Thumbnail for तिमीलाई पाउन पनि 😭रोए, अनी गुमाएर पनि रोए ||  Emotional Heart Touching Quotes|| Nepali Quotes by Suraj_official

तिमीलाई पाउन पनि 😭रोए, अनी गुमाएर पनि रोए || Emotional Heart Touching Quotes|| Nepali Quotes

Suraj_official

14m 47s1,868 words~10 min read
YouTube auto captions
Transcript source

YouTube auto captions

This transcript was extracted from YouTube's auto-generated caption track. The transcript below is server-rendered so it can be read, searched, cited, and shared without opening the original YouTube player.

Pull quotes
[0:07]रहर छ भने मात्र बोल म सँग, बाध्यताले बोल्नै पर्नेकुनै विशेष गुण छैन म मा । मैले गुनासो गर्न नै छोडीदिएँ अब म, मन्द मुस्कुराएर सबैँ आँफै मा सिमित राखे गछौँ !!
[0:07]मेरो हिम्मत तिम्रो साथ संग छ माया, यदी तिमी एक कदम पनि पछी हट्यौ भने म हार्ने छु !!
[0:07]नखोज्नेहरुको लागी हराएको हु, खोज्नेहरुको लागी त साथ मै छु नि। भोगेको छु अनी भन्दै छु, जसलाई हदभन्दा बढी समय दिन्छौ नि, उनीहरु पनि बदलिनँदा रहेछन् समयसँगे !!
[0:07]खुशी त तकदीरमा हुनु पर्छ तस्बिर मा त हरेक मानिस मुस्कुराउने गर्छ । हजारौँ सपनाहरुको बिचमा लापत्ता छ जिन्दगी थाहा छैन मृत्यु पहिला आउछ कि गन्तब्य नसोध सपनाको क्षेत्रफल कती छ भनी, आकाश भन्दा फराकिलो छन् ती रहरहरु..!
Use this transcript
Related transcript hubs

[0:07]मलाई अलि धेरै समय लाग्छ तिम्रो लायक हुन। कोही खानदानी मान्छे पायो भने तिमी उसैको भईदिनु है। मान्छे भेटिन्छन् कहानी बनेर, मनमा बस्छन् निशानी बनेर, जसलाई म आँखामा सजाउन चाहान्छु, फेरी उनै किन निस्किन्छ पानी बनेर। जती बदल्न सक्थे बदलिए आफुलई अब जसलाई गुनासो छ त्यो आफ्नो बाटो लाग्दा हुन्छ। धेरै सानो-सानो कुरा देखी मन दुख्छ मेरो, म बस कसैलाई महसुस हुन दिन्नँ। चाहाना ले भरिएको झलमल्ल बजारबाट प्राय म खाली हात फर्किन्छु, कहिले पैसा हुन्न त कहिले रहर हुँदैन। खुशी किन्न रहर नभएको हेन, आँशु बिक्रे शहर नभेटीएर हो। कती अचम्म को प्रेम थियो तिमीलाई पाउनको लागी पनी रोएँ तिमीलाई गुमाए पछी पनी रोएँ !! तमाशा बनेको छ जिन्दगी केही भने पनि नराम्रो केही नभने पनि नराम्रो !! जे पाईन्छ त्यसमै खुशी हुनु पर्छ गुनासो गर्न थाल्यो भने त दुखी हुँदाहुँदै आधा जिन्दगी बितिसक्छ। हजारौँ सपनाहरुको बिचमा लापत्ता छ जिन्दगी थाहा छैन मृत्यु पहिला आउछ कि गन्तब्य । मान्छे कोही पनि गलत हुँदैनन्, कसैलाई समयले कसैलाई स्वार्थले त कसैलाई बाध्यताले गलत बनाउँछ। बाधेर राखेका भावनाहरु शब्दले खोल्ने रहेछ, कसैलाई न्याानो घाम कसैलाई पोल्ने रहेछ, मुसुक्क हासेर पनी कती पिडा लुकाउने, लुकाईएका पिडा पनी त आँखाले बोल्ने रहेछ । कुनै दिन बिश्वासले नजिकीएको थियौ तिमी, जिन्दगी भर नबोली बस्नु परेनी तिम्रो नाम कहिल्यै बदनाम गर्ने छैन। यहाँ लासले हो फुल पाउने, जिउँदो रहुन्जेल त काँडाले बाण हान्दा पनी मुस्कुराउने हिम्मत राख्नुपर्छ । जिन्दगीको हरेक मोडमा रमाउन सिक्ने गर्नुहोस, फर्केर आउने याद मात्र हो समय होइन । समयसँगे मन भरिनु स्वभाविक हो पानी रोकीएपछी छाता पनी त बोझ लाग्छ । मजाक मेरो कमजोरीको बन्यो मतलब भएन बस प्रश्न मेरो आमाको संस्कार माथि उठ्नु भएन। आफ खुसी हुनु ठुलो कुरा रहेछ, अरुलाई त कसैँ गरी पनि चित्त बुझाउन सकिँदैन । हरेक चिजको हिसाब हुन्न प्रिय, मेरो प्रेम त बेहिसाब छ तिम्रो लागि। सबैँको बिश्वासिलो पात्र त बन्न नसकला म, तर जसले मेरो बिश्वास गर्छ उसको बिश्वास कहिल्यै तोड्ने छैन । शरीरको लागि मरीहत्ते गरेको जस्तो लाग्छ भने जवानी सकीएपछि आउनु तिमी त्यो दिन पनि तिम्रै पर्खाईमा हुनेछु म !! रहर छ भने मात्र बोल म सँग, बाध्यताले बोल्नै पर्नेकुनै विशेष गुण छैन म मा । मैले गुनासो गर्न नै छोडीदिएँ अब म, मन्द मुस्कुराएर सबैँ आँफै मा सिमित राखे गछौँ !! गुनासो कसैसँग छैन । मेरो हौसला म आफैँ हु । मलाई म बन्न म नै चाहिन्छ । मेरो चाहना हरुको घाँटी रेटीदियौ तिमीले मेरो नजिक आउने हरेक व्यक्ति अब मलाई धोकेबाज लाग्छ । सबैँको आँखामा फुल्न नसकुला तर कसैको आँखामा बिझाउन नि नपरोस् !! मेरो हिम्मत तिम्रो साथ संग छ माया, यदी तिमी एक कदम पनि पछी हट्यौ भने म हार्ने छु !! नखोज्नेहरुको लागी हराएको हु, खोज्नेहरुको लागी त साथ मै छु नि। भोगेको छु अनी भन्दै छु, जसलाई हदभन्दा बढी समय दिन्छौ नि, उनीहरु पनि बदलिनँदा रहेछन् समयसँगे !! खुशी त तकदीरमा हुनु पर्छ तस्बिर मा त हरेक मानिस मुस्कुराउने गर्छ । हजारौँ सपनाहरुको बिचमा लापत्ता छ जिन्दगी थाहा छैन मृत्यु पहिला आउछ कि गन्तब्य नसोध सपनाको क्षेत्रफल कती छ भनी, आकाश भन्दा फराकिलो छन् ती रहरहरु..! नबुझ्नेलाई बुझाउने राहा थिएन बुझपचाउनेहरुको अगाडी जाने चाहा थिएन एक्लो थियो थाहा थियो तर अती साह्रो एक्लो रहेछु थाहा थिएन । गलत भएर जवाफ नफर्काएको होइन, कहिले काही दोष लगाउने मान्छेहरु कती सम्म गलत सोच्दो रहेछन् भनेर बुझ्नलाई चुप बस्ने गर्छे म । यात्रा जारी छ, सके गन्तब्यमा पुगिएला, नसके केहि सिकेर अगाडी बढौला । न हास्नु मन छ, न रुन मन छ, सास र लास नभेट्ने गरि बेपत्ता हुन मन छ। संगतले परिवर्तन हुने भए जंगलको सबै झारपात जडिबुटी हुन्थ्यो होला। सायद भाग्यमा नै खुशी नलेखिएर होला जुन कुरामा खुशी हुन खोज्छु त्यहि कुराले मन दुखाई दिन्छ । कहिले काही शब्द नै हुँदैन हाल बताउनलाई बस यस्तो लाग्छ कसैले सम्झाओस सम्हालोस अनी प्रेमले अंगालोस। खुसी छु भनु भने ओठमा हासो छैन, दुखी छु भनु भने "के कुरामा दुखी छु थाहा छैन"!! हतार गरेउ सानु भनेकै थिए नि, सिन्दुर लगाउदैमा जिन्दगी रंगिन हुदैन भनेर !! म संघर्षमा हुँदा माया गरेको तिमी, म सफल हुँदा नि तिमीलाई नै माया गर्नेछु । बेलैमा हरेक कुराको महत्त्व बुझ्न सक्नु पर्छ चाहे त्यो पैसाको होस वा सम्बन्धको !! म एउटा ढुंगा हुँ, मलाई गुमाएकोमा मन नदुखाउ, अगाडी बढ्दै जाउ तिम्रो भागमा हिरा लेखिएको छ !! मन पर्ने होइन, मन पराउने रुन्छन छोड्ने होइन, छोड्न डराउने रुन्छन एक चोटी आर्यघाट गएर हेर्नुस हजुर जल्ने होइन, जलाउने रुन्छन । नदुखे मन, नरुने आँखा, नथाक्ने शरीर भए गज्जब हुन्थ्यो ! चाहनाले कुनै चिज आफ्नो हुँदैनन हरेक मुस्कानहरु सबैँ खुशी को हुँदैन, इच्छा त धेरैँ हुन्छन् तर कहिले समय त कहिले भाग्य सहि हुँदैन । छोराको प्रगती हेर्न खोज्ने आँखा सम्झन्छु आमाले कोखमा राख्दा सहेको पिडा सम्झन्छु, फेरी सम्झाउँछु आफैँलाई, म नै त हो एक आश, मेरा काँधमा नै त छ जिम्मेवारी । केही मान्छे धेरै गफ गरेर पनि आफ्ना हुँदैनन कोही मौन रहेर पनि आफ्नो बनिदिन्छन् !! यदि भाग्यमा लेखिएको रहेछ भने फेरी भेटौला, अनजानी बाटोमा अजनबी बनेर । सक्ने कोसिस गर्नेछु तिमीलाई आफ्नो बनाउने, तिमीले पनि हार नमान्नु । हजारौँको श्राप लागोस तर कसैको आदत कहिले नलागोस ! पीर नगर म आफैँ टाढा भइदिन्छु सायद तिमीलाई गाह्रो भयो होला बहाना बनाउँदा बनाउँदै । खुशीको आँसु कस्तो हुन्छ भनेर अनुभव गर्ने मन छ अनी आफ्नो सपनाहरु पूरा हुँदा कति खुशी हुन पाईन्छ भनेर महसुस गर्ने मन छ ।। म तिमीलाई माया गरेर थाक्ने छैन, तिमी धेरै माया पाटेर नमातिनु है । सबैँ भाग्यको खेल हो भगवान नत्र यस्तो कुनै मन्दिर छैन जहाँ पुग्दा उसलाई मागीन । मलाई तिम्रो झुटो कुराहरु संग तब सम्म प्रेम हुने छ, जब सम्म अन्तकतै पोखिएको बास्तबिकता मैले थाहा पाउँदिन । सपना र चाहना हरु सबैँ जिम्मेवारी संग सम्झौता गर्दै छन्, असफलतामा यसरी एक्लो भएको कि अब कसैँको साथ मन पर्दैन मलाई !! मलाई कसैसँग केही बहस गर्नु छैन बस तिमी मेरो हो मेँरै रहनु !! मरिहत्ते गर्न छोडीदिएँ मैले, कर हेन प्रेम गर्थेँ भनेर याद रहोस् तिमीलाई पनि !! जब सफल हुनेछु तब सबैँ भन्दा पहिला आफुत संग आफ्नोपन किन्ने छु, अहिले अनजान भएको छु आफन्तको भीडमा ! तिमी मेरो त्यो खुशी हौं जो म अरु कसैलाई दिन चाहाँन्न !! म संग भएर पनि अरु कसैँको चाहना राख्ने तिमी मलाई बिर्सि दिए हुन्छ !! येही सोचेर पनि मैले तिमीलाई फेरी पाउने कोशिश गरिन कि यती सुन्दर छौँ तिमी तिमी संग म सुहाँउदिनँ !! अन्तिममा आएर मौनता लाई रोजेको छु मैले, प्राय गल्ती नहुँदा पनी धेरै कुराहरु सुनेको छु मैले !! समय भन्दा धेरै केवल त्यही सम्बन्धको कदर गर्नु जसले तिमीलाई समयमा साथ दिएको छ । सकिएन कसैलाई खुशी राख्न आफैँ खुशीहरुको चिहान सजाएर पनी !! आफ्नो बनाएर फेरी पराई बनाईदियौँ, जब भरियो मन त बहाना बनाईदियौँ !! जो मान्छे बोल्न त खोज्दैनँ उसले माया गर्छ भनेर कसरी बिश्वास गर्नु! मलाई बस तिमी चाहियो न तिमी जस्तो चाहियो, न तिमी बाहेक चाहियो !! म अझैँ पनि उसलाई गुमाउन देखी डराई रहेको छु, जो कहिल्यै मेरो थिएनँ !! एक्लोपन ले भरिएको छ मन अब केही आशा छैन, केही बिर्सिएको पनि छैन, अभिनय गर्दै छु केही याद पनि छैन !! सपनामा मान्छेहरु खोसीदिन्छन् तिमीलाई म बाट, थाकेको शरीर लिएर पनि निदाउन मान्दैनँ मेरो आँखा हरु !! तिमीले छोडेर गए पछी पनि तिमी संग बिताएको हरेक पल मलाई धेरै याद आयो !! कुन शब्दमा लेखु तिम्रो प्रतीक्षामा छु भनेर निशब्द प्रेम र मौनताले खोजिरहेछ तिमी लाई! म चिता सम्म पुग्दा पनी तिमीलाई पर्खी रहने छु, तिमी ढुंगा पखाल्न भएपनी आउन पर्छ माया !! म आफ्नो भन्दा धेरै ख्याल राख्ने छु उसको एक पटक उसलाई मेरो भाग्यमा लेखेर त हेर्नु "भगवान"!! हुँदै गर्ने छ तमाशा जिन्दगी भरी तिमी बस आफ्नो चरित्र को ख्याल राख्नु !! माया बस्यो भन्दा भन्दै तिमीमा प्राण बसेको थाहै भएन !! तिमीसँँग ठुलो आशा केही राख्दिनँ साथी.. बस मेरो 'केही' नभएको बेला, 'कोही' छ भन्न सकूँ । आफैँसँग दिक्क भएर पनि कहाँ जाने हो र ? चितासम्म पुग्नु पनि मलामी चाँहिदो रहेछ । देखाउनलाई कुनै घाउ छैन अनि नदुखेको पनि ठाउँ छैन । आफैँले सोचेको जस्तो म आफैँ छैन अनी अरुले सोचे जस्तो कसरी हुन सक्छु र म । प्राथना शब्दमा होइन मनदेखी हुनुपर्छ किनभने भगवान उसको नि हुन्छ जो बोल्न सक्दैन । फुर्सदको बेला र एक्लो हुदा मात्र याद गर्छौ भने बिर्सिदेउ मलाई सम्झेको नाटक गरिराख्नु पर्दैन । आफुलाई आफैँले उपहार दिन मन छ, थोरै सहस अनी एउटा ठुलो सन्दुक जसमा तिम्रा यादहरु पोको पारी राखेर सधैँका लागि ताल्चा लाउन सकूँ । कसैँको यादले त मन मात्र भरिन्छ के गर्नु यहाँ पेट भर्न त धेरै संघर्ष गर्नुपर्छ ! सम्बन्धको सिलाई यदि स्वार्थको छ भने, टिक्नु मुश्किल पर्छ, भावनाको छ भने टुट्न मुश्किल पर्छ । हाम्रो मायाँ जिवन भरिलाई होस जिवन लाई भारी कहिल्यै नहोस् ! जिद्दी त सबैँ हुन्छन् तर झुक्छ उहीँ जसलाई सम्बन्धको चिन्ता हुन्छ । मनको माया बुझ्नु है तिमीले यी ओठले त कहिले काहाँ नमिठो पनि बोलीदिन्छन् !! संसारको सबैँ भन्दा घटिया भिख माया हो रे, मैले त्यो पनी मागे तिमीसँँग । तैरीन चाहन्छु समस्याहरु बाट, तरपनि येही समस्याहरुका बीच नै डुब्दैछु ।। प्रेम पछि बिबाह भएन भनेर किन रुन्छौ, सोच त बिबाह पछि प्रेम नै भएन भने । समय सँगै सबैँ बदलिने रहेछ कहिले साथी कहिले आफन्त कहिले सम्बन्ध अनी कहिले आफैँ मन । ताला तोडेपछि भेटिएको चाबी र चित्त दुःखाई सके पछि मागेको माफी को के काम । धारीलो कुनै हतियार छैन तिम्रो शब्द जस्तो। दरिलो कुनै बस्तु छैन तिम्रो मन जस्तो। माफ गरिदेउ, महसुस भएन मलाई तिम्रो प्रेम पाए जस्तो। तिमी संग को भेट सबैँलाई सुनाएको थिएँ, तिमीले अचानक छोडेर जानु सबैँ संग लुकाउँदै छु !! याद आउने छ तिम्रो तर म कहिले तिम्रो नाम लिने छैनँ। कुन हद सम्म माया गर्छु भनेर झुक्केर पनी कसैलाई भन्ने छैन । यो लामो सफर पछि थाहा पाए म पहिला नै खुसी थिए। तर कुरा यो हो कि याद नै भएन म कस्तो थिए। आफ्नो सपनालाई सधैँ अगाडी राखु सम्बन्धको कुनै भर छैन आजकालको जमानामा। तिमी टाढा भएर के भयो त, रातको अन्तिम सोचाईमा र बिहानीको पहिलो सम्झनामा तिमी नै छौँ। रातमा याद अनी यादमा भबिष्यको चिन्ताले अड्किएको छ जिन्दगी । बाध्यताले नै जिन्दगीको किताब्को प्रत्येक पानाहरु बाधेर राखेको छ ! कुनैदिन मान्छेले साबित गरेका थिए समय बदलिन्छ अहिले समयले साबित गरिदियो मान्छे बदलिँदा रहेछन् । मलाई त्यो सम्बन्ध चाहिन्छ जहाँ म हैन हामी भन्ने भावना होस् किनकि भावना मनमा हुन्छ हैसियतमा हैन " यहाँ मान्छेहरु टुटेको हेर्न खुबै मन पराउछन्, चाहे त्यो आकाशको तारा, होस या कसैको मन । जिवनमा कसैँलाई दोष नदिनु राम्रो मान्छेले शिक्षा र खुशी दिन्छन भने नराम्रा मान्छेले अनुभव दिएर जान्छन । जसले जतिसुकैँ भाषण दिएपनि मान्छेको बफादारी उसको परिस्थितिकामा निर्भर गर्छ । तस्बिरले मात्र वास्तविकता बताउन सकिदैन दुखी पनि त तस्बिरमा हासेको नै हुन्छ । मेरो मायाँ तिम्रो लागी ऐना जस्तै हो सानु, चाहे तिमी जती नै टुक्रा पारी हेर हरेक टुक्रामा तिमी नै देखिन्छ । कहाँ छ र दुनियाँ बिश्वाससिलो, जो पनि झुट नै बोलेर साचो बन्न खोज्छन् । शब्दमा बिश्वास नगर्नुहोस् महोदय, ओठमा अमृत अनी मनमा बिष लिएर हिड्नेहरु धेरैँ छन् । आफ्नो भविष्यमा ध्यान देउ तिम्रो सुन्दरताले हेन सफलताले अर्थ राख्छ । थाहा छैन जानेर गरे या अन्जानमा, मेरो जीवनको हत्या म आफैँले गरे आफ्नो जीवन आफैँले बर्बाद गरे !! समस्या बढिरहेका छन् भने सम्झनुस तपाई सफलताको बाटोमा हुनुहुन्छ । घमण्ड के कुरा को गरु, म मरे पछि मेरो आफन्तले नै मलाई छोएर हात धुने छ । शंका गर्नु गलत थियो तर शंका सही रहेछ । केही गर्ने सपना बोकेर घर छोडेको म, के था आज घर जान नै सपना बन्छ भनेर ।। सम्बन्धमा अनेक बाधाहरु आउलान, तिमी हात दिनु म मुस्कुराउँदै साथ दिनेछु । तिमीले त उता जिन्दगी बदलेछौँ, मैले त यो मन पनि बदलीन्न सकेको छैन। म आफैँ सिद्दान्तको परिभाषा हु यहाँ कसैँको आलोचना को कदर हुन्न ।

Need another transcript?

Paste any YouTube URL to get a clean transcript in seconds.

Get a Transcript