Thumbnail for पहिलो नजर - Saigrace Storytelling by Saigrace Official

पहिलो नजर - Saigrace Storytelling

Saigrace Official

25m 40s2,581 words~13 min read
YouTube auto captions
Transcript source

YouTube auto captions

This transcript was extracted from YouTube's auto-generated caption track. The transcript below is server-rendered so it can be read, searched, cited, and shared without opening the original YouTube player.

Timestamped outline
[0:02]Section 1

साइग्रेससँग मनका कथामा यहाँहरुलाई स्वागत छ। आज पनि साइग्रेससँग मनका कथामा यहाँहरुको कथा र लेखहरु लिएर आएका छौँ। साइग्रेससँग मनका कथालाई य...

[2:39]Section 2

हुन त अपरिचित व्यक्तिको रिक्वेस्ट किन एक्सेप्ट गर्नु? कति राम्रो उनको विचार।

[6:15]Section 3

भोलिपल्टदेखि बोल्न मन लागे पनि मेसेज गरिनँ। अनि उनले पनि गरिनन्। मैले सोचें ए हुने रहेछ। उनलाई पो मैले चाहेको, उनले कहाँ मलाई चाहेको हो र...

[11:18]Section 4

म फेरि छटपटिन सुरु गरेँ। बल्ल-बल्ल कताकताबाट खबर पठाएर अनलाइन आउन बाध्य बनाएर उनी आइन्, तर रिसाइन्। उनी अलि बढी रिसाउँछिन्, तर म जति त हो...

[15:38]Section 5

साइग्रेसँग मनका कथाको लागि भर्खर प्रस्तुत गरिएको कथा पुरुष शर्माजीले पठाउनुभएको मलाई इनबक्समा कथा साइग्रेस@gmail.com मा यो कथा सरसर्ती वा...

[24:28]Section 6

मेरो साइ के चाहौ तिमीलाई यो मेरो जीवन तिम्रै हो। मेरो साइ के चाहौ तिमीलाई यो मेरो जीवन तिम्रै हो। अनाथ छु अज्ञानी छु भगवन चरण छोडेर जाऊ क...

Pull quotes
[3:20]लकडाउनमा बोर भएर होला बोल्न थालेकी। दुई घण्टामै लुडखेलौँ न भनिन्। म दंग परेँ। हस् भनेँ। खेल्दाखेल्दै नेट गयो। पछि मैले नेट गयो भनेको पत्त्याएनन्। मलाई खै के सोचीन् कुनी?
[6:15]भोलिपल्टदेखि बोल्न मन लागे पनि मेसेज गरिनँ। अनि उनले पनि गरिनन्। मैले सोचें ए हुने रहेछ। उनलाई पो मैले चाहेको, उनले कहाँ मलाई चाहेको हो र?
[6:15]अनि मैले मुटुमाथि ढुंगा राखेर मेसेज गर्न छाडिदिएँ। मन रोयो, दुःख लाग्यो। हामी स्ट्रेन्जर थियौँ, स्ट्रेन्जर नै भइयो।
[6:39]तीन महिना त बोल्दै बोलिएन। नबोले पनि मेरो मनले उनलाई सम्झिन र उनको तस्वीर चिहाउँदै हेर्न छोडेको थिएन। म उसको प्रोफाइल स्टक गरिरहन्थेँ। अनि थुप्रो दिनपछि आफैं स्टोरी रिप्लाई गर्दै बोल्न थालिन्। किन नबोल्नुभएको भनेर?
Use this transcript
Related transcript hubs

[0:02]साइग्रेससँग मनका कथामा यहाँहरुलाई स्वागत छ। आज पनि साइग्रेससँग मनका कथामा यहाँहरुको कथा र लेखहरु लिएर आएका छौँ। साइग्रेससँग मनका कथालाई यहाँहरु माझ लिएर आउन सहयोगी भूमिका खेलेको छ, आइ एम इ लन्डनले। मेहनतको हरेक कमाइमा जोडिएको कथा अब साइग्रेस आईएमई लन्डनको साथमा। यहाँहरुले यदि युकेबाट नेपालमा पैसा पठाउन चाहनुहुन्छ भने आईएमई लन्डन मार्फत पठाउन सक्नुहुन्छ। र मेरो रेफरल कोड साइग्रेस आइ एम इ प्रयोग गर्न सक्नुहुन्छ।

[0:42]अब सुरु गरौँ साइग्रेससँग मनका कथा।

[0:56]हुन त म पहिले पनि एकतर्फी प्रेममा पागल नभएको त होइन। तर अहिले यसरी यति गहिराइमा पुगी यो मनले कसैलाई यति धेरै माया गर्छ र उबाट माया चाहन्छ भन्ने अपेक्षा मैले कहिले गरेको थिएनँ। मैले त एकैचोटिमा हार खाएर अब लभसभ गरिँदैन भन्दै बसेको थिएँ। तर कहाँ प्रेम भनेको सोचेर हुँदोरहेछ र?

[1:28]कोरोनाले तर्साएको बेला गत वर्ष पहिलो लकडाउनमा म टिकटक बनाउने गर्थेँ। त्यसैमा बिजी थिएँ फर यु पेजमा केटीहरु त अधिकांश नै आउने गर्थे। वास्ता लाग्दैनथियो। आहा जस्तो चाहिँ लाग्थ्यो, मार्न पर्यो। एक समय टिकटक हेर्ने क्रममै यस्तो भिडियोमा आँखा पर्यो कि मैले त्यो भिडियो लगभग पाँच-सात चोटी हेरेँ। अनि हत्तापत्ता फेभरेटमा एड गरेँ। श्रीन नामको प्रोफाइल चेक गरेँ। मलाई त्यस भिडियोले हो या मान्छेले यस्तो मोहित बनाए कि हेरेको हेरै भएँ। त्यही क्रममा निलो सारीमा मुस्कान छर्दै सुन्दर आँखाहरुमा मेरो नजर परेपछि म उनलाई नपछ्याई रहन सकिनँ। अनि फेसबुकमा नाम खोजेँ र बल्ल-बल्ल भेटेँ। खुसी हुँदै उसका तस्वीर नियाल्न थालेँ। त्यहाँ पनि सारीमै खिचेको फोटो प्रोफाइल पिक्चरमा थिए।

[2:24]मलाई किनकिन पहिलो नजरमै उनी असाध्यै मन पर्यो।

[2:31]मलाई बोल्ने रहर जाग्यो र आयो। फ्रेन्ड रिक्वेस्ट पठाइदिएँ। एक्सेप्ट नै गर्दैन।

[2:39]हुन त अपरिचित व्यक्तिको रिक्वेस्ट किन एक्सेप्ट गर्नु? कति राम्रो उनको विचार।

[2:47]तर म पनि के कम छु र? मन परे पछि पर्यो पर्यो नि। क्यान्सिल गर्दै फेरि पठाउँदै गरेँ। दिनमा दुई-तीन पटक त्यसो गरेपछि लगभग एक हप्तापछि एक्सेप्ट गरिन्। म खुसीले गदगद भएँ। यसरी त न मैले पहिला कसैलाई रिक्वेस्ट पठाएको थिएँ, न अब पठाउँछु। उनी त्यति खास लागेको थियो। अझै पनि लाग्छ। अनि केही दिन त बोलाइन। दुई-चार दिनपछि हाई हेलो भयो। कुरा भयो। सोझी अनि धेरै कुरा बुझ्ने रहिछिन।

[3:20]लकडाउनमा बोर भएर होला बोल्न थालेकी। दुई घण्टामै लुडखेलौँ न भनिन्। म दंग परेँ। हस् भनेँ। खेल्दाखेल्दै नेट गयो। पछि मैले नेट गयो भनेको पत्त्याएनन्। मलाई खै के सोचीन् कुनी? अनि टिकटकमा डुएट बनाउन थालेँ, उनीसँगै। त्यस्तै भयो, बोल्दै गयो। कुराहरु साटासाट हुन थाल्यो। मलाई थाहा छैन। म प्रेममा परिसकेछु उनको भनेर। उनको कुरा सुन्दा, उनको तस्वीरमा उनका आँखाहरु हेर्दा साह्रै माया लागेर आउन थाले। मैले उनलाई यो कुरा भने पनि। तर उनी भने, बहिनी मान्नु न त भन्दै ठट्टा गरिन्। म चसक्क भयो।

[4:06]कुरा साटासाट गर्दै जाने क्रममा उनले एकपटक टुटिसकेको कुरा पनि भनिन् मलाई। झन् मलाई त माया लाग्यो। अनि अब त रिलेसनमा बस्दिन पनि भनिन्। ओहो फसाद, एक त केटी पट्याउने कला छैन। अर्को त केटीलाई रहर नै छैन। त्यो पनि यो माया प्रेमको चक्करमा।

[4:32]मैले हार मानिन, बोल्दै गएँ। कल, कलबाट भिडियो कल गर्दै मेरो प्रगति हुन लागदै गयो। उनको आवाजमा डुब्न थालेँ। बिहान उठ्ने बित्तिकै उनलाई सम्झन्थेँ अनि उनी नजिकैको मान्छे लाग्न थाल्दै थियो। उनको बानी कसैलाई इग्नोर नगर्ने, सबैलाई समान व्यवहार गर्ने। अब म मुर्ख कि पागल हुन मात्र बाँकी थियो।

[5:10]मलाई फोन गर्नुपर्छ भन्ने पनि थाहा थिएन। पहिला असफल हुँदा साथीले सिकाएको ज्ञानले फोनमा कुरा पनि गर्न पाएँ। माया पनि पाएँ जस्तो लाग्यो। त्यसै क्रममा कुरा गर्दै जाँदा मेरो कुराले उनी रिसाइन्। उनले मलाई ए गर्लफ्रेन्ड बनाउन पो लाइन हानेको भन्दै झर्किन थालिन्। चाहेको फेरि मैले गर्लफ्रेन्ड भन्दा पनि प्रेमिका, लभर चाहेको थिएँ। मैले उनलाई प्रेमिका बनाउन चाहेको कुरा बुझेपछि होला असाध्यै रिसाइन्। मलाई फकाउन आउँदैन। तैपनि बल्ल-बल्ल फकाएँ। र साथी मात्रै भएर बसौँला भनेर मनाएँ। उसले मलाई पनि मैले जत्तिकै माया गरोस् भन्ने मेरो चाहना थियो। तर उनी असाध्यै रिसाइन्। मलाई फकाउन आउँदैन। तै पनि बल्ल-बल्ल फकाएर साथी भएर बसौँला भनी फकाएँ। कस्तो थिन लाइन हुन्छ केटीसँगको रिलेसनमा। मन परेर आफ्नो प्रेम जतायो भने भएको राम्रो साथीको रिलेसन पनि डुब्ला भन्ने डर।

[6:15]भोलिपल्टदेखि बोल्न मन लागे पनि मेसेज गरिनँ। अनि उनले पनि गरिनन्। मैले सोचें ए हुने रहेछ। उनलाई पो मैले चाहेको, उनले कहाँ मलाई चाहेको हो र? अनि मैले मुटुमाथि ढुंगा राखेर मेसेज गर्न छाडिदिएँ। मन रोयो, दुःख लाग्यो। हामी स्ट्रेन्जर थियौँ, स्ट्रेन्जर नै भइयो।

[6:39]तीन महिना त बोल्दै बोलिएन। नबोले पनि मेरो मनले उनलाई सम्झिन र उनको तस्वीर चिहाउँदै हेर्न छोडेको थिएन। म उसको प्रोफाइल स्टक गरिरहन्थेँ। अनि थुप्रो दिनपछि आफैं स्टोरी रिप्लाई गर्दै बोल्न थालिन्। किन नबोल्नुभएको भनेर?

[7:02]म खुसीले गदगद भएँ। फेरि पहिले जसरी नै बोल्न थाले। अब पहिला भन्दा झन् नजिक भइयो। साथी नै मान्दै बोल्दै गएँ। साथी नै अनलाइनमा भेटेर यतिको मिल्दो साथी मेरो न केटा थियो न केटी। कोही पनि थिएन, कुरै नगरौँ। मलाई भेट्ने रहर जाग्यो। उनीसित बिन्ति गरेँ। कहाँ मान्थे र एकचोटीमा? दशैँअघि उनी गाउँ जानुपर्ने रहेछ। दुई दिन बाँकी थियो। मैले कर गरेँ। उसले नाई भनिन्। मैले धेरैचोटि कर गरेपछि उसले पनि हुन्छ भनिन्। तर लाज लाग्छ भन्थिन्। स्वाभाविकै हो। नारीलाई लाजले झन् सुन्दर बनाउँछ नि। अब पर्सिपल्ट भेटघाट गर्नलाई फिक्स भयो। राती खुसी भएर सुतेको थिएँ। कहिले त्यो पल आउला भनेर छटपट छटपट भइरहेँ। कोल्टो फेरिरहेँ। फिल्ममा जस्तै घटना घट्यो। बिहान उठ्दा त उठ्न नसक्ने गरी ज्वरो आएछ। मलाई ज्वरो आएको चिन्ता भन्दा पनि अब भोलि भेट्न नपाइने भयो भनेर चिन्ता लाग्यो। उनी त गाउँ जान्छिन्, लकडाउन छ। कहिले आउने, कहिले? बिरामी सिकस्त भए। भोलि भेट्ने कुरा भएको, भेट्न जान सकिनँ। उनी त करले भेट्न पर्ने थियो। म नआउने भएपछि खुसी भइन् होला भन्ने सोचेँ। अनि त्यसपछि औषधि खानु, तातो पानी खानु, म गाउँ गएपछि अनलाइन फोन केही हुन्न भनेर गइन्।

[8:23]मलाई बिस्तारै निको हुँदै पनि आयो। तर उनी अनलाइन पनि आइन्, अनि फोन पनि अफको अफ। उनको बाटो हेर्दै बसें। कहिले अनलाइन आउला भनेर कुर्दै बसें। एकदम गाह्रो हुने रहेछ। आफूले चाहेको मान्छेको मेसेज नआउन। अथवा आफूले चाहेको मान्छेलाई अनलाइन आउँछ कि भनेर कुर्न। सबैलाई गाह्रो हुँदो रहेछ। मलाई पनि निकै गाह्रो भयो। कसैको मेसेज बज्दा पनि उसैको मेसेज आएको भनेर हेर्ने गर्थेँ। तर अहँ उसको मेसेज आएको थिएन। बल्ल-बल्ल तिहार सकेर काठमाडौं आइन् उनी। बारको एक्जाम दिनलाई। अनि त्यसपछि एक्जाम नसकुञ्जेल मैले कर गरिनँ। एक्जामको लास्ट दिनलाई भेट्न कर गरेँ, बल्ल मानिन्। म गएँ लोकल गाडी चढेर। यति खुसी थिएँ, यति खुसी थिएँ। स्वयम्भूमा झर्न भनिन्। उनी आइन् पनि। र मलाई देखिन् पनि। तर कोरोनाको कहरले मुखमा मास्क। आँखा मात्र देखेँ उसको। त्यो आँखाको वर्णन गर भन्यो भनेर मलाई अघि नै भन्यो भने म वर्णनको लागि केही शब्द लेखेर पनि सक्दिनँ। भयो बोलिन। म केही बोल्ने सकिनँ। उनलाई भेटेपछि थाहा भयो। उसको पुरै मुड अफ रहेछ। किन मुड अफ भएको थाहा थिएन। तर उनी पुरै फन्केर हिडिन्। म पनि उनको सँगसँगै पछि-पछि हिँडे। उनी थोरै होची-होची, म अग्ली-अग्ली। रमाइलो त लाग्यो। तर उनको मुडले यति दिमाख खायो। अब केटी मान्छेसँग यस्तो पहिलो भेट, झन् कहिल्यै नदेखेको केटी। के गरूँ केही पनि थाहा थिएन। त्यसमाथि उनी रिसाएर फन्केकी थिइन्। मास्क खोल न भन्ने आँट पनि आएन। चक्लेट बोकेर गएको थिएँ, दिने आँट पनि आएन। त्यसै नदी फर्केँ।

[10:19]हामी भेट्ने सर्तमा गएका थियौँ। त्यहाँ हामी भेट्ने मात्रै भनेका थियौँ। लिटरली भेट्ने मात्रै। कहीँ नपस्ने भनेका थियौँ। मैले सर्त अनुसार केही भनिनँ। गन्तव्यमा पुगेपछि मात्रै बाई भनेर फर्केँ। भेट्न पाएँ खुसी लाग्यो। पाँच मिनेटपछि फेरि भेट्न मन लाग्यो। अब त इस भनेर आफैले आफैलाई लोभ परेँ र कराए।

[10:53]अब चाहिँ कहीँकतै बस्ने गरी भेटौँ न भनेको। चार महिनापछि बल्ल जुडेर बाइकमै अस्ति चैतमा सँगै सफर गर्ने मौका मिल्यो। बल्ल त्यसबेला चाहिँ हामी वर्षौंदेखि भेटेको जसरी बोल्यौँ। मेरो सबैभन्दा खुसीको दिन थियो। त्यही भेटेको दिनको भोलिपल्ट उनी फेरि गाउँ गइन्।

[11:18]म फेरि छटपटिन सुरु गरेँ। बल्ल-बल्ल कताकताबाट खबर पठाएर अनलाइन आउन बाध्य बनाएर उनी आइन्, तर रिसाइन्। उनी अलि बढी रिसाउँछिन्, तर म जति त होइन। म भने उनीसँग कहिल्यै रिसाइन। म मान्छु मेरो बोल्ने ढंग नै छैन। अनि उनी रिसाइरहन्थिन्। अनि म नजाने नजाने पनि फकाउँथे। रिसाउने-फकाउने क्रममै नयाँ वर्ष २०७८ मा शुभकामना साटासाट गरियो। म उनलाई काठमाडौं आउनलाई किचकिच गरेको गरे गर्थेँ।

[11:56]उनी २ गते त आउने दिन रहेछ, आइन्। तर त्यो दिनदेखि एक्कासी उनी कम-कम बोल्दै गइन्। उनी अहिले सम्म नै कम बोल्न थालिन्।

[12:09]नन्स्टप सर्ट रिप्लाईहरु आउन थाल्यो, अवइड गर्न थालिन्। जसको कारण मलाई पत्क्तिकै थाहा छैन। अनि मलाई म अब अनलाइन आउँदिन, म केहीमा पनि एक्टिभ हुन्न। अब प्लिज डोन्ट एक्सपेक्ट एनीथिङ फ्रम मी भन्दै। म बिरामी छु भन्दै बिदा भएकी उनी अहिले कहाँ छिन्, सन्चै छिन् कि कुन अवस्थामा छिन् मलाई थाहा छैन। हुन त थाहा हुन म को हुनी र? मेरो उनी सबै जना र सबै थोक हुन्। हाँसो, खुसी, रोदन, पीडा, पीर, मर्क बोल्ने साथी सबै। तर उनको म को नै हो र? उनलाई मैले जति माया र केयर गर्ने त धेरै होलान्। तर अलि-अलि भए नि मेरो ख्याल गर्ने उनी मात्रै त हो नि। म बुझाउने सक्दिनँ मेरो भावनाहरुलाई। मलाई आउँदैन। म अहिले उनको अनलाइनको पर्खाइमा छु। मलाई झट्टै याद आयो कि साइग्रेस दाइको फ्यान थिइन् उनी। मैले दाइलाई माध्यम बनाएको उनले युट्युबमा पक्कै दाइको कथा सुन्छिन् भनेर।

[13:15]उनको कथा प्रस्तुत गर्ने सोच बनाएँ। र जहाँ छौँ सुरक्षित बन। याद भन्ने चीज नआओस् भनेर नै आउँदोरहेछ। मसँग रिसाएकी थियौ, मलाई माफ गर। म हर समय तिमीलाई सम्झिन्छु। मैले होइन, मेरो मनले सम्झिन्छ, छटपटी हुन्छ। प्रेम प्रेम भन्ने चीज नै यस्तो रहेछ। पागल नै भइन्छ कि जस्तो।

[13:46]म प्रेमको महासागरको यति गहिराइमा पुगेछु, माफ गर। तिमी मलाई उतार्नु पर्दैन। यो प्रेमको दब्दबेबाट यदि सुन्दै छौ भने प्लिज अनलाइन आऊ। या सी मन गर भन्दै सन्देश पोख्न चाहन्छु। कथा जस्तो सुकै भए पनि राम्रो लेख्न आएन होला। पढी दिनु भयो भने म कृतज्ञ हुने थिएँ। भले उनले मलाई नसुनीन्, तर मलाई पक्का यकिन छ। उनी तपाईँलाई सुन्छिन्।

[14:24]दाइ प्रेम कुन उमेरमा हुन्छ, म बुझ्न सक्दिनँ। म सानै छु या प्रेम गर्नलाई ढिलो भइसक्यो। अथवा प्रेम गर्ने कुन सही उमेर हो? अथवा प्रेमको अवधि कुन हो? कति समयमा प्रेम मेच्युड हुन्छ? उनले साथी मान्दिनन् भने के मैले साथी मान्नु जायज छ वा छैन? उसले प्रेम गर्दिनन् भने मैले उनै प्रेम गर्नु के जायज छ वा छैन? भले एकतर्फी होस् कस्तो कम्प्लिकेटेड। मान्छे त्यसै मेन्टल स्ट्रेसमा जाँदैन रहेछ। केही न केही घट्नु पर्दो रहेछ। म चमको गहिराइमा डुबिरहेको छु, तर ठीक छ। डुब्न लागेकोलाई सानो धागोको पनि ठूलो आशा हुन्छ भने जस्तै। तपाईंको कथा त झन् मेरो लागि ठूलो एंकर नभइरहेको छ। मलाई आशा छ। यो कथाले केही न केही सहयोग गर्छ मलाई। अनि साँच्चै, मैले एकैचोटि अन्तिममा पढ्नुस् है भनेको थिएँ नि। कारण हो मैले उनको नाम परिवर्तन गरेको छु है।

[15:38]साइग्रेसँग मनका कथाको लागि भर्खर प्रस्तुत गरिएको कथा पुरुष शर्माजीले पठाउनुभएको मलाई इनबक्समा कथा साइग्रेस@gmail.com मा यो कथा सरसर्ती वाचन गर्दा मैले अनुभव गरेको कुरा यहाँलाई नै धेरै कुराको विवेक रहेछ। यहाँको दिमाख यस्तो शुद्ध हिसाबले चल्दो रहेछ। यहाँलाई फरक थाहा रहेछ। के कुरा गर्नुहुन्छ र के कुरा गर्नुहुन्न भन्ने। मलाई लाग्छ यहाँले मबाट सुझाव खोज्नुभएको होइन। मात्र साइग्रेससँग मनका कथालाई यहाँले साधन बनाउनुभएको हो। साध्य प्राप्त गर्नको लागि मेरो शुभेच्छा र शुभकामना यहाँहरु दुवैको लागि छ। यदि दुवैजनामा एक पक्ष्य मात्र पनि खुसी छैन भने जिन्दगीले अर्को मोड लिनेछ। यहाँलाई फेरि पनि धेरै शुभकामना। यहाँलाई बाँकी सुझाव हाम्रो अडियन्सले दिनुहुनेछ।

[16:45]साइग्रेससँग मनका कथामा अर्को इमेल आएको छ। पूजा महतोजीले उहाँले लेख्नुभएको छ, साइराम साइग्रेसजी। सबैले हजुरलाई दादा भन्छन्। मलाई दाइ भनेर सम्बोधन गर्नै मन लागेन। हजुरको सुधिङ न्यानो नरम अनि धेरै मिठो आवाजले मलाई कसैकसैको याद दिलाउने गर्छ। हजुरको सबै मनका कथाहरु सुनेँ। सुन्दै छु र आगामी दिनमा पनि नछुट्टाई सुन्नेछु। मेरो यो मेसेज पढ्नुहुन्छ हुन्न मलाई थाहा भएन। मेरो पनि कथा छ। हुन त साधारण छ, तर म अन्योलमा छु। र मलाई हजुरको सजेसनको खाँचो छ। यदि आज हजुरले यो मेसेज पढ्दै हुनुहुन्छ भने मेरो कथा वाचन भन्दा पहिले एउटा सानो रिक्वेस्ट गर्न मन लाग्यो। क्लास सेभेन-एटतिर पढ्दा सोच्थेँ। नाम मात्र मेरो पूजा। तर जिन्दगीमा भजन कहिल्यै नसक्ने भए। भजन सिक्न एकदम मन थियो। तर सिक्ने, सुन्ने गर्दिनँ थिएँ उसबेला। त्यसपछि नाइन टेनमा मेरो स्कुल चेन्ज गरियो। अनि एडमिसन भयो पिङ्गास्थानको सत्यसाइ स्कुलमा। होली इन्भायरोमेन्टमा भजनकीर्तनहरु सिक्न थालेँ। हजुरको कथा नौलो सुरा सुन्दै थिएँ। त्यसमा हजुरले भजन गाएको उल्लेख गर्नुभएको रहेछ। हाम्रो अपने सर झुका दिया भगवान तुम्हारे चरणो में। सुनेर आँखा टिलपिल टिलपिल भएर त्यसरी रसाएर आयो। स्कुलको याद आयो। भजन हलको याद आयो। भगवान श्री सत्यसाई बाबाको ठूलो फोटोको याद आयो। साँझको आरतीको याद आयो। हजुरले भनेजस्तै एक साइडमा केटाहरु र अर्को साइडमा केटीहरु बस्ने। बिहान बेलुकै भजन गाएको झलझली याद आयो। हजुरको आवाजमा यो भजन झन् कति मिठो सुनिने होला है साइग्रेसजी। प्लीज साइग्रेसजी एउटा रिक्वेस्ट। हजुरको आवाजमा यो भजन सुन्न मन छ, मिल्छ भने पोस्ट गर्दिनु न है। मेरो कथा भन्दा हजुरको आवाजमा यो भजन सुन्न एकदम मन लाग्यो। गाउने नगाउने हजुरको इच्छा। टेक केयर साइग्रेसजी। धन्यवाद पूजाजी यहाँलाई यो इमेलको लागि। यहाँलाई साइराम। मेरो स्पिरिचुअल स्कुलिङ पनि श्री सत्यसाइ सेवा संगठन नेपालबाटै भएको हो। मेरो कथाहरुमा निहित मानवीय मूल्यहरु पनि मैले पाएको आध्यात्मिक शिक्षाबाट हो। जुन श्री सत्यसाइ संगठन नेपालको आध्यात्मिक कक्षाहरु, बालविकासका पाठ्यक्रमहरु र भगवान श्री सत्यसाइ बाबाको शिक्षाले निर्देशित गरिरहेको हुन्छ।

[19:30]यहाँले पनि आफ्नो अनुभव र यहाँको कथा लेखेर पठाउन सक्नुहुन्छ। धन्यवाद छ यो मेसेजको लागि र यो एपिसोडको अन्तिममा म एउटा भजन समावेश गर्नेछु। जुन मैले नगए पनि सुन्दा निकै आनन्ददायी छ। यहाँलाई आगामी जीवनको शुभकामना। साइग्रेससँग मनका कथामा अर्को लेख रहेको छ, पवन श्रेष्ठजीको। उहाँको लेखको टाइटल रहेको छ महिला हुनुमा के बैगुण गरेँ।

[20:06]म महिला सृष्टिको नियमअनुसार ममा रजस्वला अनिवार्य हुनुपर्ने। तर किन रजस्वला भएकै बेला घर भन्दा टाढा छाउगोठमा दिन काट्नुपर्ने? त्यो बेला मैले छोएको जल नचल्ने तर छाउगोठमा भए पनि मस्त मेरो जवानी चल्ने। महिला हुनुमा के बैगुण गरेँ? मैले महिला हुनुमा के बैगुण गरेँ? म सुन्दै छु। २१औं शताब्दीको मेरो समाज शिक्षातर्फ दिन दुई गुना रात चौगुना अघि बढ्दै छ रे। तर कस्तो शिक्षा यहाँ नेताले देश जनता चुस्ने, श्रीमानले श्रीमती चुट्ने। देवरले भाउजु बेच्ने, बाउले छोरी लुट्ने। अनि बुहारीले टन्न दाइजो ल्याएन भनेर जीउदै जलाइदिने। महिला हुनुमा के बैगुण गरेँ? महिला हुनुमा के बैगुण गरेँ? तर केही वर्ष हुँदैथियो। हामीले एक-अर्कासँग बोल्न बन्द गरिसकेका थियौँ।

[21:28]अनि तपाईंको स्टोरीबाट मैले मोरल पाएँ। फरगिभ एण्ड फर्गेट भनेर। तर अचम्मको कुरा तपाईंको केही स्टोरी सुनेपछि मैले उसलाई मेसेज गरेँ। खासमा भन्नुपर्दा मैले तपाईंको वाट इज फ्रेन्डशिप वाला भिडियो सेन्ड गरेको थिएँ। अनि त्यसपछि उसले रिप्लाई पनि गर्यो। मेरो बेस्ट फ्रेन्ड, मेरो सोल सिस्टरले मलाई रिप्लाई गरेको हो। हामीले एक-अर्कालाई मेसेज फोन नगरेको, सम्पर्क नगरेको धेरै समय बितेको थियो एउटा सानो मिसअन्डरस्ट्यान्डिङले गर्दा। त्यसपछि हामी धेरै वर्षपछि बोल्यौँ। थ्यांक्स सो मच। थ्यांक्स सो मच अगेन। साइग्रेससँग मनका कथामा अर्को अभिव्यक्ति आएको छ। लिलु सुबुजीले लेख्नुभएको छ। हिजो राती तपाईंको स्टोरीहरु सुनेर सुतेको थिएँ। तपाईंको आफ्नै स्टोरी अधुरो प्रेमले मलाई यति इन्स्पायर गर्यो कि मैले त्यसलाई बारम्बार दोहोर्याएर हेरिरहेँ, सुनिरहेँ।

[22:39]र दिमाखमा केही सोचहरु लिएर उठेँ। तपाईंको आवाज कानलाई संगीत बराबर भएको छ। म त्यस्तै एउटा इन्सिडेन्ट बताउन चाहन्छु। मेरो क्लास दुई देखिको बेस्ट फ्रेन्ड। जोसँग मेरो उसको बिहेपछि केही कुराहरुमा लिएर ठूलो-ठूलो मिसअन्डरस्ट्यान्डिङ भयो। उसको दिदीबहिनी थिएन। हाम्रो बोन्ड बेस्ट फ्रेन्डको मात्रै होइन। हामी एकअर्कालाई सोल सिस्टर भन्थ्यौँ। सिस्टर फ्रम अनदर मदर। र तपाईंको स्टोरीबाट मैले मोरल पाएँ। फर्गिभ एण्ड फर्गेट भनेर। तर अचम्मको कुरा तपाईंको केही स्टोरी सुनेपछि मैले उसलाई मेसेज गरेँ। अनि त्यसपछि उसले रिप्लाई पनि गर्यो। मेरो बेस्ट फ्रेन्ड, मेरो सोल सिस्टरले मलाई रिप्लाई गरेको हो। हामीले एक-अर्कालाई मेसेज फोन नगरेको, सम्पर्क नगरेको धेरै समय बितेको थियो एउटा सानो मिसअन्डरस्ट्यान्डिङले गर्दा। त्यसपछि हामी धेरै वर्षपछि बोल्यौँ। थ्यांक्स सो मच। थ्यांक्स सो मच अगेन। साइग्रेससँग मनका कथाको आजको एपिसोड यति नै। यहाँहरुले पनि साइग्रेससँग मनका कथामा आफ्नो कथा वा भावना व्यक्त गर्न चाहनुहुन्छ भने कृपया कथा साइग्रेस@gmail.com मा मात्र पठाउनुहोला। हामी त्यहाँबाट कथा छानेर सकेसम्म छिटो प्रस्तुत गर्नेछौँ। यदि कथा ढिलो आयो अथवा त्यसको रेस्पोन्स आएन भने कृपया धैर्य गर्नुहोला। केही समय लाग्न सक्छ। यहाँहरु सम्पूर्णमा धेरै माया।

[24:28]मेरो साइ के चाहौ तिमीलाई यो मेरो जीवन तिम्रै हो। मेरो साइ के चाहौ तिमीलाई यो मेरो जीवन तिम्रै हो। अनाथ छु अज्ञानी छु भगवन चरण छोडेर जाऊ कहाँ? अनाथ छु अज्ञानी छु भगवन चरण छोडेर जाऊ कहाँ? अन्योलमा परे हे मेरो साइ अन्योलमा परे हे मेरो साइ तिमी नै शरण हो, देउ मलाई।

[25:35]तिमी नै शरण हो, देउ मलाई।

Need another transcript?

Paste any YouTube URL to get a clean transcript in seconds.

Get a Transcript