[0:14]देश मेरो बचेको छ त्यसैले म बाचेकी छु मेरो सिप जोश र जागर देशकै निम्ति साचेकी छु नमस्कार युवा र देशभक्ति युवा र देशभक्ति देशको उन्नति प्रगति समृद्धि एवं भलाईका लागि गरिने भक्ति आफु जन्मेको देश र देश देशका जनता प्रति हृदयको अतुल गहिराइ देखि गरिने अमित आस्था र कृतज्ञता हो देशभक्ति आत्मदान दिएर देशको अस्मिता जोगाउने विश्व माझ अमरत्वको बाटो पहिल्याउने अनि विदेशी आक्रमणबाट देश बलात्कृत हुन लाग्दा आफ्नो व्यक्तिगत पारिवारिक सबै थोक बिर्सिएर देश रक्षाका लागि लड्ने वीर र विरंगना हुन् देशभक्त समृद्धिका सार देश विकासका आधार मानिने युवा वर्ग नै समृद्धिका एकालक आकार आधार हुन् भन्ने मेरो विचारमा मलाई लाग्छ इतिहासको पाना पल्टाउदै हेर्ने हो भने प्रत्येक देशका सिमाना रेखाहरु त्यहाँका युवाका रगतबाटै कोरिएका हुन्छन् अर्थप्रष्ट पार्दा भन्ने हो भने युवाहरुले नै देश विकासको गकिलो जिम्मेवारी बोक्न सक्दछन् अनि देशभक्तिको उचित उदाहरण विश्व सामु प्रस्तुत गर्न सक्दछन् कृषिमा आधुनिकीकरण राजनीतिक परिस्थितिमा सुधार अनुकुल सुविधाको व्यवस्था अनि सम्पन्नताको यात्रा सबै युवा वर्गको एकीकरण अनि सकारात्मक दृष्टान्त द्वारा हात पार्न सकिन्छ अब आवश्यकता केवल एक मस्तिष्कको छ जहाँ नयाँ नेपालको कल्पना गर्न सकिन्छ एक मुस्कानको छ जहाँ सार्वभौम सत्ता सम्पन्न नेपालीहरु खुसीले गदगद गरिरहेका हुन्छन् एक पवित्र मनको छ जहाँ देशभक्तिको वास हुन्छ अनि दुई शुद्ध पाइलाको छ जसले समृद्धिको नयाँ कदम चाल्दछ महोदय म अझ पनि सम्झन्छु मेरी हजुरआमाले देशभक्ति र देशभक्तको अटुट सम्बन्ध दर्शाउने सहिदहरुको सम्झनामा ओठमा मुसुक्क मुस्कान दिएर पश्चिममा किल्ला कांगडा पूर्वमा टिष्टा पुगेथियौ कुन शक्तिको सामुमा कहिले हामी झुकेथियौ भन्दै गीत गुनगुनाउनु हुन्थ्यो मेरो गुरुले पनि मलाई बारम्बार एउटै कुरा सिकाइ रहनुहुन्छ जननी र जन्मभूमि स्वर्ग भन्दा पनि ठुला हुन् उहाँहरुले भनेको कुराको मोल आज मात्र म बुझ्दै छु युवा नै भएनन् भने देशभक्तिको राज चल्दैन अनि देशभक्ति नै भएन भने युवा भएर यस देशमा जन्मिनुको कुनै अर्थ नै रहदैन यदि सबैले यस कुराको मनन गरेको भए सायदै म आज देश परिवर्तित हुने थियो होला फोहोरको डुंगुरमा हात रोपेर रोटीको टुक्रासँग भोक साट्नु पर्ने अवस्थाको सिर्जना पनि हुने थिएन होला तर तर अहिलेको परिस्थिति राष्ट्रको सर्वांगीण विकासमा लाग्नु पर्ने युवा जनशक्ति बैदेशिक रोजगारका नाममा विदेशमा पलायन भइरहेका छन् भने कतिपय युवाहरु कुलतमा फसेर राष्ट्रको उन्नति गर्नुको साटो अधोगति तर्फ आकृष्ट भइरहेका छन् मैले नगरे कसले गर्ने अहिले नगरे कहिले गर्ने भन्ने अभिव्यक्तिलाई उजागर गर्नु अब अति आवश्यक देखिएको छ सभा अध्यक्ष मेरो विचारमा मेरो विचारमा देशभक्ति केवल ओठ र बोलीबाट होइन व्यवहारबाट झल्किनु पर्छ यसलाई यथार्थमा परिणत गर्नुपर्छ अनि एक सहज भावना ठहर्याउनु पर्छ अन्तत म के भन्न चाहन्छु भने सम्पूर्ण देशको विकासका लागि युवा वर्गको योगदानको खाचो छ अनि नबिर्सिनु होला है युवाकै हातमा देश विकासको मुहान फेर्ने साचो छ हस त धन्यवाद यहाँहरुको दिन शुभ रहोस् तपाईको असाध्यै राम्रो छ मलाई मलाई असाध्यै एकदम गुड फिल भइरहेको छ एकदम यु नो आइ फिल भेरी पोजिटिभ कमिङ हियर टुडे एक्चुअल्ली थ्याक यु अ बिरगंज झापाको गर्मी देखि लिएर हामी हाम्रो यो यात्रा जनकपुर हैन धेरै ठाउँहरु घुमेर आज एक हप्ता भन्दा बढी समय भइसक्यो घरबाट लगेज बोकेर बोकेर निस्किएको अनि यस्तो जहाँ पनि यस्तै चर्को घाम तल बस्नु पर्छ के एण्ड देर आर ओन्ली फ्यु स्पिकर हैन भेरी भेरी फ्यु स्पिकर जसले यो घामलाई बिर्साएर स्पिच तिर हामीलाई अट्र्याक्ट गर्दिन्छन एण्ड यु आर वान अफ दोज विदाउट एनी डाउट सोनिया तपाईको प्रेजेन्टेसन असाध्यै राम्रो छ ग्रान्ड फिनालेमा तपाई जतिकै अझ तपाई भन्दा पनि अझ बढी फ्यारेक्स हैन यस्तै यस्तै ट्यालेन्टहरुको कम्पिटिसन हुने वाला छ हजुर बट दिस इज गोइङ टु बि भेरी भेरी एक्साइटिङ जर्नी अल द बेस्ट थ्याक यु

Public Speaker Nepal Season 2 | Butwal Audition | Soniya KC
Accretive Media
4m 10s557 words~3 min read
Auto-Generated
Watch on YouTube
Share
MORE TRANSCRIPTS


