई हामी हेर्नेछौँ। १९ को १ अब यसो भन्छ, ‘अब एलियाले गरेका सबै काम भनेको दुई त्यो दुई वटा काम।
[15:23]१८ अध्यायको दुई वटा काम। अब एलियाले गरेका सबै काम र तिनले सबै अगमवक्ताहरूलाई तरवारले मारेको कुरा अहाबले त्यतिबेलाको राजा अहाबले चाहिँ इज्जबेललाई सुनाइदिए।
[15:33]इज्जबेल हाम्रो यो सात वटा चाहिँ पत्रको अध्ययनमा आएको थियो खास। इज्जबेललाई सुनाइदिए अहाबको श्रीमतीले सुनाइदिए।
[15:41]यसकारण इज्जबेलले एलियाकहाँ यसो भनेर एउटा समाचार वाहक पठाइन्।’
[15:47]अहिलेको भाषामा टेक्स्ट गर्यो भन्नुम् न। अहिलेको भाषामा अब कमेन्ट गर्यो फेसबुकतिर हैन। ठूलो काम भएको देखेसी हैन शायद फोटो हाले होला फोटो कुन नि कमेन्ट आयो भनुम् न एक प्रकारले कमेन्ट आयो अथवा टेक्स्ट गर्यो।
[15:58]समाचार के पठाइन् भन्दाखेरी, ‘जसरी तैँले उनीहरूको भनेको ४५० बाल देवताहरूको प्राण लिइस्।
[16:04]किनभने इज्जबेल रानी चाहिँ विशेष इजरायल देशमा एउटा अन्य जाति रानी थियो।
[16:09]अनि अन्य जाति रानी आउँदाखेरि उसले आफ्नो देशको पनि त्यो कति वटा त देवता ल्याएको थियो हामीले सात वटा पत्रको अध्ययनमा हेरेका थियौँ खास हेर्नुस् है।
[16:20]त्यसरी नै भोलि यही बेलासम्म भनेको एक दिन नबित्दै २४ घण्टाभित्रमा तेरो प्राण पनि मैले लिन भनेँ हेर्नु न तँलाई पर्खन तँलाई लिन भनेँ मैले देवताहरूले मलाई त्यस्तै वा त्योभन्दा बढी व्यवहार गरून्’ नेक्स्ट।
[16:32]एलिया डराए। हेर्नुस् त टेक्स्ट पठाएका, समाचारवाहक पठाएको एउटा सन्देशवाहक पठाएको तर एलिया यस्तो सँग डराए कि आफ्नो प्राण बचाउनलाई भागे।
[16:42]अरे! भर्खरै त्यत्रो ४५० जना देवतालाई मारेको अथवा बाल देवतालाई मारेको।
[16:47]भर्खरै प्रार्थना गर्नेबित्तिकै स्वर्गमा ठूलो साढे तीन वर्ष ठूलो पानी आएको।
[16:50]म भएको ल। आउनु त ल। के गर्छौ ल। त्यस्तो भन्दै थियो खास तर कसैले पनि सोच्दैन कि एलिया डराएर भाग्य हेर्नुस् कसैले पनि यो विचारै गर्न सक्दैन खास।
[17:00]भर्खरै त्यत्रो मिराकल त्यत्रो भर्खरै अचम्मको काम गरेको १८ अध्यायमा त्यत्रो काम गर्यो एलिया। एउटा टेक्स्ट आउँदाखेरि एउटा समाचारमा एउटा नोकरले एउटा यस्तो सन्देश ल्याउँदाखेरि रानीले यस्तो भनेको छ।
[17:10]अबको २४ घण्टा तँ पनि मर्छस् रे भनेर भन्दै गर्दाखेरि एलिया यस्तो डराए कि आफ्नो प्राण बचाउनलाई भागे।
[17:20]हेर्नुस् त। जब तिनी यहूदाको वार्सम पुगे, तब तिनले आफ्नो चाकरलाई त्यहीँ छोडिन्।
[17:25]आफ्नो चाकरलाई त्यहीँ छोडे। सबै ठूलो गलत। आफ्नो चाकरलाई त्यहीँ छोडे र आफूचाहिँ मरूभूमिमा एक दिनको बाटो गए।
[17:31]तिनी अम्रिसको एउटा झाडीमा आइपुगे र त्यसमुनि बसेर आफ्नो मृत्युको निम्ति प्रार्थना गर्न लागे।
[17:47]तिनले भने, ‘हे परमप्रभु मेरो प्राण लिनुहोस्। मैले पुरै भोगिसकेँ। म त मेरा पिता पुर्खाहरूभन्दा असल छैन।’
[17:58]अब यसरी अगाडि गएर थाहा भयो। खास हेर्नुस् त। १८ अध्यायको त्यत्रो ठूलो उपलब्धिपछि १९ को चार वटा पहिलो पदहरूमा चाहिँ म मर्छु म त साह्रै गाह्रो भयो मलाई।
[18:06]भोक लाग्यो, केही खाएन, मलाई गाह्रो भइसक्यो।
[18:10]मलाई लानुहोस् प्रभु। यसरी अगाडि गएर थाहा भयो खास हेर्नुस् त। यो चार वटा पदहरूमा हामी हेर्दाखेरि चाहिँ एकपटक कल्पना गर्नुस् त त्यो अघि मैले भनेको थिए एउटा एउटा सानो समाचारवाहक शायद नोकर हुनुपर्छ खास त्यो।
[18:21]नोकरले इज्जबेल रानीले चाहिँ तिमीलाई अबको २४ घण्टाभित्र तिमीलाई पनि ४५० बाल देवताहरूलाई तिमीले जसरी मार्यौ त्यसरी नै तिमीहरूलाई पनि मार्नेछु भन्दाखेरि उसले आफ्नो प्राणको लागि परमेश्वरसँग प्रार्थना गरेको छ।
[18:37]अनि यो पढ्दाखेरि हि वाज डिप्रेस्ड। यो पढ्दाखेरि एकदमै निराश भएको थियो।
[18:44]उ डिप्रेसनमा गएको थियो खास। शायद तपाईँको जीवनमा ‘मेरो प्राणलाई लिनुहोस्’ नै भन्ने खालको प्रार्थना गर्नुभएको छैन होला।
[18:50]मैले एकपटक शायद पहिलाको एउटा टिचिङमा के भनेको थिएँ शायद हामीले जीवनमा कतिपटक त्यसरी नै प्रार्थना नगरे पनि प्रभु के हो त? साह्रै गाह्रो भयो मलाई।
[18:59]म चाडै घर आउन पाऊँ न। हैन? मैले अस्ति म अमेरिकामा हुँदाखेरि अस्ति मेरा साथीसँग कुरा गरेको थिएँ खास।
[19:02]अमेरिकामा चाहिँ जस्तै तपाईँको भर्खरको चाहिँ भर्खर भर्खर मान्छेहरू मरे भन्नु चाहिँ कस्तो पालो मिचेको भन्छ रे खास के।
[19:10]हैन म भन्दै थिएँ अलि बुढो भएपछि मात्रै बल्ल जाने हो नि त।
[19:14]कस्तो पालो मिचेको हैन? अनि त्यस्तो पालो नमिच्नुस्। त्यस्तो प्रार्थना गरेर पालो नमिच्नुस् है।
[19:17]हाम्रो पालो पनि पालो पालोसँग जाऔँ भन्नुहोस्। पालो पालोसँग जानुपर्छ के।
[19:20]कहिले छिट्टो पालो मिच्न थाल्यो भने गाह्रो फेरि हैन? यस्तो प्रार्थना गर्यो भने छिटो पालो मिच्नुपर्ने हुन्छ तपाईँ फेरि हेर्नुस् त पालो नमिच्नुस् खास।
[19:26]तर हाम्रो जीवनमा हामी शायद विभिन्न रूपमा यस्तो प्रकारको प्रार्थना हामीले गरेको हुन सक्छ खास।
[19:35]अनि यस्तो प्रार्थना हामी फेरि चौबाटमा उभिएर गर्दैनौँ फेरि। ‘ओहो प्रभु माइकमै है। लानुस् मलाई’ भन्दैनौँ हामी।
[19:42]भित्रको कोठाभित्र शायद घुँडामा बसेर जब त्यो एकदमै विचारहरू हामीले हामी त्यो सहन सक्दैनौँ।
[19:49]जब कसैको व्यवहार सहन सक्दैनौँ। जब जब व्यवहारहरू डुब्दछ। सम्बन्धहरू टुट्दछ। शायद हामी यस्तो प्रार्थना गरि पठाउँदछौँ।
[19:56]सो तपाईँ कुनै पनि जीवनको कुनै खण्डमा यस्तो प्रार्थना गर्नुभएको छैन भने तपाईँ अनात्मिक मान्छे होइन है।
[20:03]एलियाले पनि यस्तो प्रार्थना गरेको थियो खास। यसैको लागि हामीलाई येशू चाहिने हो आमेन।
[20:08]यसैको यस्तो प्रार्थना हामीले हामीले गर्छौँ जीवनमा त्यसैले द्याट इज वाई वी निड जीजस।
[20:13]त्यसैले हामी येशूको प्रचार गर्छौँ। किन येशू इज द उहाँ हाम्रो आशा हुनुहुन्छ आमेन। उहाँले हामीलाई सहायता गर्नुहुन्छ।
[20:19]उहाँले हामीलाई जीवन दिनुहुन्छ। उहाँले हामीलाई बाटो दिनुहुन्छ खास। द्याट इज वाई वी निड जीजस।
[20:25]हैन हाम्रो जीवनमा त्यसैले र हामीलाई येशू चाहिएको छ। तर एलियाको जीवनमा यो चाहिँ प्रार्थना यो चार वटा पदहरूबाट हामीले विशेष एलियाको यो सम्पूर्ण यो १८ र १९ अध्यायबाट हामीले डिप्रेसनमा जाने छ वटा कुराहरू आज हामी हेर्नेछौँ।
[20:41]सबैले छ वटा भन्नुस् त। छ वटा। हामी एकदमै निरन्तर रूपमा उदासी हुने छ वटा कुराहरूले हाम्रो जीवनमा हामीलाई उदास बनाउँछ प्रियहरू अथवा डिप्रेसनमा लाउँछ।
[20:50]तपाईँले आफ्नो पाठमा लेख्न सक्नुहुन्छ। नम्बर एक चाहिँ असन्तुलन जीवन। लाइफ इम्ब्यालेन्सस।
[20:58]पहिलो हाम्रो जीवनमा डिप्रेसन, पहिला हाम्रो जीवनमा एकदमै निरन्तरको उदासी त पहिला हाम्रो जीवन पहिला रमाइलो अहिले त्यो खालको डिप्रेसन भन्ने शायद मैले शब्द भन्दा तपाईँलाई शायद बुझ्नुहुन्छ खास।
[21:08]पहिलो कारण चाहिँ हाम्रो असन्तुलित जीवन भएकोले गर्दाखेरी हाउ वी लिभ आवर लाइफ स्टाइल कन्ट्रीब्युट्स अ लट टु डिप्रेसन।
[21:17]अहिलेको धेरै वटा अध्ययनले के देखाएको छ भन्दाखेरि मानिसहरूको जीवन चाहिँ डिप्रेसनमा जानको लागि सबैभन्दा ठूलो फ्याक्टर सबैभन्दा ठूलो कारण चाहिँ हाम्रो जिउने शैली हो भनेको छ हाम्रो जिउने शैली।
[21:32]हाउ वी लिभ। हामीले जीवन कसरी जिउँदैछौँ खास? हामीले जीवनहरूलाई हामीले कसरी जिउँदैछौँ? आवर लाइफ स्टाइल म्याटर्स।
[21:56]हामीले जीवन हामी यो विशेष यस्तो प्रकार वचनहरू शायद चर्चहरूमा कमाइ आउँला तर हामीले इभन फिजिकल जीवन हामी कसरी जिउँदैछौँ? त्यो कुराहरूले हाम्रो जीवनमा हामी कतिको निराश हुन्छौँ, हाम्रो जीवनमा कतिको डिप्रेसनतिर त्यसले ठूलो एउटा चाहिँ एउटा ठूलो रोल खेल्दछ।
[22:18]मेरो लागि सबैभन्दा निराश क्षण कहिले तपाईँलाई थाहा छ? सबैभन्दा निराश क्षण मेरो लागि आज बेलुका हो।
[22:26]आज बेलुका। हरेक शनिबार बेलुका म स्ट्रगल गर्छु प्रियहरू।
[22:31]हरेक शनिबार बेलुका जानेबित्तिकै मेरो मनमा दुई वटा द्वन्द्व हुन्छ खास।
[22:37]तपाईँलाई लाग्छ यो गरिस्, यो राम्रो भएन, यो राम्रो भएन। वचन मेरो आठ नौ पेज हुन्छ खास। मैले सबै भन्न सक्दिन खास।
[22:42]मैले यो भनिन, मैले त्यो भनिन। सहि स्ट्रगल। मलाई कहिले शनिबार बेलुका सुत्न पनि गाह्रो हुन्छ खास।
[22:47]किनभने त्यो एउटा उत्साहमा त्यो एउटा एकदमै एक्साइटमेन्टमा यो शनिबारको लागि मैले तयारी गरेको हुन्छु तर शनिबारको सङ्गतिमा मान्छेहरू आउँदाखेरि मान्छेहरू नआउँदाखेरि मान्छेहरू बातचीत गर्दाखेरि वचन दिँदाखेरि वोर्षिप हुँदाखेरि यो भएन त्यो भएन।
[23:03]भन्ने आवाजले जित्छ मेरो दिमागलाई। अनि मैले भन्छु मैले कहिल्यै राम्रो गर्न सक्दिन खास।
[23:08]म मेरो अनुभव तपाईँलाई भन्न चाहन्छु आज। शनिबार बेलुका मेरो लागि सबैभन्दा गाह्रो समय।
[23:13]म यहाँ ८ बजे बिहान म यहाँ साढे ७ देखि ८ बजेभित्र म आइपुग्छु।



