[0:00]मन छुने भनाइहरु... पागलहरुको भीडमा समझदारी देखिनु पनि पागलपन हो। चोट सहन सिक्नुभयो भने तागत बन्दछ। आँसु देखाउन सिक्नुभयो भने मजाक बन्दछ। खल्तीभरी पैसा भएनभने सहरले चिन्दैन, दुख पर्यो भने आफ्नाले चिन्दैनन्। टाढा बनेकै बेस जो आफुलाई पर्दा गुहार गर्दै आफ्नो मान्छे बन्ने, अरुबेला पराई भैदिने मान्छेबाट। मान्छेलाई बिमारले भन्दा खराब विचारले कमजोर बनाउँछ। पीडा त धेरै छन् जिन्दगीमा तर यत्तिकै मुस्कुराउनुको मज्जा बेग्लै हुँदो रहेछ। बोल्ने तरिका नै फेरिन्छ जब मानिसलाई हाम्रो जरुरत हुँदैन। जब मानिस एक्लो र पीडित हुन्छ तब उ थोरै बोल्छ अनि धेरै मुस्कुराउँछ। धोकेबाज मान्छे जुनकिरी जस्तै उज्यालो देखाएर अध्यारो तर्फ लैजान्छ। थाहा छैन जिन्दगीले मलाई खुसी हुने मौका नै दिएन कि म आफै जिन्दगीमा खुसी हुन जानिन। कहिलेँ रुवाउदिन भन्न्नेले नै सबैभन्दा बढी रुवाएर जान्छन्। महङ्गो कपडाले शरीर ढाक्न सक्छ तर खराब सोचलाई लुकाउन सक्दैनन्। छाला राम्रो भएर के गर्नु यदि उसको चाला राम्रो छैन भने। बिमारले भन्दा खराब विचारले कमजोर बनाउँछ मान्छेलाई। बन्नु छ भने पानी जस्तो बन जो आफु बाटो आफैँ खोल्ने गर्छ ढुङ्गा जस्तो हैन जो अरुको बाटो पनि रोकिदिन्छ। दुख भोग्ने मानिस त भोलि खुसी हुन सक्छ तर दुख दिने मानिस कहिल्यै खुसी हुन सक्दैन। यात्रामा साथ दिनेलाई कहिल्यै नबिर्सनु, किनकी गन्तब्यमा पुगिसकेपछि हात मिलाउन आउनेहरु त सयौँ हुन्छन्। फाल्टुका सानो सानो कुराहरु मनमा राख्नाले जिन्दगी कमजोर हुन्छ। कुनैदिन फुर्सत मिल्योभने मेरो जिन्दगीको किताब पढ्नु त्यहाँ तिमी पवित्र अक्षरले रंगिएको हुनेछौँ। आफैँ मान्छे हो भनेर भावनामा वहकिएर कसैलाई केही कुरा नभन्नुस, जुनदिन समय खराब चल्छ नि त्यो दिन आफन्त पनि पराइ हुन्छन्। राम्रो किताबको ज्ञान वर्षौँ सम्म रहन्छ भने राम्रो मान्छेको संगत अन्तिम सम्म रहन्छ। खराब मान्छेसेँग जिन्दगी काटेर नबस्नु चुपचाप सम्बन्ध त्यागेर निस्कनु किनकी त्यस्तो मान्छेले न कहिल्यै तपाईँको इज्जत गर्छ न त तपाईँको इज्जत नै बढाउँछ। खुसी महलमा होइन झुप्पडीमा पनि मिल्छ बस एक अर्काको कदर गर्न सक्नुपर्छ। दुनियाँमा मान्छेले सबथोक भेटाउँछ बस केवल आफ्नो गल्ति भेटाउँदैन । कडा बोल्नुस तर साचो बोल्नुस कसैलाई मिठो झुट बोलेर आफ्नो नबनाउनुस । खराब मान्छेको संगत कहिल्यै नगर्नु किनकि तरवार जतिनै राम्रो भएतापनि उसले खुननें माग्छ। सत्यको बाटोमा हिड्नु एकदमै फाइदाको कुरा हुन्छ किनकी यो बाटोमा भिड कम हुन्छ। दुख सबैको हुन्छ तर दुखमा साथ दिने मान्छे सबैको भाग्यमा हुन्न। पीडा त धेरै छन् जिन्दगीमा तर यत्तिकै मुस्कुराउनुको मज्जा बेग्लै हुँदो रहेछ। कुनै गुनासो छैन अब मलाई तिम्रो धोका सँग तिमी उसलाई खुसी राख म एक्लै नै सहि छु। मुखले आफ्नो बनाउने मान्छेहरुको ब्यबहार पराइको जस्तो हुन्छ। समय चाहे जति नै बद्लियोस तर आमाको माया कहिल्यै बद्लिदैन । एक पटक लड्दैमा जीवन सकिँदैन लडेर उठ्नु पनि जीवन हो । मनमा लागेको चोटले जिउन सिकाउँछ भने खुट्टामा लागेको चोटले सम्हालिएर हिँड्न सिकाउँछ। जिन्दगीमा तुफान नोक्सान गर्न मात्रै आउँदैन केही तुफानहरु आएर बाटो साफ हुन्छ । राम्रो त सबै हुन्छन् बस चिन्नको लागि खराब समय आउनु पर्छ । पानी तताएर बाक्लो बनाउँछु भन्नु र बैगुनी लाई गुण लाएर आफ्नो बनाउँछु भन्नु उस्तै हो। जित्दैंमा खुसी हुने र हार्दैंमा दुखी हुने असल मानिसको बानी होइन । असफलता नै सफलताको प्रतीक हो । जिबनको यात्रा आकाश छुने जस्तो हो, जुन कहिले सकिँदैन । यदि तिमीले व्यक्तीलाई मूल्याङ्कन गर्न थाल्यौ भने उसलाई प्रेम गर्न बिर्सन्छौ । सुख खोज्न हामीले कतै टाढा धाउनु पर्दैन अहिले हामीले मिहिनेत गरे भबिश्यमा आफैँ सुख पाइन्छ । मानिसको सब भन्दा ठुलो शत्रु रिस हो रिसलाई कम गर्न सक्नुपर्छ । तिमी सफल हुने सम्भावना तिम्रो आत्मविश्वासमा भर पर्छ । आइरहेको सोचलाई छोडेरअर्को सोँच रोज्नु नै तनावबाट निस्कने सबैभन्दा राम्रो उपाय हो । जिबन भनेको नाटक जस्तै हो । नाटक कति लामो छ, त्यसले फरक पर्दैन, त्यो नाटकको पात्रले कस्तो अभिनय गर्छ, त्यसले फरक पर्छ । आफ्नो मनमा आफ्नै धुनको यस्तो गीत गुञ्जाऊ कि, कसैले तिमीलाई चुप बनाउन नसकोस् । स्वास्थ्य सबैभन्दा ठुलो उपहार हो, सन्तुष्टि सबैभन्दा ठुलो सम्पती हो, बिश्वास सबैभन्दा उत्तम सम्बन्ध हो । मानिस स्वतन्त्ररुपमा जन्मे तापनि ऊ आफुलाई चारैतिरबाट बन्धनले घेरिएको महसुस गर्दछ । मानिसको सबैभन्दा राम्रो मित्र उसका हातका दश औलाहरु हुन् । यदि मन पवित्र छ भने तीर्थयात्राको फल तिमी घरमै बसी बसीकन प्राप्त गर्न सक्छौ । हाम्रो कर्मले नै हाम्रो जिबनमा घट्ने हरेक घटनाहरु माथि नियन्त्रण गर्दछ । जो व्यक्ति राम्रो काममा धेरै ब्यस्त हुन्छ, उसले अरुको अगाडी राम्रो बन्नको लागि समय पाउँदैन । जिब्रोले बोल्ने भाषा फरक-फरक हुन्छन्, तर आँखाले बोल्ने भाषा जहाँ पनि एउटै हुन्छ । पहिला आफ्नो बिचार बदल त्यसपछी संसार बदलिएको पाउनेछौ । हाम्रो अगाडी जे काम आइपरेको छ त्यसलाई फत्ते गर्नु हाम्रो कर्तव्य हो । असंम्भव भनिएका कामहरु गर्न झन् उत्साह र रमाइलो हुन्छ । खुसी भनेकोतिमीले भबिष्यको लागि सोच्ने योजना बनाउने चिज होइन, यो त बर्तमानमा सिर्जना गर्ने चिज हो । हामी प्रत्येक व्यक्ति सक्षम छौं, फरक यो हो कि, हामीले हाम्रो सक्षमतालाई कसरी प्रयोग गर्छौ । पैसा चाहिन्छ भने जागिर खाउ, नाम चाहिन्छ भने काम गर । इमान्दारी बुद्धिमत्ताको किताबको पहिलो अध्याय हो । कुनै काम शुरु गर्नु नै आधा काम सिध्याउनु हो । असफलताबाट नै सफलताको शिक्षा मिल्छ । एउटा राम्रो सुुरुवातको मतलब यो होइन कि त्यसको अन्त्य पनि राम्रै हुन् । राम्रो त हेर्ने नजर चाहिन्छ, खोट लगाउने हो भने त ! चन्द्रमामा पनि दाग भेटिन्छ । यदि कुनै अवरोध बिनाको बाटो भेट्टाउँछौ भने याद गर, त्यसले तिमीलाई कहीँ पनि पुर्याउँदैन । तपाइलाई पछाडी धकेल्ने अरु कोही होइन तपाइको बिचार हो । तागत आफ्नो शब्दमा लगाउनुहोस, आवाज होइन किनकी मानिसहरु बर्षात मन पराउँछन, बाढीलाई होइन ! प्रयास गरेर असफल भयौँ भने तिमीलाई बधाई छ किन कि धेरै ले प्रयास समेत गर्दैनन् । राती सम्म फुललाई पनि थाहा हुँदैन रे भोलि बिहान मन्दिर जानु पर्छ कि आर्यघाट, त्यसैले आजको लागि बाचुस भोलिको लागि होइन । जिन्दगी भनेको आफैँले कोरेर बनाउने तस्बिर रहेछ । मिहेनत गरे चित्र, अल्छी गरे बिचित्र । नबोलुन्जेल बोली तिम्रो अधीनमा हुन्छ बोलिसके पछि तिमी बोलीको अधीनमा हुन्छौ । सुखीहरुको लागि जीवन रहर हो भने दुखीहरुको लागि जीवन बाध्यता हो । चाहिने भन्दा बढी उम्लिनु भनेको, पौष्टिक नस्ट हुनु हो, त्यसैले हरेक कुराको दायरा हुन्छ, त्यसमा अडिन हुन सकुपर्छ । तिमीलाई जति ठक्कर लाग्छ उति हिड्ने गर.. ठक्कर खादै उचाइमा पुगेको मान्छेलाई कहिले कसैले तल झार्न सक्दैन । जहाँ संघर्ष हुन्छ त्यहाँ केही पाउने अठोट हुन्छ । सुख बोटमा फल्दैन कर्म गर्नुपर्छ खुसी कसैले दिँदैन सन्तोष मान्नु पर्छ सधैँ सबैको साथ मिल्दैन एक्लै हिडनुपर्छ । सफलता एक दिनमा मिल्दैन तर, धैर्य गर्नुपस एकदिन अबस्य मिल्नेछ । मानिसको दुख र सुखको उत्पत्ती नै दिमाग बाट उत्पत्ती हुन्छ । सन्तुष्ट सम्झे सुख, असन्तुष्ट सम्झे दुख । जीत र हार आ-आफ्नो सोचमा निर्भर गर्दछ मान्यो भने हार हुन्छ र ठान्यो भने जीत हुन्छ । मानिसको मेहनत त्यो चाबी हो जसले तक्दीरको ढोका खोलिदिन्छ । जब दुख आउँछ तब सुख नि अबस्य आउँछ चिन्ता नलिनुस किनकी जहाँ उकालो हुन्छ त्याहा ओरालो नि न हुन्छ अहिले ओरालो झर्दैमा नआत्तिनुस उकालो चढ्ने मौका फरि आउँछ । जिन्दगीमा पछुतो गर्नु छोडिदेउ, बरु यस्तो काम गर कि तिमीलाई छोडनेहरु पछुताओस । जसबाट सबैभन्दा धेरै आशा राखिएको हुन्छ उसैबाट निरास हुँदाको पीडा भयानक हुन्छ, मानिसलाई परिवर्तन गराउने कारण बनिदिन्छ, त्यसले अरु बाट धेरै आश राखू आफैलाई हानिकारक हुन्छ । कुनै पनि चुनौती या खतरा ठुलो हुन्न, हामी भित्र रहेको डरले त्यसलाई ठुलो बनाउँछ । जिन्दगी कसैको दवाबमा होइन बरु अभावमा बिताओस अनि मात्र जिन्दगी जिउने कला सिकिन्छ । आज दुखको बादल भएर के भो त, भोलि सुखको बर्षात अबश्य हुन्छ । बाँच्नलाई साहस र हास्नलाई सन्तोष चाहिन्छ, शत्रु नभएको मान्छे त हुँदैन दुनियाँमा । जिन्दगीको यात्रामा जसले आफुलाई जोखिमको बाटोबाट अघि लैजान सक्छ उसले नै नयाँ हासिल गर्न सक्दछ । अरुको भन्दा पहिले आफ्नो बारेमा सोच किनकी तिम्रो आँखा राम्रो भएमा मात्र अरुको आँखाको खुसी देख सक्छौ । प्रगति गरेर उचाइमा पुग्नु राम्रो कुरा हो । तर जुन बाटो हिडेर उचाइमा पुगेको छौ त्यो कहिल्यै भुल्नु हुन्न । जिन्दगीको महत्व तिनीहरुले बुझेनन् जसले पैसा नै सबैथोक हो भन्ने ठाने अनि तिनीहरुले पनि बुझेनन् कि पैसा केही पनि हैन भन्ने ठाने । - सुरज यात्री Thanks For Watching.

पीडा😢 धेरै छन् जीन्दगीमा|| Nepali Heart Touching Line|| Emotional 😭 Heart Broken Quotes
Suraj_official
10m 45s1,253 words~7 min read
YouTube auto captions
Transcript source
YouTube auto captions
This transcript was extracted from YouTube's auto-generated caption track. The transcript below is server-rendered so it can be read, searched, cited, and shared without opening the original YouTube player.
Use this transcript
Related transcript hubs
Watch on YouTube
Share
MORE TRANSCRIPTS


