[0:00]विक्रमसंवत १९०३, भदौ ३१ गतेको दिन कोतको परिसरमा रगतको खोला बगाउँदै काजी जंगबहादुर कुवरले राजाको हातबाट शासन खोसेर राणा शासनको उदय गराए।
[0:11]यिनै जंगबहादुर हुन्, जसको सन्तानले त्यसपछिको १०४ वर्ष नेपालमा शासन गरे।
[0:16]र त्यो शासनकाल भित्रै नेपालको पहिलो मुलुकी ऐन तयार भयो।
[0:20]बेलायत जस्तो शक्तिशाली राष्ट्रसँग नजिकको सम्बन्ध राख्दै सुगौली सन्धिबाट गुमेको भूभाग फेरि नेपालमै फिर्ता आयो।
[0:26]र नेपालको पहिलो हाई स्कुलका रुपमा दरबार हाई स्कुल अनि वीर अस्पतालहरुको स्थापना भयो।
[0:30]तर यति महत्वपूर्ण काम गर्दा गर्दै पनि रगतबाट सुरु भएको राणा शासन बृहद रुपमा हेर्दा क्रुरता र जनतामाथिको शोषणले भरिएको थियो।
[0:38]यतिसम्म कि राज परिवार पनि दरबार भित्रै बन्द भई उनीहरुको कटपुतलीका रुपमा सिमित भएका थिए।
[0:43]अर्कोतिर शक्तिसम्पन्न राणा परिवारका सदस्यहरु भने ऐसो आराम र मोजमस्तिका साथ विलासिताको जीवन बाँचिरहेका थिए।
[0:50]तर यो सबै चाडै बदलिदै थियो।
[0:53]नमस्कार म हुँ सरोज कार्की र प्रोजेक्ट कुराको आजको भिडियोमा म त्यति लामो इतिहास भोगेको शक्तिशाली राणा शासनको अन्त्य भई नेपालमा कसरी प्रजातन्त्र आयो र त्यसका कारणहरु के के थिए भन्ने विषयमा कुरा गर्नेछु।
[1:06]कोत पर्वपछि जंगबहादुर कुवर प्रधानमन्त्रीका रुपमा अगाडि आए।
[1:09]चौतारिया, पाण्डे, थापा, बिष्ट लगायत खलकको प्रभाव त कोत पर्वमै कम भैसकेको थियो।
[1:14]तर पनि बाँकी रहेका केही भारादारहरुले कोत पर्वको दुई महिनापछि नै हनुमान ढोकाको भण्डार खाल बगैँचामा आयोजना हुने भोजको खानामा विष मिसाएर जंगबहादुर र उनका आफन्तहरुलाई मार्ने योजना बनाएका थिए।
[1:26]तर यो षड्यन्त्र थाहा पाएका जंगबहादुरले षड्यन्त्रमा सहभागी भएका २३ जनाको हत्या गरेर भण्डार खाल पर्व घटाए।
[1:33]यसपछि उनले पूर्ण रुपमा ती खलकहरुको बाँकी प्रभाव पनि समाप्त पारेका थिए।
[1:38]अब उनलाई एउटा कुराको मात्र डर थियो। जसरी हामी इन्टरनेट युजरहरुलाई राउटरबाट पर गयो कि वाईफाई नटिपला भन्ने डर हुन्छ।
[1:45]अझ घरको एउटा कुनामा राखेको राउटरले घरको सबैतिर बराबर नेटवर्क फाल्दैन।
[1:50]घरका भित्ताहरुले मात्र होइन दराज, ढोका, बेड, मेटल र सिसा जस्ता कुराहरुले पनि यो नेटवर्कलाई असर पुर्याउँछ र इन्टरनेट दिक्क लाग्ने गरी स्लो भएको हुन्छ।
[1:58]यसबाट जोगिने कम उपाय हो सेकेन्डरी राउटरहरु थप्ने।
[2:02]तर यस्ता राउटर राख्दा महँगो पर्ने मात्र होइन, एसएसआइडी र पासवर्डहरु अलग-अलग हुने र सिग्नल जुध्ने जस्ता समस्याहरु आउने गर्दछ।
[2:09]यसको विकल्पमा वर्ल्डलिंकले नोकिया बिकन १.१ राउटर ल्याएको छ।
[2:12]मेस वाइफाई सिस्टमको यो राउटरले वाइडर फाइभ जी कभरेज तथा अवरोध रहित स्पिड दिने हुँदा सिमलेस इन्टरनेट एक्सपिरियन्स दिने गर्दछ।
[2:20]अनि यसमा मेन राउटरकै सेटिङहरु अटोमेटिक रुपमा आउने भएकाले छुट्टै एसएसआइडी स्विच गरिरहनु पनि पर्दैन।
[2:26]अनि यो राख्नको लागि वर्ल्डलिंकको इयरली कस्टमरहरुको लागि मात्र १५ सय रुपैयाँको डिपोजिट चार्ज लाग्दछ।
[2:31]र त्यो डिपोजिट चार्ज पनि पछि डिभाइस फर्काउँदा फिर्ता पाइन्छ।
[2:34]अझ पाँच जना साथीहरुलाई वर्ल्डलिंकको इन्टरनेट रेफर गर्ने हो भने त यो बिल्कुल फ्रीमा पाइन्छ।
[2:39]अनि यसले तपाईंको घर वा अफिसहरुमा राम्रोसँग काम गर्छ कि गर्दैन भनेर हेर्नको लागि १५ दिनको ट्रायल पनि लिन सकिन्छ।
[2:45]त्यो १५ दिनको फ्री ट्रायल बुक गर्न वा यसको बारेमा थप बुझ्न चाहनुहुन्छ भने एउटा लिङ्क डिस्क्रिप्शनमा राखेको छु।
[2:50]त्यो लिङ्क खोलेर तपाईंले हेर्न सक्नुहुन्छ।
[2:53]अब भिडियोमा अगाडि बढौँ। स्पोन्सर सेगमेन्टभन्दा अघि म जंगबहादुरलाई एउटा कुराको मात्र डर भएको कुरा गर्दै थिएँ।
[2:59]त्यो थियो राजाको डर।
[3:03]त्यसैले उनले सुरुदेखि नै राजा राजेन्द्रलाई आफ्नो प्रभावमा राख्न खोजे। तर राजेन्द्रले त्यसको एक वर्ष भित्रै जंगबहादुरको हत्या गरेर शासन फिर्ता लिने प्रयास गरे।
[3:09]जसको नतिजामा अलौ पर्व घटेको थियो। तर जंगबहादुर विरुद्धको यो पर्व पनि असफल भयो।
[3:15]अनि जंगबहादुरले राजा राजेन्द्रलाई बन्दी बनाएर आफू अनुकूल युवराज सुरेन्द्रलाई राजा घोषित गरे र त्यसपछि सुरेन्द्रबाट उनले एउटा लालमोहर लिए।
[3:22]जुन लालमोहरबाट जंगबहादुरले सबै अधिकार सहितको मुख्तियारी पाए।
[3:27]र त्यो कसैले खोस्न नसक्ने र उनको सन्तानहरुमा नै सरेरै जाने भनि लालमोहरमै लेखिएको थियो।
[3:32]यी सबैबाट जंगबहादुर अझै शक्तिशाली भएका थिए।
[3:36]अझ उनले केही वर्षपछि राजा सुरेन्द्रबाट नै श्री तीन महाराजको उपाधि पनि पाएर श्रीपेज नै लगाउन थालेका थिए।
[3:40]अब त उनको अगाडि उभिन सक्ने पनि नेपालमा कोही पनि बाँकी थिएन।
[3:43]उता भारत कब्जा गरेर बसेको अंग्रेजहरुसँग भने जंगबहादुरले सुरुदेखि नै राम्रो सम्बन्ध बनाएका थिए।
[3:48]उनी बेलायतको भ्रमणमा पनि गएका थिए अनि भारतमा चडिरहेको विद्रोह दबाउन सैनिक पनि पठाएका थिए।
[3:52]यसबाट उनी बेलायतको प्रिय पात्रका रुपमा उदाईसकेका थिए।
[3:56]त्यसैले उनलाई बाहिरी खतरा हुने कुरा पनि रहेन।
[3:59]अनि जंगबहादुर जस्तै उनीपछि आएका उनका उत्तराधिकारी राणा शासकहरुले पनि राजालाई दवाफमा राख्ने र अंग्रेजहरुसँग राम्रो सम्बन्ध बनाउने क्रमलाई त्यसपछिको १०० वर्षसम्म पनि निरन्तरता दिए।
[4:09]बेला बखत केही राजपरिवारका सदस्यहरुबाट सत्ता फिर्ता ल्याउने गरी प्रयासहरु पनि भएका थिए तर उनीहरु त्यसलाई विभिन्न तरिकाबाट दबाउन सफल भइहाल्थे।
[4:17]अनि अर्कोतिर राज परिवारमा आफ्नो सन्तानहरुको विवाह गराएर राणाहरुले पारिवारिक रुपमै दवाब बढाइरहेका थिए।
[4:22]यसरी शक्ति र सम्बन्धबाट पुस्ता दर पुस्ता राजाहरुलाई आफ्नो नियन्त्रणमा अनि निगरानीमा राखिरहेका थिए।
[4:29]तर खास भन्ने हो भने उनीहरुलाई चुनौती दिने राणा परिवारबाट नै निस्किएका थिए।
[4:33]राणा परिवार भित्रै शक्ति र अधिकारको विवाद थियो।
[4:36]जंगबहादुरले कसरी आफ्नो परिवार भित्र शक्ति एक पछि अर्कोमा सर्नेछ भनेर एउटा नियम बनाएका थिए।
[4:41]त्यो अधिकार सर्ने क्रम अनि श्रीमती र आमाहरुको जात लगायतका अरु थुप्रै कुराहरुले गर्दा राणा परिवार भित्रै ए बी र सी क्लास राणाहरु जस्ता वर्गीकरणहरु गरिएका थिए।
[4:50]र ती क्लास र क्लानहरु बीच पावर पोलिटिक्स सधै चलिरहेको थियो।
[4:53]के भनिस? के? के रे? जंगबहादुरले बनाएको रोल क्रम कसैले भत्काएर फाल्छ।
[5:01]आपसमै उनीहरुले कैयौँ हत्याकाण्ड चलाए।
[5:04]तर त्यसबाट पनि शासनसत्ता परिवार बाहिर भने गएन। एउटा परिवारबाट अर्को परिवारमा सरे पनि सत्ता भने सधै राणा परिवार भित्र नै हुन्थ्यो।
[5:11]यसरी एक पछि अर्को गर्दै ११ जना राणा शासकहरुले नेपालमा शासन गरे।
[5:15]तर यसका लागि उनीहरुले अर्को एउटा हतियार पनि प्रयोग गरेका थिए।
[5:18]एजुकेशनको। यो एजुकेशन उनीहरु आफ्नै परिवार भित्र मात्र सिमित राख्थे।
[5:22]त्यो समय राणा परिवार र राज परिवार बाहेक सबै जनतालाई दुनियाँदार वा रैती भनिन्थ्यो।
[5:27]रैतीहरुलाई एजुकेशनको एक्सेसबाट बन्चित गरिएको थियो।
[5:30]जनताहरु पढ्ने र बुझ्ने भए भने उनीहरुमा चेतना आउँछ र सत्तामा असर पर्छ भन्ने डर उनीहरुमा थियो।
[5:34]केही सिमित जमिन्दार तथा धनी परिवारका नेपालीहरु भने पढ्नको लागि भारतको बनारस जस्ता सहरहरुमा पुग्ने गर्थे।
[5:40]त्यसैले त्यो समय नेपाल बाहिरी संसारबाट बन्चित जस्तै थियो।
[5:43]राणाकाल यति कठोर थियो कि यहाँका जनताहरु कुवाको भ्यागुता जस्तै भएर बसेका थिए।
[5:48]तर समय विस्तारै बदलिदै थियो। त्यो समय भारतमा पनि अंग्रेज विरोधी भावनाहरु बढ्दै गएको थियो।
[5:56]त्यहाँ भएका नेपालीहरु पनि भारत छोडो लगायतका स्वतन्त्र आन्दोलनमा सहभागी भइरहेका थिए।
[6:01]उनीहरुमा अंग्रेजहरुले भारतीयलाई गुलाम बनाए जस्तै राणाहरुले नेपालीलाई गुलाम बनाइरहेको भन्ने चेत प्रसार हुँदै गएको थियो।
[6:08]त्यही समय अर्थात विक्रमसंवत १९९३ तिर दशरथ चन्द र टंकप्रसाद आचार्य जस्ता शिक्षित अनि जागरूक नेपालीहरुको नेतृत्वमा नेपाल प्रजापरिषद बन्यो।
[6:16]यसको मूल लक्ष्य नै राणा शासनको अन्त्य गर्ने थियो।
[6:19]जब नेपालमा प्रजापरिषद सक्रिय हुँदै गयो, यसलाई दबाउन लागेका राणा शासकहरुले विक्रमसंवत १९९७ मा चार सहिदहरुलाई मृत्युदण्ड दिए।
[6:27]र टंकप्रसाद आचार्यलाई ब्राह्मण भएका कारण मृत्युदण्ड नदिइ आजीवन कारावासको सजाय दिइयो।
[6:33]यी चार सहिदहरुको विषयमा द नेपाली कमेन्टले तीन एपिसोडको एउटा राम्रो सिरिज बनाएको छ।
[6:38]त्यसको लिङ्क डिस्क्रिप्शनमा राखेका छौँ, त्यो पनि हेर्न सक्नुहुन्छ। अनि नेताहरुको मृत्युदण्ड पछि नेपाल प्रजापरिषद लगभग विघटन भयो।
[6:43]तर जेलमा रहेका टंकप्रसादको नेतृत्वमा २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना भयो।
[6:48]र यसको कार्यकारी सभापतिमा बीपी कोइराला चयन भएका थिए।
[6:51]र त्यसपछिको समयमा भारतबाट अंग्रेजहरु फर्कने लगभग तय भैसकेको थियो।
[6:55]यसको प्रभावले नेपालमा पनि राणाहरु कमजोर हुँदै गएका थिए।
[6:58]अनि अर्कोतिर स्वतन्त्रताका लागि लडिरहेकाहरुको मनस्थिति पनि बलियो हुँदै थियो।
[7:01]त्यही बेला विराटनगरको जुट मिलमा एउटा आन्दोलनको सुरुवात भयो।
[7:05]मजदुर आन्दोलन। हजारौंको संख्यामा रहेका जुट मिलका मजदुरहरुले अधिकार सेवा सुविधा लगायतको माग गर्दै आन्दोलनको सुरु गरेका थिए।
[7:13]तर यसको पछाडि राणा विरोधी आन्दोलनमा सहभागी रहेका नेताहरुको भूमिका थियो।
[7:17]गिरिजाप्रसाद कोइराला, तारिणीप्रसाद कोइराला, मनमोहन अधिकारी लगायतका नेताहरुको सक्रियतामा यो आन्दोलनले हड्तालको रुप लियो।
[7:23]राणा शासकहरुले यसलाई दबाउने प्रयास गरे र ठुलो संख्यामा नेता र आन्दोलनकारीहरु पक्राउ परे।
[7:28]यसपछि बिस्तारै यो आन्दोलन राणा विरोधी प्रदर्शनका रुपमा फेरियो।
[7:33]देशभर स्वैच्छिक पक्राउका कार्यक्रमहरुका साथै राणा विरोधी प्रदर्शनहरु हुन थाले।
[7:37]प्रदर्शन र पक्राउहरु बढ्दै गएपछि राणाहरुलाई दवाब पर्न थाल्यो र यसपछि प्रधानमन्त्री पद्म शमशेरले बाध्य भएर हजारौं कैदीहरुलाई रिहाई गर्दै पहिलो पटक गैर राणाहरुलाई पनि सरकारमा सहभागी गराउने भनेर घोषणा गरे।
[7:48]त्यसैपछि नेपाल सरकारको वैधानिक कानुन २००४ जारी भएको थियो।
[7:52]तर यो सबै राणा शासनलाई लम्ब्याउने रणनीति मात्र थियो। यो कानुन लागु पनि भएन र सबैले सोचे अनुसारको परिवर्तन पनि आउन सकेन।
[7:58]तर त्यस समयसम्म भारत भने स्वतन्त्र भैसकेको थियो।
[8:01]कैयौँ नेपाली नेताहरुले भारतको स्वतन्त्रता सेनानीका रुपमा लडाई पनि लडेका थिए।
[8:06]अंग्रेजहरु फर्किएपछि भारतको नेतृत्वमा आएका नेताहरुसँग उनीहरुको निकै राम्रो सम्बन्ध थियो।
[8:10]अर्कोतिर अंग्रेजहरु प्रति उदार मानिएका राणाहरुसँग भारतका नेताहरु रिसाएका थिए।
[8:15]यसबाट भारतीय सरकारले नेपालको राणा विरोधी आन्दोलनमा सहयोग गर्न सक्रियता देखाउन थालेको थियो।
[8:20]त्यो समय राजा त्रिभुवन पनि उपचारका लागि भारत जाने आउने गरिरहन्थे।
[8:24]उपचारको नाममा गए पनि त्यहाँ उनको सम्बन्ध र सम्पर्क राणा विरोधी आन्दोलनमा लागेर निर्वाचनमा रहेका नेताहरुसँग बढेको थियो।
[8:31]खासमा त्रिभुवनको राणा विरोधी भावना पुरानो नै थियो। पहिलो विश्वयुद्धको समयमा राणा प्रधानमन्त्री चन्द्र शमशेरले गोर्खाली सेनालाई बेलायतको सहयोगमा पठाउन चाहन्थे।
[8:38]तर राजा त्रिभुवनले यसको विरोध गरेपछि चन्द्र शमशेरले दवाब दिएर जबर्जस्ती सेना पठाएका थिए।
[8:43]त्यसैले त्यसपछि उनले नेपाल प्रजापरिषदको आन्दोलनमा पनि भित्रभित्रैबाट सहयोग गरेका थिए।
[8:48]त्यसैले भारतको सहयोगमा राजा त्रिभुवन र नेताहरुले राणा विरोधी अन्तिम अभियान चलाउने योजना बनाए।
[8:54]नेपाली कांग्रेसले पनि २००७ सालको असोज ११ र १२ गते बैरगनियामा आयोजना गरेको सम्मेलनबाट राणा शासनको विरुद्ध सशस्त्र क्रान्ति गर्ने भनेर निर्णय गर्दै मुक्ति सेनाको गठन गरेको थियो।
[9:05]यो मुक्ति सेनाका लागि आवश्यक व्यवस्था गर्ने जिम्मा बीपी कोइराला र सुवर्ण शमशेर राणाको थियो।
[9:10]सुवर्ण शमशेर सी क्लासका राणा थिए।
[9:13]अनि उनी पनि नेपालबाट राणा शासन हटाउने आन्दोलनमा सक्रिय थिए। यो आन्दोलनको योजना बनिसकेपछि राणा सरकारको अघोषित नियन्त्रणमा रहेका राज परिवारलाई सुरक्षित राख्न र सम्झौताको मौका नदिन राजा त्रिभुवन परिवार सहित पोलिटिकल असाइलम लिएर भारत जाने योजना थियो।
[9:27]यसका लागि भारतको सहयोग रहने भनि राजा त्रिभुवनले भारतीय राजदूत सीपि एन सिंह मार्फत प्रधानमन्त्री जवाहरलाल नेहरुको पत्र प्राप्त गरेका थिए।
[9:32]त्यसैले राजा त्रिभुवन उपचारको बहाना बनाएर २००७ साल कार्तिक २१ गते बिहान परिवार सहित हालको शितल निवासमा रहेको तत्कालिन भारतीय दुतावासमा पुगे।
[9:42]यो खबर थाहा पाएपछि प्रधानमन्त्री मोहन शमशेरले आफ्नो दुई जना दूतहरुलाई पठाएर राजालाई फर्काउन खोजे।
[9:47]तर उनीहरुलाई राजा त्रिभुवनले भेट्न सम्म मानेनन्।
[9:50]यसैपछि उनलाई भारत जानबाट रोक्नको लागि मोहन शमशेरले काठमाडौँ एयरपोर्टलाई घेराबन्दी गरेर बन्द गरिदिए।
[9:56]अनि नेपाली आकाशमा हवाईजहाज आउन रोक लगाइदिए।
[9:59]तर यसलाई व्यवस्था गर्दै दुई भारतीय हवाईजहाज काठमाडौँको विमानस्थलमा अवतरण गर्छ।
[10:04]र राजा त्रिभुवन भारततर्फ उड्छन्। भारत पुगेका उनलाई भारतका तत्कालिन प्रधानमन्त्री नेहरु स्वयंले स्वागत गर्छन्।
[10:11]त्रिभुवनको पुरै परिवार भारत गए पनि उनको तीन वर्षका नाती ज्ञानेन्द्र मामाघरमा भएकाले नेपालमै छुटेका हुन्छन्।
[10:17]त्यसैले मोहन शमशेरले राजा त्रिभुवन विदेशीको चरणमा पुगेर देशको बेइज्जत गरेको भन्दै उनी राजा नरहेको भनेर घोषणा गर्छन्।
[10:22]र ज्ञानेन्द्रलाई श्रीपेज लगाएर राज्याभिषेक गराउँछन्।
[10:25]तर यसलाई भारत लगायतका बाँकी देशहरुले मान्यता दिदैनन्।
[10:28]अर्कोतिर राजा त्रिभुवन भारतीय दूतावासमा शरण लिन गएको दिन नै नेपाली कांग्रेसले पनि क्रान्तिको घोषणा गरेको थियो।
[10:34]अनि त्यसपछि सुरुमा वीरगन्ज हुँदै देशको कैयौँ स्थानमा मुक्ति सेनाले कब्जा गर्यो।
[10:38]यो मुक्ति सेनालाई भारत र म्यानमारका क्रान्तिकारीहरुले पनि सहयोग गरेका थिए।
[10:42]अर्कोतिर केही स्थानहरुमा भने सरकारी सेनाले मुक्ति सेनाले कब्जा गरेको भूभाग फिर्ता पनि लिइरहेको थियो।
[10:47]तर समग्रमा हेर्दा मुक्ति सेनाको उपस्थिति देशभर बढिरहेको थियो।
[10:51]यही समय देशभर राणा विरोधी जनप्रदर्शन पनि बढिरहेको थियो।
[10:54]काठमाडौँ उपत्यकामा त अझ जनतालाई आन्दोलनमा सहभागी गराउनको लागि भारतीय विमानबाट राणा विरोधी पर्चाहरु पनि खसालिएको थियो।
[11:00]मुक्ति सेनाको आक्रमण, राणा विरोधी जनभावना तथा जनदवाब अनि राजा त्रिभुवन भारतमा रहेकाले यसबाट परिरहेको कुटनीतिक दवाबहरुबाट प्रभावित भई मोहन शमशेरले भारतसँग मधेशताका लागि कुरा अगाडि बढाए।
[11:12]भारतले पनि राजा त्रिभुवनको पूर्ण बहाली देखि नयाँ संविधान बनाउने र त्यति समयका लागि राणा र जनताको प्रतिनिधिहरु मिसिएको अन्तरिम सरकार बनाउने भनि मागहरु अगाडि सार्यो।
[11:21]तर मोहन शमशेरले भने त्रिभुवन नै राजाका रुपमा फर्कने कुरालाई सुरुमा मानेनन्।
[11:26]तर दवाब बढ्दै गएपछि २००७ को पुष २४ गते दोस्रो चरणको वार्तामा उनले भारतको प्रस्तावलाई स्वीकार गरे।
[11:32]र राजा त्रिभुवनले पनि पौष २६ गते यो प्रस्ताव स्वीकार्दै मुक्ति सेनालाई हतियार बिसाउन आह्वान गरे।
[11:38]त्रिभुवनको यो आह्वान भएको पत्र नेपालका विभिन्न स्थानमा हवाईजहाजबाट खसालिएको थियो।
[11:42]तर भारत, राजा र राणा बीचको सहमतिमा आफूहरुलाई सहभागी नगराइएकोमा नेपाली कांग्रेसका नेताहरु खुसी थिएनन्।
[11:48]त्यसले उनीहरुले यो सम्झौता मानेनन् र आफ्नो सशस्त्र संघर्ष जारी राखे।
[11:52]त्यसैले फेरि नेहरुको समन्वयमा राणा, राजा र नेपाली कांग्रेस बीच फागुन १ गते तेस्रो चरणको वार्ता भयो।
[11:57]जसमा राणाहरुमा रहेको सबै अधिकार राजामा सर्ने, राजनीतिक दल खोल्न पाउनेदेखि लिएर आगामी अन्तरिम सरकारमा पाँच जना राणा परिवारबाट र पाँच जना नेपाली कांग्रेसबाट सदस्य रहने लगायतका सहमति सहितको दिल्ली सम्झौता भएको थियो।
[12:09]र यही सम्झौता अनुसार फागुन ४ गतेका दिन सपरिवार नेपाल फर्केका राजा त्रिभुवनले त्यसको तीन दिनपछि अर्थात फागुन ७ गतेका दिन नेपालमा प्रजातन्त्र आएको भनेर घोषणा गरे।
[12:21]र यही शाही घोषणासँगै नेपालबाट १०४ वर्ष लामो राणा शासनको अन्त्य भयो।
[12:26]तर यो राणाहरुको शक्ति र प्रभावको अन्त्य भने थिएन। प्रजातन्त्र आइसकेपछि पनि अन्तरिम सरकारको प्रधानमन्त्री मोहन शमशेर नै हुने भनेर सहमति भएको थियो।
[12:33]अनि त्यसमा अन्य चार जना राणा मन्त्रीहरु पनि थिए।
[12:36]त्यसैले क्रान्तिलाई पूरा नगरी बीचमै सम्झौता गरेको भन्दै दिल्ली सम्झौताको विरोध गर्नेहरु पनि थिए।
[12:41]जसको विरुद्धमा आन्दोलन गरेको उनै मोहन शमशेरलाई फेरि प्रधानमन्त्री बनाएकोमा मुक्ति सेनाको एक क्षेत्रका लिडर केआइ सिंह लगायतले त कांग्रेसले हतियार बिसाएपनि विद्रोहलाई निरन्तरता दिइरहेका थिए।
[12:52]राणा विरोधी आन्दोलनमा महत्वपूर्ण भूमिका निभाएको नेपाल कम्युनिष्ट पार्टीले पनि यसलाई धोकाको नाम दिएको थियो।
[12:56]अनि भारतको सहभागितामा राणा शासनको अन्त्य भए पनि यो घटना नेपाल माथि स्वतन्त्र भारतको पहिलो र ठुलो हस्तक्षेप पनि थियो।
[13:03]जसपछि यस्ता थुप्रै हस्तक्षेपका श्रृंखलाहरुले निरन्तरता पाएको थियो।
[13:06]अर्कोतिर राणा पक्षका कैयौँ व्यक्तिहरु पनि मोहन शमशेरसँग खुसी थिएनन्।
[13:10]वंशको शताब्दी लामो व्यवस्था अन्त्य गरेको भन्ने आरोप उनलाई लगाइएको थियो।
[13:14]तर मोहन शमशेरले जे गरेका थिए त्यो आफ्नो र राणा परिवारको हितका लागि गरेका थिए।
[13:19]उनीसँग अरु कुनै विकल्प नै थिएन। मोहन शमशेरले पनि आफ्नो अन्तिम समयमा यो कुरा भनेका थिए कि भारत मेरो विरुद्धमा थियो।
[13:25]राजा मेरो विरुद्धमा थिए। कांग्रेस मेरो विरुद्धमा हुनु स्वभाविक नै हो। अनि मेरै आफ्नैहरुले पनि मलाई धोका दिएका थिए। त्यसैले मसँग अरु कुनै उपाय नै थिएन। हुन पनि विपक्षीको रगत बगाएर सुरु भएको व्यवस्था त्यसरी नै अन्त्य हुन सक्ने थियो।
[13:38]तर मोहन शमशेरले सही समयमा सम्झौता गरेर राणा परिवारलाई ड्यामेजबाट जोगाए।
[13:42]अझ राज परिवारमा विवाह गर्ने चलनका कारण उनीहरुको प्रभाव राजतन्त्रमा पनि कायम नै रह्यो।
[13:48]जसले गर्दा परिवर्तन पछि पनि राणाहरु शक्ति र सम्पत्ति वरपर नै रहे।
[13:51]तर अर्को पाटोबाट हेर्दा राणाहरुको तानाशाही शासन अन्त्य भएपछि नै हामी नेपालीहरुले रैतीबाट नागरिक बन्ने अवसर पाएका थियौँ।
[13:58]र यो परिवर्तन ती कैयौँ क्रान्तिकारी योद्धा हरुको कारण सम्भव भएको थियो जसले आफ्नो जीवन भन्दा अगाडि स्वतन्त्रतालाई राखे देशलाई राखे।
[14:07]र त्यसको लागि परिवर्तनको आन्दोलनमा सहभागी भए। ती मध्ये केही नाम हामी अगाडि आए र हामीले सुन्यौँ।
[14:12]तर हजारौँ नामहरु इतिहासमा अज्ञात भई बसेका छन्।
[14:15]उनीहरुको कथा र संघर्ष कतै परिदैन, सुनाइदैन पनि, सुनिदैन पनि।
[14:20]त्यसैले यो भिडियो ती सबै गुमनाम योद्धा हरु प्रति समर्पित गर्दछौँ।
[14:24]यो भिडियो पुरै हेर्नु भएकोमा धन्यवाद। अर्को भिडियोमा फेरि भेटौँला।



