Thumbnail for Professional trader ले बजारलाई कसरी हेर्छ? Compounding your capital with trading |Bipin Kandel Nepse by Bipin Kandel

Professional trader ले बजारलाई कसरी हेर्छ? Compounding your capital with trading |Bipin Kandel Nepse

Bipin Kandel

36m 0s6,235 words~32 min read
Auto-Generated

[0:00]स्टक मार्केटमा एकजना व्यक्तिले दुई वर्षमा एक लाखलाई नौ लाख प्लस बनाउन सक्ने रहेछ। त्यो पनि जेनुइनली र प्रोफेसनल तरिकाबाट।

[0:15]भने त्यही केसमा हामी मिनिमम स्ट्यान्डर्ड पनि फलो गरेर चल्छौ भने दुई वर्षमा कम्तिमा दुई लाख रुपैयाँ बनाउन सकिने रहेछ स्टक मार्केटमा। भनेको स्टक मार्केटमा दुई गुणादेखि लिएर दशौँ गुणासम्म हामीले आफ्नो पैसालाई कम्पाउन्ड गर्न सकिने रहेछ ट्रेडिङबाट। तर कसरी?

[0:33]स्टक मार्केटमा हामीले कुराकानी गर्छौँ भने हामी जसको पनि गोल भनेको पैसा कमाउने हो। सो मैले अहिले लगाएको इन्भेस्टमेन्टलाई मैले कति पुर्याउने? रिटर्न कति निकाल्ने र सबै दुनियाँमा हामीले हेर्छौँ भने, असली कमाइले जसले सम्पत्तिमा कन्भर्ट गर्न खोज्नसक्छ उ नै वास्तवमा धनी हुन्छ।

[0:51]सो धनी बन्नको लागि हामीले हाम्रो कमाइलाई सम्पत्तिमा कन्भर्ट गर्न सक्नुपर्यो। यसले के बताउँछ भन्दाखेरीमा चाहिँ यसले पैसालाई कम्पाउन्ड गर्न सक्नुपर्यो वा पैसालाई कम्पाउन्ड गर्न जान्नुपर्यो।

[1:05]है त। भनेपछि जुन सेक्टरमा पनि आइदर हामी रियल स्टेट हेरौँ वा समाजमा अन्य मान्छेहरु हेरौँ, जहाँनिर हामीले अहिले धनी भएका मान्छेहरु जो जो देख्छौँ नि दुइटा मात्रै केस हो। दुइटै कम्पाउन्डिङको कारणले भनेको एउटा स्टक मार्केटबाट, अर्को रियल स्टेटबाट, जग्गाबाट।

[1:20]सो जग्गा कुनै बेला बाजैबाजैको पालामा कुनै बेला किन्या थियो, अहिले त्यसको भ्यालु बढ्दै बढ्दै बढ्दै एउटा पोइन्टमा पुग्यो अनि धनी। सेकेन्ड स्टक कुनै बेला किनेर राखेको थियो अथवा चाहिँ ट्रेडिङ गरिरहेको थियो। त्यसमा तपाईँको कम्पाउन्डेड रिटर्न हुँदै हुँदै हुँदै आजसम्म आइपुग्दाखेरिमा सम्पत्ति क्रिएसन भने।

[1:35]हाम्रो पहिलो गोल भनेको सम्पत्ति क्रिएसन हुनुपर्छ न कि कमाइ। सो कमाइ के हो? टूल हो। आइदर स्टक मार्केटको ट्रेडिङबाट कमाऊ वा जबबाट कमाऊ वा बिजनेसबाट कमाऊ त्यो पैसालाई मैले कम्पाउन्ड कसरी गर्ने।

[1:47]अब यहाँनिर कुराकानी गरौँ तपाईँले बुझिसक्नुभयो होला स्टक मार्केटमा एज अ ट्रेडरले आफ्नो पैसालाई कम्पाउन्ड गर्न र कति टाइम्स बनाउनको लागि भनेर उसले कसरी हेर्छ र उसका रणनीतिहरु के के हुनसक्छन् र ऊ कुन सिस्टममा बसेर ट्रेड गर्नुपर्छ।

[2:00]अब यहाँनिर हेरौँ, स्टक मार्केटमा नर्मल रिटेलरले मार्केटलाई हेर्ने दृष्टिकोण र एउटा प्रोफेसनल ट्रेडरले मार्केटलाई हेर्ने दृष्टिकोणमा के फरक हुन्छ र प्रोफेसनल ट्रेडरले मार्केटलाई कसरी हेर्छ भनेर।

[2:11]शुरु गरौँ है त। र यो कसरी हुन्छ? अब सुरुवात गरौँ।

[2:14]अब यो कुराकानी मैले यतिकै बोलेको हो त? होइन। यो एचिभेबल छ। मैले बताएका कुरा सो नौ गुना, दुई गुना वा चार गुना आफ्नो पैसालाई बनाउन एचिभेबल छ। तर हामीले स्ट्रिक्ट सिस्टममा बसेर हाम्रो ट्रेड गर्नुपर्यो र काम गर्नुपर्यो।

[2:29]अब यहाँनिर पिटि म तपाईँहरुलाई एउटा साइट तपाईँहरुले चेक गर्नुहोस्, कम्पाउन्ड इन्ट्रेस्ट क्याल्कुलेटर भनेर कुनै पनि साइट चेक गर्नुहोस्। त्यो साइटबाट मैले यहाँनिर पिटि द क्याल्कुलेटर साइड डट कम भन्ने एउटा भेटेँ गुगलमा। मैले यहाँनिर पिटि म यहाँ आएँ।

[2:40]सो म अब कहाँबाट सुरु गर्दैछु? मेरो इनिसियल क्यापिटल दश लाख हो भन्नेबाट सुरु गर्दैछु। एक लाखबाट पनि सुरु गर्न सकियो। सो अहिलेलाई मैले दश लाख नगरौँ, एकै लाखबाट सुरुवात गरौँ।

[2:50]मेरो इनिसियल क्यापिटल कहाँ कति छ? दश एक लाख रुपैयाँ छ। यहाँ फिल गर्नु। इन्ट्रेस्ट रेट भनेको मैले महिनामा कति पर्सेन्ट कमाउने हो त?

[2:58]सो मार्केट साइडवेज थियो। एउटा प्रोफेसनल ट्रेडरले कति पर्सेन्टसम्म राख्छ त भन्दा मन्थ्ली फाइभ पर्सेन्टसम्म राख्छ एउटा प्रोफेसनल ट्रेडरले। भनेपछि भनेको साइडवेज हुँदै गर्दा पनि एकदमै शार्प ट्रेडरले पनि मार्केट अब अपट्रेन्डमा जाँदैछ भने अब कम्सेकम महिनामा मैले तीन पर्सेन्ट त मैले एचिभ गर्न सकुँला?

[3:15]सो एज अ बिगिनर मलाई धेरै कुराहरु आउँदैन। सामान्य सिस्टमको आधारमा मैले ट्रेड गर्छु भने मैले तीन पर्सेन्ट मन्थ्ली रिटर्न निकाल्न सकेँ भने मैले चाहिँ कति कमाउँछु त? भन्दाखेरिमा दुई वर्षमा मेरो पैसालाई कति कमाउँछु? एक लाख रुपैयाँ यहाँ फिल गर्नुस्।

[3:27]तीन पर्सेन्ट इन्ट्रेस्ट रेट भयो। यो इन्ट्रेस्ट रेट भनेको मन्थ्ली गोलमा हाम्रो थ्री पर्सेन्टको। तीन पर्सेन्ट मन्थ्ली हामीले राख्यौँ यहाँ। कति वर्षको टाइम पिरियड? दुई वर्षको टाइम पिरियड हामीले दियौँ।

[3:34]भने यो दुई वर्षको टाइम पिरियडमा एडिसनल डिपोजिट हामीले केही गरेनौँ, विथड्रल पनि केही गरेनौँ। यदि हाम्रो यो पैसा लोनको पैसा हो भने यहाँ विथड्रलमा मन्थ्ली इएमआईको पैसा निकाल्नुपर्यो यसमा। त्यसपछाडि एनुअली कम्पाउन्ड फ्रिक्वेन्सी सो मन्थ्ली कम्पाउन्डेड हुन्छ। किनकि मैले मन्थ्ली रिटर्नको रिटर्न निकालेको एक लाखबाट मैले दश हजार रिटर्न निकाले भने अर्को महिनाको ट्रेडिङ क्यापिटल मेरो कति हुन्छ? एक लाख दश हजार हुन्छ।

[3:58]यहाँनिर पिटि मन्थ्ली। अब यसलाई गरेर क्याल्कुलेट गरेर यहाँ क्याल्कुलेटर साइडमा क्याल्कुलेट गर्दिनुस्। क्याल्कुलेट गरिसकेपछाडि यहाँनिर पिटि क्याल्कुलेसनको रिजल्ट आउट आयो। तलपट्टि मन्थ्ली ब्रेकडाउन यो एक्सेलमा केहीमा एक्सपोर्ट गर्न पनि मिलिहाल्छ।

[4:11]यसमा मजाले भन्या छ कि फ्यूचर इन्भेस्टमेन्ट भ्यालु सो एक लाख लगानी गरेको यो सिस्टममा बसेर मैले ट्रेड गर्न सकेँ। यो गोलमा बसेर ट्रेड गर्न सकेँ भने मैले दुई लाख रुपैयाँ बनाउनसक्ने रहेछु दुई वर्षमा। सो एभरेजमा एनुअलमा पच्चीस पर्सेन्ट रिटर्न मिनिमम मेन्टेन गर्न सकियो यो एभरेज भनेको नर्मल सिम्पल क्याल्कुलेसनबाट।

[4:27]भने मैले मेरो पैसालाई डबल गर्नको लागि मलाई दुई वर्षको टाइम पिरियड लाग्ने रहेछ भने म दशौँ वर्ष यसरी ट्रेड गर्छु भने म कति कमाउन सक्छु त? सो यहाँनिर पिटि गर्नुपर्यो।

[4:36]सो यही सिस्टममा बसेर म यदि तीन पर्सेन्ट मन्थ्ली निकाल्ने गरी मैले ट्रेड गरेँ। यो ओभरअल प्रोफिट मेरो ट्रेडको चाहे एउटा ट्रेड लिऊ, चाहे दुइटा लिऊ, चाहे तीनटा लिऊ वा एउटा स्टकमा ट्रेड गरौँ या दुइटा।

[4:46]यदि दश वर्षमा म गर्छु भने दश वर्षमा चाहिँ मैले चौतीस लाख रुपै सो दश वर्षमा मैले एक लाखलाई मैले चौतीस लाख बनाउन सक्ने रहेछु यो सिस्टममा बसेर ट्रेड गर्दा। कति गुना? चौतीस गुना। सो जति धेरै टाइम भयो कम्पाउन्डिङले त्यति नै बढी म्याजिकको काम गर्छ।

[5:03]अब यसैमा म दुई वर्षकै टाइम पिरियड यो बुलको टाइम पिरियडभरि गरेँ। सो यहाँनिर पिटि टु इयर्सकै टाइम पिरियड राखेँ र मैले यहाँ राखेँ पाँच पर्सेन्ट।

[5:15]अब एउटा सामान्य ट्रेडर तपाईँ हामीले पनि गर्नसक्ने भनेको पाँच तीन पर्सेन्ट निकाल्न मजाले सकिन्छ। जसले पनि निकाल्न सक्छ यो चाहिँ। अब मैले तरिका पनि बताउँछु के कसरी निकाल्ने भनेर।

[5:24]यदि कसैले म राम्रोसँग उसले चाहिँ एक्सिपिरियन्स छ, नलेज छ, सेटअप छ, स्ट्राटेजी छ उसले ट्रेडिङ राम्रो ट्रेडर भइसकेको छ भने उसले पाँच पर्सेन्ट मन्थ्ली गोल राख्न सक्छ जसले दुई वर्षको टाइम पिरियडमा उसले आफ्नो पैसालाई तीन गुना बनाउन सक्छ। सिस्टममा बसेर हामीले यो गोलको सिस्टममा बसेर ट्रेड गर्यौँ भने।

[5:42]यदि एक्सिलेन्ट ट्रेडर र खतरा ट्रेडर छ भने उसले मिनिमम मन्थ्ली गोल चाहिँ दश पर्सेन्टको टार्गेट राखेर चल्छ। एक लाखको ट्रेड गर्दा खेरिमा भने उसले नौ लाख चौरासी हजार भनेको झन्डै झन्डै दश गुना बनाउन सक्ने रहेछ।

[5:57]अब हाम्रो गोल सो सेट गर्नुपर्यो। मैले स्टक मार्केटलाई फुल टाइम करियरको रुपमा मैले एकदम सिरियसली लाग्न चाहन्छु, लागिसकेको छु। मैले जानेको पनि छु भने म पाँच पर्सेन्टको रेन्जमा आउनुपर्छ। राम्रोसँग ट्रेड गर्छु भने।

[6:08]होइन बिगिनर्स हो भने तीन पर्सेन्टको रेन्जमा आउनुपर्छ। म यो स्टक मार्केटबाट म मेरो लाइफका सबै डिजायर फुलफिल गर्ने हो भने दश पर्सेन्ट मन्थ्ली गोल बुलिश पिरियडमा पाँच पर्सेन्ट मन्थ्ली गोल नर्मल मार्केट बेरिस वा मार्केट साइडवेज गएको पिरियडमा पनि हामीले कमाउनसक्ने गरी स्ट्राटेजी बिल्ड गर्नुपर्छ हामीले।

[6:23]जसमा मेरो गोल के भयो अब? एज अ एडभान्स ट्रेडर एज अ शार्प ट्रेडर दश एक लाख रुपैयाँलाई म टेन टाइम्स बनाएर निकाल्न चाहन्छु। दश लाखलाई एक करोड सो बीस लाखलाई सो ठूलो क्यापिटल भएपछि यो रिटर्न चाहिँ अलिकति घटाउनुपर्छ।

[6:37]सो ठूलो क्यापिटलमा त्यो लेभलको रिटर्न निकाल्न सकिँदैन। तर सानो क्यापिटलमा हामी दश पन्ध्र लाख, बीस पच्चीस लाख, तीस लाखसम्म क्यापिटलमा हामी यो रिटर्न मेन्टेन गर्न सक्छौँ भने तपाईँहरु सबैजनालाई मन छैन त? सो इनिसियल क्यापिटल हाम्रो यो फेजबाट छिरेर भोलि बुलको एन्डमा पैसालाई कम्पाउन्ड गरेर कति गुना बनाएर अनि सेफ ल्यान्डिङ गर्ने।

[6:54]यसको लागि हामीलाई के चाहिन्छ? अब यो भयो गोल भयो। यसको लागि के चाहिन्छ? सिस्टम एन्ड स्ट्राटेजी। सो यसको लागि जान्नुपर्ने छ त? यो त प्रोफेसन भयो मेरो लागि। मेरो व्यापार व्यापार जस्तो भयो।

[7:02]मेरो व्यापारमा अथवा मेरो इन्भेस्टमेन्टमा मैले म काम पनि गर्छु। मेरो लगानी पनि छ। म समय पनि दिन्छु। तर मलाई मन्थ्ली यति पर्सेन्टेज चाहिँ रिटर्न चाहियो है। यो के साइडबाट देखियो अब हामीले? नेप्से बढ्छ कि घट्छ? बुल आयो सबले कमाउनुपर्छ। मैले पनि कमाउनुपर्छ।

[7:15]यो प्रोस्पेक्टबाट टोटल साइडमा आएर म बिजनेस प्रोस्पेक्टमा गएँ जहाँ मैले लगानी गरेको छु। समय र पैसा र त्यसले मलाई मन्थ्ली रिटर्न निकालेर दिनुपर्छ। सो कति गोल हो? रियालिस्टिक गोल कसरी सेट गर्ने त? अहिलेसम्मको आफ्नो ट्रेड सिस्टममा बसेर गरेको ट्रेडको क्याल्कुलेसन गर्ने।

[7:31]यदि अहिलेसम्म दुई तीन पर्सेन्ट मन्थ्ली निकाल्न सक्नुभएको छ भने गोल पाँच पर्सेन्ट राख्न सकियो। यदि अहिलेसम्म पाँच पर्सेन्ट निकाल्नसक्नुभएको छ भने सिकेर, मेहेनत गरेर, मजाले अझै बढी तपाईँको हार्डवर्क गरेर सात आठ पर्सेन्टको पनि निकाल्न सकियो। यसरी रियालिस्टिक गोल निकाल्नुपर्छ।

[7:44]तर मैले अहिलेसम्म सिस्टम सेट गरेको छैन। न मेरो स्ट्राटेजी छ। मलाई सामासाना माइ मार्केटका मूभमेन्टहरुमा पनि मेरो माइन्डसेट विक हुन्छ। म ब्याड डिसिजन धेरै लिन्छु। म गल्तीहरु धेरै गर्छु भने मैले स्टक मार्केटबाट तीन महिनामा मेरो पैसा डबल गर्ने स्टक खोज्दै हिँड्ने हो भने के हुन्छ? एक्सिडेन्ट हुन्छ। त्यो केसमा हामी डुब्ने नै हो। आज नडुबूला, भोलि नडुबूला, कुनै न कुनै पोइन्टमा डुब्ने नै हो।

[8:02]है त। अब यसमा योलाई मैले अब ब्रेकडाउन गर्छु कि दश पर्सेन्ट होइन कि पाँच पर्सेन्ट मन्थ्ली गोल निकाल्नको लागि हामीलाई कुन सिस्टमको जरुरी पर्छ।

[8:10]अब मेरो गोल के हो? पाँच पर्सेन्ट मन्थ्ली रिटर्न निकाल्ने हो। यसमा मेरो कन्स्ट्रैन्टहरु के के हुन् त भन्दा म रिस्क रिवार्ड १:३ को अवस्थामा मात्रै म ट्रेड गर्छु भनेको हो। यस्तो ठाउँमा बाइ गर्छु जुन ठाउँमा मैले घाटामा बेच्नुपर्यो भने मैले हजार रुपैयाँ मात्रै घाटामा बेच्नुपर्योस्।

[8:26]र यदि नाफामा बेच्न पाएँ भने म तीन हजार नाफामा बेच्न पाएँ। सो १:३। अब हामीले एक लाखलाई ब्रेकडाउन गर्छौँ भने र एउटा ट्रेडमा हामी पन्ध्र पर्सेन्टसम्मको सो दश देखि पन्ध्र पर्सेन्टको हामी टार्गेट राखेर ट्रेड गर्छौँ भने यसमा मेरो कन्स्ट्रैन्ट के के हुने भयो? एउटा रिस्क रिवार्ड १:३।

[8:40]सो पन्ध्र पर्सेन्टको लागि भनेर मैले हेर्नुपर्ने भयो। दोस्रो भनेको कति समय? टाइम। सो यो टाइम अहिले निस्किन्छ। कति समयभित्र एचिभ हुने भन्ने कुराकानी। यसमा सबभन्दा मेजर आउँछ मेरो ट्रेडिङ एक्युरेसी र एनालाइसिस एक्युरेसीको कुराकानी।

[8:55]ओके। म महिनामा अब कतिवटा ट्रेड लिँदैछु त? पाँचवटा ट्रेड लिँदैछु। यसको मिनिङ भनेको म एक लाख रुपैयाँले म पाँच चोटि ट्रेड गर्दैछु।

[9:05]फाइन। वा मेरो एक लाखलाई मैले पाँच भागमा डिभाइड गरेँ। बीस बीस हजारको मैले पाँचवटा ट्रेड लिँदैछु। सो बीस बीस हजारको पाँचवटा ट्रेड लिने भन्नुस् वा दश लाखको ट्रेडिङ क्यापिटल चाहिँ म एकचोटिमा साढे दुई लाख दुई लाखको म ट्रेड लिँदैछु भनेर भन्नुपर्यो।

[9:20]यसमा अब यो कुराकानी गर्दै गर्दा हाम्रो एनालाइसिस एक्युरेसी फिफ्टी पर्सेन्ट छ मानिलिनुस्। सो फिफ्टी पर्सेन्ट भनेको के हो? पाँचवटा ट्रेड हो। फोर्टि पर्सेन्ट नै भनौँ।

[9:27]पाँचवटा ट्रेडमा विनिंग ट्रेड दुइटा लुजिङ ट्रेड तीनटा। भनेको के हो त? म दुईचोटि चाहिँ म मेरो टार्गेट एचिभमा म पन्ध्र पर्सेन्टको टार्गेट राख्या छु। म सक्सेसफुली सेल गर्न सक्या छु।

[9:42]यदि म चाहिँ तीन चोटि चाहिँ म स्टप लस हिट भयो मेरो स्टप लसमा घाटामा बेच्नुपर्यो। अब हिसाब किताब गरौँ है त। मैले एकचोटिको लटमा फर एक्जम्पल तपाईँको एक लाखको ट्रेड गर्दैछु वा बीस हजारको ह्वाटएभर केही फरक परेन।

[9:54]सो यदि एक लाखको ट्रेड गर्दैछु एकचोटिको एमाउन्ट भने मेरो लस जानसक्ने कन्डिसन कति भयो? पाँच पर्सेन्ट भयो। प्रोफिट जानसक्ने कन्डिसन कति भयो? पन्ध्र पर्सेन्ट भयो।

[10:07]सो ह्वाट टेन पर्सेन्ट? मिनिमम टेन पर्सेन्ट राखौँ। त्यो पनि केही फरक परेन। म मेरो घाटा तीनचोटिको ट्रेडमा मेरो घाटा कति भयो? एक लाखमा पाँच पर्सेन्ट लस भनेको कति हो? पाँच हजार रुपैयाँ। तीनचोटिमा कतिचोटि भयो? कति हजार भयो? पन्ध्र हजार लस यो भयो।

[10:24]तर मेरो दुईवटा ट्रेड सक्सेसफुल छ जुन म दश पर्सेन्टको प्रोफिटमा एक्जिट गर्या छु भने दश पर्सेन्ट प्रोफिटको आधारले प्रत्येक ट्रेडमा कति फाइदा भयो? दश हजार फाइदा भयो। दश हजार प्लस दश हजार भनेको कति भयो? बीस हजार भयो।

[10:35]बीस हजारमा पन्ध्र हजार मैले घटाएँ भने मसँग कति बच्यो त? सो पाँच हजार रुपैयाँ बच्यो। एक लाखले म पाँचचोटि ट्रेड गर्दैछु। वा म यसलाई डिभाइड गरेर चाहिँ ट्रेड गर्दैछु। यसमा मेरो एउटा ट्रेडमा मेरो दश पर्सेन्टको मिनिमम टार्गेट एचिभ भएर मेरो दुइटा मात्रै सक्सेसफुल हुन्छ र तीनटा अनसक्सेसफुल हुन्छ भने पनि भनेको ओभरअल एक्युरेसी मेरो फोर्टि पर्सेन्ट भए पनि म पाँच हजार चाहिँ महिनामा रेगुलर पैसा कमाउने रहेछु।

[11:03]फाइन। यदि मैले एनालाइसिस एक्युरेसीलाई वा ट्रेडिङ एक्युरेसीलाई मैले पाँच पर्सेन्ट के रे अ सिक्स फोर्टि पर्सेन्ट नगरेर म सिक्सटी पर्सेन्ट, फिफ्टी पर्सेन्ट, सेवेन्टी पर्सेन्ट पुर्याउन सकेँ भने म यो पोसिबिलिटी मैले ज्यादा लिने रहेछु।

[11:17]सो मन्थ्ली एक महिनामा लाई ब्रेकडाउन गर्नुपर्यो। एक महिनामा मैले पाँच पर्सेन्ट यो त पाँच हजार प्रोफिट भयो। पाँच पर्सेन्ट प्रोफिट निकाल्नको लागि मैले कतिवटा ट्रेड गर्नुपर्छ? कति समय मैले होल्ड गर्नुपर्छ? क्याल्कुलेट गरेर निकाल्नुपर्यो।

[11:32]यति भइसकेपछि यो मेरो सिस्टम भयो। यो मेरो के सिस्टम हो त? भनेको म ट्रेड गर्छु एकचोटि यस्तो ठाउँमा ट्रेड गर्छु जहाँ लस पाँच पर्सेन्टभन्दा ज्यादा नहोस्। लसमा बेच्नुपर्यो भने पाँच पर्सेन्टभन्दा ज्यादा लसमा बेच्न नपरोस्। प्रोफिटमा बेच्नुपर्यो भने म दश देखि पन्ध्र पर्सेन्टमा ट्रेड गर्छु र महिनामा मैले पाँचवटा मात्रै ट्रेड गर्छु।

[11:47]एउटा ट्रेडको लट साइज भनेको एक लाख रुपैयाँ हुन्छ। यसरी हिसाबकिताब गरौँ। त्यसपछाडि त्यसलाई हामीले जर्नलमा मेन्टेन गर्दै जाऔँ। अब यसलाई ट्रेड गर्नको लागि मैले तपाईँहरुलाई प्रिभियस भिडियोमा पनि बताएको थिएँ। यो सर्ट पोजिसन ट्रेडिङ स्ट्राटेजी हो। मे बि ईएमए बेस स्ट्राटेजी प्रयोग गर्दा बेटर भयो।

[12:00]म चार्ट नै खोलेर यो कसरी एचिभ गर्नसकिन्छ त भनेर देखाइदिन्छु। ठिक छ?

[12:08]म सिक्न चाहन्छु। म सिरियस ट्रेडर बनाउन बन्न चाहन्छु। म आफ्नो पैसालाई राम्रो अमाउन्टमा कम्पाउन्ड गरेर म सेफ एक्जिट गर्न चाहन्छु र म हजुरसँगै सिक्न चाहन्छु भन्ने को को हुनुहुन्छ? उहाँहरुको लागि चाहिँ दुइटा अपर्चुनिटी छ। फिजिकल ट्रेनिङ फिजिकल ट्रेनिङ कमलपोखरीमा तीनटा ब्याच साढे छ, साढे बाह्र, साढे पाँचको तीनटा ब्याच एउटा ब्याचमा पन्ध्र जना मात्रै एक महिनाको ट्रेनिङ हुँदैछ।

[12:30]यो हाम्रो साउन पन्ध्रबाट सुरु हुँदैछ। तर यो मार्केटको कन्डिसनले सिटहरु केही बाँकी छ। यसमा कन्ट्याक्ट गर्नसक्नुहुन्छ। दिएको ह्वाट्सएपको नम्बरमा।

[12:38]भने अर्को पावरफुल सबभन्दा हाम्रो पावरफुल भनेको प्रो ट्रेडर प्याकेज जुन अनलाइन भिडियो हुन्छ। यी सबै कुराकानीमा यहाँ हामीले टेक्निकल एनालाइसिसको ट्रेनिङ मात्रै होइन। टेक्निकल त सबै कुराकानी पर्छ। हाम्रो अनि त्यसपछि स्ट्राटेजीहरु फाइनल, त्यसपछि स्ट्रक्चर्सहरु।

[12:52]त्यसपछि माइन्डसेट कन्ट्रोल कसरी गर्ने? त्यसपछि ट्रेडिङ इन्टुइसन कसरी डेभलप गर्ने? त्यो भनेको के हो त? म कन्फिडेन्स छु भने झ्याम्मै पाँच हजार कित्ता किन्न सक्छ कसैले, कसैले सय कित्ता, दुई सय कित्ता कति किन्छ।

[13:02]वक्कै धेरै किन्नुपर्ने रहेछ भन्ने हुन्छ। सो त्यो डिसिजन मेकिङ एबिलिटी कसरी बिल्ड गर्ने भनेर एक वर्षको ट्रेनिङ हुँदैछ। र यो ट्रेनिङमा तपाईँको प्रो ट्रेडरको ट्रेनिङमा चाहिँ हाम्रो बाइ सेल रिकमेन्डेसन रेफरेन्स जुन स्टक कुन स्टक किन्ने भनेर गर्नको लागि हामीले अलरेडी स्टकहरु त्यो पनि क्लियरली।

[13:16]कुनै सर्ट पोजिसन, कुनै लङ पोजिसन, कुनै यति पिरियड भनेर क्लियरली डिफाइन गरेर त्यो पनि तपाईँहरुले पाउनुहुन्छ। यो चाहिँ एक्जिलरी सर्भिसको रुपमा फ्रीमा पाउनुहुन्छ। यो दुईवटा बुक गर्नको लागि, दुइटै पन्ध्र गतेबाट स्टार्ट हुँदैछ। यो दुईवटा बुक गर्नको लागि चाहिँ दिएको ह्वाट्सएपको नम्बरमा म्यासेज गर्नुहोला।

[13:35]अब सर्ट पोजिसनको ट्रेडिङ स्ट्राटेजी मेरो दश देखि तपाईँको पन्ध्र पर्सेन्ट टार्गेट। मेरो ट्रेड एक महिनामा क्लोज हुनु जरुरी छ। एक महिनाभित्रै मैले पाँच पर्सेन्टको प्रोफिट निकाल्न जरुरी छ भने मलाई एक महिनाभित्र मलाई पन्ध्र पर्सेन्टको टार्गेट एचिभ हुने खालको ट्रेड कस्तो खालको ट्रेड होला त भन्दा सर्ट पोजिसनको लागि छिटो एचिभ हुनुपर्यो।

[13:53]छिटोको मिनिङ गाडी कुदिसकेको गाडीमा चढ्नुपर्यो। अलिअलि हिँड्न लागिसकेको गाडीमा चढ्नुपर्यो। भनेको कन्सोलिडेसन फेजमा भएको होइन कि मूभ अथवा तपाईँको अ मूभ मोमेन्टम आइसकेको स्टकमा हामी इन्टर गर्नुपर्यो।

[14:10]यसको लागि हामीले प्रयोग गर्नसक्छौँ स्ट्राटेजी डेली मोमेन्टम सिक्सटीको अराउन्डमा भएको स्टकहरु। सो वान्स सिक्सटी ब्रेक गरेर माथि गएको कन्सोलिडेटिङ फेजमा वा तपाईँको मार्केट घट्दै गर्दाको फेजमा पनि मार्केट सिक्सटीभन्दा माथि छ भने हामी मोमेन्टम आइसकेको स्टक भनेर हामीले लिनसक्छौँ जसमा हामी स्टक फिल्टर फिल्टरिङको लागि प्रयोग गर्छौँ।

[14:27]सो म अब यहाँ प्रयोग गर्नेवाला छु। अल्फा यहाँ नेप्से अल्फा प्रयोग गरेर स्क्रिनिङ टूल प्रयोग गरेर पनि हुन्छ। म्यानुअली कुनको सिक्सटीभन्दा ज्यादा छ त्यो धेरै पनि हुन्छ। यो तपाईँले यहाँ हेर्दै गर्दा मैले यहाँ टूल प्रयोग गर्दिन्छु।

[14:39]सो यहाँनिर पिटि अल्फा स्क्रिनमा स्टक स्क्रिनर भनेर छ। टेक्निकल स्क्रिनरमा म यहाँ गएँ। सो यहाँनिर मलाई अरुको टेन्सन भएन केही पनि। सो ओन्ली आरएसआइ मेरो आफ्नो रेन्ज रेन्ज बनाउँछु जसमा स्टक फिल्टर गरेर यसले दिइदिनुपर्यो।

[14:52]अहिलेको कन्डिसनमा स्टक पचपन्न देखि बैसट्ठीको बिचमा रहेको स्टकलाई मैले यहाँ फिल्टर गरेँ। सो यसले रिजल्टमा के दियो त भन्दाखेरिमा चाहिँ हाम्रो रिजल्टमा चौबीस वटा स्टक रहेछ। जुन स्टक भनेको मैले भनेको कन्डिसनअनुसार बसेको रहेछ।

[15:13]सो मैले भनेको कन्डिसनअनुसार बसेको रहेछ। सो मोमेन्टम स्टिल बाँकी रहेछ स्टकमा। सो मोमेन्टम बाँकी छ भने यो स्टक हिँडिरहेको छ। सो कम मोमेन्टम किन चुज गरौँ हामीले? सिक्सटी न चुज के रे सेवेन्टी सेवेन्टी फाइभ चुज नगरेर एटिफाइभ चुज नगरेर एटि चुज नगरेर हामी किन सिक्सटीको अराउन्ड चुज गर्यौँ भने गाडीको एक्जम्पल दिएँ मैले।

[15:29]बिस्तारै हिँडेको वा भर्खर हिँड्न लागेको गाडीमा चढ्न सकिन्छ। एक्सिडेन्ट हुँदैन। तर मोमेन्टम ज्यादा आइसकेको सो स्पिडमा कुदिरहेको गाडीमा चढ्दाखेरिमा एक्सिडेन्ट हुनसक्छ। त्यो केसमा हामी एकदम हायर मोमेन्टम आइसकेको केसमा चाहिँ जुनसुकै टाइममा पनि एक्सिडेन्ट हुनसक्छ। त्यो बेलामा हामी इन्ट्री गर्दैनौँ।

[15:45]सो इन्ट्रीको लागि क्राइटेरिया भनेको यो भयो। अब यसमा मैले स्टकहरु सेलेक्सन गरेँ कि यी स्टकहरु मैले लिस्ट गरेँ। यो स्टकलाई इन्डिभिजुअल एनालाइसिस गर्नुपर्यो। एनालाइसिस गर्ने बेटर अब्जर्भ गर्नको लागि।

[15:57]एनालाइसिस गरेर हेरेर चार्ट हेरेर सपोर्टमा छ भन्दैमा यो गर्यो भन्दैमा ब्रेकआउट भयो भन्दैमा किन्ने होइन। अब प्रयोग गर्नुपर्यो स्ट्राटेजी। अब स्ट्राटेजी कुन प्रयोग गर्नेवाला छु म? सो म ईएमए बेस स्ट्राटेजी प्रयोग गर्दैछु।

[16:07]अब यहाँनिर पिटि ख्याल गर्नुस् है त। अब यी सबै चार्टलाई डिटेल एनालाइसिस गर्नुभन्दा पहिला यो चार्टको स्ट्रक्चर कस्तो खालको छ हेर्नुपर्यो। स्ट्रक्चर भनेको के हो? सो चार्ट तपाईँको स्टक ट्रेन्डिङ अप ट्रेन्डमा गएर रेजिस्टेन्सको नजिक छ कि मुख्य रेजिस्टेन्सको नजिक छ कि होइन एकचोटि बढिसकेपछि घटेर डिमान्ड जोनको वरपर फर्केको बस्या छ कि?

[16:26]धेरै टाइम कन्सोलिडेटेड भएर भर्खर ब्रेकआउट गर्या छ कि? होइन। अनि तपाईँको ल्टिपल टाइम मार्केट माथि गइसकेर सो सय, दुई सय, तीन सय पर्सेन्ट गेन भइसकेर माथिपट्टि भइराख्या छ कि? सो एक्युमुलेसन डिस्ट्रिब्युसनमा डिस्ट्रिब्युसन स्टार्ट भइसकेको छ कि?

[16:40]यी विभिन्न सिनारियोबाट म सुरुमा झट्टै स्क्रिन गर्दिन्छु। झट्टै चार्ट हेरौँ। चार्ट यसो हेर्दाखेरिमा हायर टाइम फ्रेमबाट। उदाहरणको लागि मैले यहाँ हेरेँ। सो एउटा स्टकलाई मैले प्रयोग गरेर हेरेँ। ठिक छ?

[16:52]स्क्रिनरले मलाई के भन्यो? सो मेरो अरु कन्डिसन पनि होला। म मिड क्याप चुज गर्छु। म तपाईँको चाहिँ लो क्याप चुज गर्दिन। किन मलाई छिटो इन्ट्री गर्नुपर्छ। छिटो एक्जिट गर्नुपर्छ।

[17:00]सो मोमेन्टम पहिलो क्राइटेरिया भयो। सेकेन्ड क्राइटेरिया भनेको लिक्विडिटी। स्टक इन्टर गर्नलाई पनि एभाइलेबल हुनुपर्यो। बेच्नलाई पनि एभाइलेबल हुनुपर्यो। लो क्याप स्टकहरु यसमा पर्दैनन्। भोलि बेच्ने बेलामा बायर नै नहुनसक्छन्।

[17:12]त्यसकारणले गर्दा हामी मिड क्याप स्टकतिर जान्छौँ। मिड क्याप स्टक वा लो र मिड क्यापको बिचको स्टकमा हामी चुज गर्यौँ। एउटा फिल्टर। अर्को फिल्टर के गर्न सकियो? म हाइ प्राइसको चाहिँ म किन्दिन। यो हजारभन्दा माथि गइसकेको चाहिँ म किन्दिन। हजारभन्दा मुनिको किन्छु भने यसलाई पनि तपाईँको यो डेटा सबैलाई एक्सेलमा लगेर सर्ट फिल्टर गरेर हजारभन्दा माथिका नराख्ने गरी माथिकालाई मात्रै टेस्ट गर्न सकियो।

[17:32]सो एउटा स्टक मैले चेक गर्न खोजेँ। जुन स्टक हजारभन्दा मुनि छ। त्यो स्टक भनेको के रहेछ त भन्दा अनि यसमा फन्डामेन्टल्समा बिलिभ गर्नुहुन्छ वा फन्डामेन्टल्सले तपाईँलाई कन्फिडेन्स दिन्छ भने त्यो पनि एड गर्दा हुन्छ। फन्डामेन्टली अलि राम्रा स्टकहरु सो माइनस इपीएस भएका, बुक भ्यालु पनि सयभन्दा कम भएका स्टकलाई नराखेर त्यसमा अलिकति राम्रा स्टकलाई राख्न सक्नुहुन्छ।

[17:50]यसमा मैले राखेँ फर एक्जम्पल एउटा एसएफसीएल राखेँ। एउटा मैले के राखेँ? दोर्दी राखेँ। सो एसएफसीएल र दोर्दीलाई मैले चेक गर्न खोजेँ।

[18:07]अब यसलाई हेर्दा कसरी हेर्ने त? भन्दा विक्लि चार्टमा वा डेली चार्टमा हेरेर मेजर यो कुन एरियामा छ भनेर हेर्नुपर्यो।

[18:17]सबभन्दा पहिला इम्पोर्टेन्ट चिज के रहेछ त? के भयो त? सो यो चाहिँ स्टक क्रिटिकल रेजिस्टेन्सको एरियामा रहेछ। यो एरियामा रहेछ।

[18:31]ओहो यो स्टक ठिक ठाउँमा रहेनछ। सो धेरै टेन्सन लिनुपर्ने भएन। यसमा मलाई कन्फिडेन्स आएन। सो हाइपोक्रिटिक कुन हुन्छ? भोलिकै दिनमा मार्केटमा करेक्सन सुरु भयो भने यहीँबाट झर्न सक्छ। भनेपछि यो स्टकलाई मैले अहिले फाल्दिएँ। सो अर्को मैले राखेँ सो दोर्दी।

[18:52]दोर्दी चाहिँ के रहेछ? सो इनिसियल्ली मार्केट बढेको रहेछ। मजाले बढेको रहेछ। त्यसपछाडि यो कन्सोलिडेसन वा करेक्सनमा गएको रहेछ र अहिले यहाँनिरबाट घुमेको रहेछ।

[19:06]सो एसएफसीएलभन्दा बेटर बरु मलाई यहाँनिरसम्म वा यी रिजनसम्म टार्गेट राखेर म यो पो स्टक हेर्नसक्छु कि भनेर म एसएफसीएललाई लिस्टबाटै हटाइदिएँ मेरो तत्कालको लागि। मैले के मा गएँ? दोर्दीमा गएँ।

[19:17]दोर्दीमा गइसकेपछि अब यसलाई मैले आवरली टाइम फ्रेममा एनालाइसिस गर्नुपर्यो। आवरली टाइम फ्रेममा एनालाइसिस गरेर आवरली टाइम फ्रेमको ईएमए प्रयोग गर्दा हुन्छ यसको इन्ट्रीको लागि। अब आवरली टाइम फ्रेममा।

[19:27]म अब यो दुइटा मात्रैमा गरेँ। यो दुइटा मात्रैमा गर्ने होइन। त्यहाँ जति पनि लिस्टहरु छन् ती सबैमा गर्नुपर्यो वा आफ्नो क्राइटेरिया मिट भएका आठ दश वटा स्क्रिनमा यो क्राइटेरिया प्रयोग गरेर हेर्नुपर्यो।

[19:35]जसको स्ट्रक्चर राम्रो छ नि। स्ट्रक्चर भनेको के हो? भर्खर बटमबाट तपाईँको ट्रेन्ड लाइनहरु ब्रेक भएर माथि गाएको छ। रिस्की छैन। मेजर सप्लाई जोनको नजिक छैन। स्ट्रक्चर भनेको तपाईँको कुनै पनि स्ट्रक्चरको बेस फर्मेसन भाएको छ डिमान्ड जोनमा आएर त्यो डिमान्ड जोनबाटै फर्केको छ।

[19:50]पुलब्याकबाट फर्केको जे जे जान्नुभएको छ नि तपाईँहरुले त्यो स्ट्रक्चरहरु पहिला चेक गर्नुपर्यो वा कुनै फ्ल्यागको प्याटर्न ब्रेक भएको छ कि? यस्तो खालको। अब यहाँ आवरली चार्टमा गएँ। आवरली चार्टमा गइसकेपछि मैले के गरेँ त? ईएमए सो मूविंग एभरेज एक्सपोनेन्सियल बेसबाट म ट्रेड गर्दैछु। यो स्टकलाई।

[20:09]सो म यहाँनिर गएँ। मूविंग एभरेज एक्सपोनेन्सियलको सेटिङमा चेन्ज गरेर यसलाई मैले कति बनाइदिएँ? सो फिफ्टी पिरियडको मूविंग एभरेज बनाइदिएँ। क्रस पनि युज गर्न सक्नुहुन्छ है। मूविंग एभरेजको क्रस पनि युज गर्नसक्नुहुन्छ। फिफ्टी पिरियड मूविंग एभरेज बनाइदिएँ।

[20:23]यसलाई मैले हाइलाइट गर्नको लागि यसको कलर अलिकति फरक बनाउँछु। सो यसको कलर बनाउँ यहाँनिर पिटि गएर सो यल्लो यल्लो कलर मैले बनाइदिएँ। र अलिकति मैले यो मेजर हाम्रो डिसाइजिङ डिसाइडिङ फ्याक्टर भएको कारणले गर्दाखेरिमा मैले के गरेँ त भन्दा यसलाई थिकनेस पनि बढाइदिएँ।

[20:42]सो थिकनेस बढाउँदै गर्दा अब म मेरो स्ट्राटेजी के हो त? यो स्टक कुनै पनि बुलिश क्यान्डल, बुलिश क्यान्डल भनेको ठूलो बडी भएको क्यान्डलले ईएमएको लाइनले त्यो क्यान्डललाई ब्रेक गर्या छ अथवा क्यान्डलले ब्रेक गरेर माथि गाएको छ भने ईएमएको लाइनलाई ब्रेक गरेर माथि गाएको छ भने म त्यहीँ रेन्जभित्र किन्छु भनेर म रेन्ज डिफाइन गर्छु।

[20:57]अब मैले यहाँ चेक गर्न खोजेँ भने सो दोर्दीको इन्ट्री रेन्ज कहाँ आउने भयो? यहाँ चेक गर्नुस् है। ल्टिपल टाइम यसले दिएको छ अपर्चुनिटी। सो दोर्दीलाई मैले ट्र्याक गरिरहेको छु। दोर्दीको मोमेन्टम राम्रो छ। स्टक सबैथोक ठिक छ।

[21:11]सो इनिसियल फेजमा यसले बुलिश क्यान्डलले ब्रेक गरेर ईएमएको लाइन घुम्नुपर्यो। यसरी घुम्नुपर्यो। सो यो फेजमा घुम्यो तर फेरि तलतिर आयो। म यहाँ लिदिन। यो बुलिश क्यान्डल थियो तर म यहाँ लिदिन।

[21:23]सेकेन्ड केसमा म यो क्यान्डल हेर्छु। यो क्यान्डल भनेको बुलिश क्यान्डल पनि हो। ईएमएको लाइन घुम्या पनि छ। सो म अब के गर्छु? म यो रेन्ज डिफाइन गर्छु। यहाँनिर मार्केट आउँदाखेरिमा म इन्ट्री गर्छु है भनेर बस्छु। सो इन्ट्रीको लागि मेरो सिनारियो बन्यो।

[21:37]अब म टार्गेटको लागि सिनारियो क्रियट गर्नुपर्यो। त्यसैगरी प्राइस एक्सन, सपोर्ट रेजिस्टेन्स वा सिम्पल एनालाइसिसबाट वा सिम्पल टार्गेटबाट मैले प्रिभियस मार्केट फर्केको रिजन यो रिजन मैले एज अ टार्गेटको रुपमा बनाएँ। मैले स्टप लस कहाँ राख्छु त? सो म रिसेन्ट पुलब्याकको तलपट्टि राख्छु।

[21:54]यो मेरो स्ट्राटेजी हो। यो मेरो के स्ट्राटेजी हो त? भनेको ईएमएको लाइन बुलिश क्यान्डलले ब्रेक गर्नुपर्यो। घुम्नुपर्यो। त्यो रेन्जमा बाइ रेन्ज राख्छु। लेटेस्ट पुलब्याकमा म स्टप लस राख्छु।

[22:04]टार्गेट मेरो तपाईँको मार्केटका प्रिभियस स्विङ हाइहरुमा म राख्छु भनेपछि यो स्ट्राटेजीअनुसार म यहाँ लगाउँदा रिस्क रिवार्ड कति मिल्यो त अब मलाई? सो म म त म ट्रेड क्याच गर्न खोजेँ। सेटअप गर्न खोज्दैछु।

[22:15]यहाँनिर पिटि रिस्क रिवार्डको टूल क्यालकुलेटर गरेर राख्दा सो यो रेन्जमा बाइ गर्ने अवसर पनि दिएको छ। पुलब्याक भनेपछि म लेटेस्ट पुलब्याक मैले यहाँ राखेँ। मैले टार्गेट भनेको यो रेन्जसम्म राखेँ भने सो सिक्सटीन पर्सेन्टको टार्गेट फाइभ पोइन्ट जेरो एटको रिस्क रिवार्ड भनेपछि थ्री वान: थ्री को मिल्यो।

[22:29]पन्ध्र पर्सेन्टभन्दा ज्यादा प्रोफिट अर्थात् दश देखि पन्ध्र पर्सेन्टको बीचमा चाहिया थियो। हामीलाई यो पनि मिल्यो। अब यसमा मैले के गरेँ त? यहाँ पुगिसकेपछि जुन क्यान्डल छ बुलिश क्यान्डल यो क्यान्डलमा आउनेबित्तिकै म इन्ट्री गरेँ।

[22:42]सो इन्ट्री मेरो कुन एरियामा भयो त? इन्ट्री हेर्नुहुन्छ भने इन्ट्री भनेको मेरो झन्डै झन्डै चार सय आठ, चार सय दशको रिजनतिर मेरो इन्ट्री भयो। स्टप लस कहाँ हुन्छ? म घाटामा बेच्नुपर्यो भने बेच्नको लागि म कहाँ तयार हुन्छु? सो मार्केटले यदि तीन सय पचपन्नभन्दा तल गयो भने म घाटामा पनि बेच्छु।

[22:54]भने यसमा मैले घाटाको पर्सेन्टेज कति राख्या छु? तीन पर्सेन्ट मात्रै। सो पाँच पर्सेन्ट पनि राख्या छैन। नाफा भए सोह्र पर्सेन्ट घाटा भए तीन पर्सेन्टको ट्रेड भयो यो। अब यो एउटा मेरो के भयो? दोर्दीको ट्रेड भयो।

[23:04]आजको दिनमा दोर्दीको त्यो क्यान्डल कहाँ छ त? सो यहाँ छ। तपाईँहरुले चेक गर्नुस्। सो त्यो क्यान्डल यहाँ छ। बुलिश क्यान्डल घुमेको क्यान्डल। इन केस मार्केट यहाँ आउँछ भने दोर्दीमा अगेन बाइ गर्नसक्छु। लेटेस्ट पुलब्याकमा म चाहिँ के राखेर स्टप लस राखेर।

[23:20]अब यहाँ के गर्दिन त भन्दा मेरो अब यो एनालाइसिस गर्दै गर्दा यसरी फेरि यो ट्रेन्डलाइन ब्रेक गरेर तल आइसकेको यो भयो त्यो भयो होइन। मेरो स्ट्राटेजीले यसलाई बाइ भन्छ। बाइ गर भन्छ। म यहाँ बाइ गर्छु।

[23:29]ठिक छ? अनि मेरो स्ट्राटेजीले यहाँ पुगिसकेपछि सेल सिग्नल जेनेरेट भयो भने सेल गर है भनेर भन्छ। सो सेल गर्नको लागि बेटर मैले तपाईँहरुलाई सबभन्दा सिम्पल बताएको थिएँ। सुपर ट्रेन्ड प्रयोग गर्दिने।

[23:40]कति टाइमको सुपर ट्रेन्ड प्रयोग गर्दिने? अब सर्ट पोजिसन ट्रेड भएर अब एक घण्टाको एनालाइसिस थियो भने इन्ट्री एक्जिटको लागि हामी फिफ्टीन मिनेट टाइम फ्रेम प्रयोग गर्छौँ।

[23:47]सो यहाँ पुगिसकेपछि मेरो सेटअप त यो थियो। अब मैले सेल जेनेरेसनको लागि मैले सुपर ट्रेन्ड युज गर्दिएँ। सेल सेटअपको लागि। म यो ट्रेड सक्सेसफुली एक्जिट गर्नसक्छु कि सक्दिन भन्ने कुराकानी भयो।

[23:58]दश दुईको सेटिङ। सो म कुन टाइम फ्रेममा लगाउनुपर्यो? पहिला रिजन आइडेन्टिफाई गर्नुपर्यो। रिजन म एनालाइसिस टाइम फ्रेममा आइडेन्टिफाई गर्छु। सो एनालाइसिस टाइम फ्रेम भन्दा फरक टाइम फ्रेममा मलाई सुपर ट्रेन्डले सेल दिएर पनि म सेल गर्दिन।

[24:10]तर इन केस एनालाइसिस टाइम फ्रेममा यो रिजन भनेको मेरो सेलिङ रिजन भैदियो। ठिक छ? यो रिजन। सो म यहाँ पुगेपछि प्रोफिट बुक गर्ने सोचिराख्या छु।

[24:23]अब म यो स्टक यहाँ जाँदाखेरिमा म के टाइम प्रयोग प्रयोग इनेबल गर्दिन्छु? फिफ्टीन मिनेट टाइम फ्रेम इनेबल गर्दिन्छु। यहाँ गइसकेपछि सेल जेनेरेट सुपर ट्रेन्डमा के हुन्छ त? सो हरियो लाइन यसरी तल बसिरहेको इमिडियटली रातोमा चेन्ज हुन्छ।

[24:38]यहाँ गइसकेपछि एउटा यहाँ रातोमा चेन्ज भयो। एउटा यहाँ रातोमा चेन्ज भयो। जुन क्यान्डलमा रातोमा चेन्ज भयो त्यही क्यान्डलमा म बेचिदिन्छु यो स्टक। यदि यसले सेल सिग्नल दिएन भने यहाँ गइसकेपछि फिफ्टीन मिनेटको टाइम फ्रेमको सुपर ट्रेन्डले यदि सेल जेनेरेट गरेन भने म स्टकलाई चलाउँदिन।

[24:50]म के गर्छु त? यसलाई होल्ड गर्छु। जबसम्म सेल दिँदैन फिफ्टीन मिनेट टाइम फ्रेम अझ उता पट्टि हाम्रो सप्लाईको रिजनसँग म्याच हुने एरियातिर तबसम्म म होल्ड गर्छु। सो पन्ध्र पर्सेन्टको सट्टामा मलाई धेरै प्रोफिट भयो। दिस इज माई सिस्टम।

[25:03]अब मैले बेचेका अब यसमा के के कुराले हामीलाई इफेक्ट गर्नसक्छ त? पहिलो नम्बरमा मैले बेच्नुपर्यो ईएमए स्ट्राटेजीअनुसार यहाँ तल सो चार सय त्रियहत्तरमा बेच्नुपर्यो। तर स्टक पुग्या रहेछ चार सय नब्बेसम्म।

[25:12]ओहो मैले हजार कित्ता किनेको थिएँ। चार सय नब्बेमा म किन बेच्न, चार सय त्रियहत्तरमा बेच्दाखेरिमा मेरो बीस रुपैयाँ घाटा भयो। बीस रुपैयाँ भनेको जति तपाईँको के रे पन्ध्र रुपैयाँ घाटा भयो। पन्ध्र हजार लस हो। ओहो म त बिग्रिएँ। मैले त यो भयो।

[25:31]सो यो सँग हाम्रो केही पनि सरोकार छैन। हाम्रो सरोकार के छ? मेरो गोल पन्ध्र पर्सेन्ट हो। एउटा ट्रेडमा। पन्ध्र पर्सेन्ट एचिभ भएको छ। अनि मेरो गोल के हो? सिस्टमले भनेको मान्ने हो।

[25:39]सिस्टमले सेल सिग्नल जेनेरेट गरेको छ। म कुन क्यान्डलमा सेल गरेको छु? त्यहीँ क्यान्डलमा सेल गरेको छु जुन क्यान्डलमा सेल सिग्नल जेनेरेट भएको थियो। सो आइ एम ओके आइ एम गुड। सो मुभ अन द अनदर स्टक।

[25:52]त्यो हाम्रो वाफ लिस्टमा ट्रेड लिस्टमा भएका अरु स्टकहरु। जुन स्टकले हाम्रा यी क्राइटेरियाहरु मेन्टेन भएको छ। म त्यसमा अर्को ट्रेड लिन्छु। यो हो तरिका। सो उसले के गर्छ त? एनी टाइम यसरी मार्केटलाई हेर्छ।

[26:01]सो एउटा मार्केट सर्ट टर्म ट्रेड गर्ने, सर्ट पोजिसन ट्रेड गर्नेको लागि के भयो त मार्केट? मार्केट आजको दिनमा उसको स्ट्राटेजी नै उसको मार्केट भयो। भनेको म स्टक सेलेक्सनलाई आरएसआइ युज गर्छु। त्यसमा एडीओबी वा आरएसआइ डाइभर्जेन्सर्स पनि चेक गर्छु।

[26:14]मेजर स्ट्रक्चर फाइनान्सिङ गर्छु। जसको कन्भिन्सिङ छ म तीनलाई ल्याउँछु। तीनलाई ल्याइसकेपछि म स्ट्राटेजी लगाउँछु। जसले स्ट्राटेजीले बाइ सिग्नल जेनेरेट गर्या छ। म त्यो रेन्जमा बाइ गर्छु। अनि त्यसपछाडि म चाहिँ सेल गर्ने बेलामा म यो स्ट्राटेजीबाट सेल गर्छु।

[26:28]ओन्ली द्याट। अब यो गर्नको लागि मैले दिनका दिन ट्रेड गर्नुपर्छ? पर्दैन। एक त मसँग क्यापिटल पनि हुँदैन दिनका दिन ट्रेड गर्नको लागि। अर्को मैले ठाउँमा आउँदा वेट गरेर बस्न सक्नुपर्यो र जोनमा किन्नुपर्यो।

[26:37]मोस्ट कन्भिन्सिङ के हुन्छ त? भर्खर मार्केटले यस्तो किसिमको बेस फर्मेसन गर्या छ। भर्खर यहाँनिर पिटि हामीले स्टक पकड्न सकियो भने यो भनेको सबभन्दा बेटर हुन्छ। छिटो धेरै टाइम हामीले होल्ड गर्नुपर्दैन।

[26:48]तर त्यो गर्नको लागि त्यसै सकिन्छ त? सकिँदैन। यो स्ट्राटेजीलाई हन्ड्रेड टाइम्स टेस्ट गर्नुपर्यो। प्रिभियस मार्केटमा कहाँ कहाँ यसले ज्यादा काम गर्या रहेछ भनेर। अब यसको फल सिग्नलहरुबाट बच्नको लागि र बाइ गरिसकेपछि पनि जस्तो यहाँनिर पिटि बाइ भयो तर छिटो प्रोफिट गेन गरेन।

[27:01]यो हुनको लागि पनि हामीले के के एक्स्ट्रा चिज हेर हेर्नुपर्ने रहेछ त भनेर ट्रेडरले के गर्छ त? सो अरु ज्ञानहरु अरु नलेजहरु, अरु ट्रेनिङहरु उसले लिइराखेको हुन्छ ताकि यो स्ट्राटेजीलाई रिफाइन गर्नको लागि।

[27:13]अब नर्मल ट्रेडर नर्मल रिटेलर जसले टेक्निकल एनालाइसिस जानेको छैन, चार्ट हेर्न आउँदैन, स्ट्राटेजी आउँदैन अब उहाँहरुको त म यता पट्टि साइडमा केही पनि कुरा गर्न चाहिन। किनभने उहाँहरु रेसमै आउनुभएको छैन। जेरो बेस जेरोमा स्टार्ट हुनुभएको छ। उहाँहरु भनेको मोस्ट सबभन्दा बढी डुब्ने मान्छेहरु हो स्टक मार्केटमा।

[27:30]सबभन्दा बढी ट्र्याप हुने मान्छेहरु हुन् जुन मैले बताइराखेको हुन्छु स्टक मार्केट इट डिजाइन टु ट्र्याप द रिटेलर्स। हामीलाई रिटेलरलाई ट्र्याप गर्नको लागि डिजाइन गर्या हुन्छ भनेर।

[27:40]दोस्रो यदि कसैले टेक्निकल एनालाइसिस ट्रेनिङ लिनुभएको छ। आफै सँग स जता त आफै यता उताबाट सिक्नुभएको छ। वा ज्ञान छ। ज्ञान के के छ त? फर एक्जम्पल, सपोर्ट रेजिस्टेन्स, प्राइस एक्सन, ट्रेन्डलाइन, चार्ट प्याटर्न, अलिअलि इलियट वेभको बारेमा नि, अलिअलि एसएमसीको बारेमा पनि थाहा छ भने अब उहाँहरुलाई फेरि समस्या के हुन्छ? एनालाइसिसकै कारणले गर्दा डिलेमामा पर्नुहुन्छ।

[27:56]सो किन? स्ट्राटेजी यदि स्ट्राटेजी छैन भने सो एनालाइसिस मात्रै जानेर पनि केही फरक पर्दैन। धेरै जनाको प्रोब्लम के हुन्छ त? सो यहाँ पुगिसकेपछि यहाँ हेरौँ, डबल टप फर्मेसन भयो। कन्फ्लिक्टिङ हुन्छ धेरै चिजहरु।

[28:13]सो यहाँ हेरौँ ट्रेन्डलाइन रेजिस्टेन्स ब्रेक गर्यो। यहाँ हेरौँ भने फेरि फेरि अगेन यहाँ बेस क्रिएसन गर्या छ। त्यो बेस क्रिएसन कहाँ गर्या छ त? प्रिभियस मार्केटको हाइमा आएर गर्या छ। यहाँ नेर पिटिको पुलब्याकमा आएर गर्या छ।

[28:25]एउटा एंगलबाट हेर्यो, स्टक बुलिश देखिराख्या छ। अर्को एंगलबाट झर्यो, हेर्यो, स्टक बेरिस देखिराख्या छ। ईएमए सुपर ट्रेन्ड मात्रै प्रयोग गरेर हेर्यो। सेल सिग्नल जेनेरेट छ।

[28:34]फेरि ईएमएको लाइन प्रयोग गरौँ। क्यान्डल ब्रेक गरेको छ। यो ल्टिपल चिज अनि प्रोब्लम के हुन्छ? फेरि अब अरु वेभहरु जान्नुभएको छैन। यो यो यो यो फेजमा छ। अब अनि त्यसपछि आउँछ मार्केट।

[28:44]फेरि मार्केटमा बुलियो होस्। बुलिश हरियो हरियो बनिरहेको छ भने बुलिश मात्रै देख्ने। बेरिस कुराहरु केही पनि नदेखिने। र बेरिस कन्डिसन छ वा मैले सेल गरेर बस्या छु भने घट्ने मात्रै कन्डिसन देख्ने। यस्ता कमन प्रोब्लमहरु हुन्छन्।

[28:54]यी सबैलाई प्रोटेक्ट केले गर्दिन्छ त? सिस्टमले प्रोटेक्ट गर्दिन्छ। ह्वाट इज द सिस्टम? सो यो यो यो यो चिज क्राइटेरिया फुलफिल टिक टिक टिक फिल्टर गर्छु। लिस्ट ल्याउँछु। ट्रेडमा बस्छु। जोन बाइमा क्याच गर्छु।

[29:03]जोनमा आएपछि म अस्ति अर्को स्टकमा जान्छु। त्यसपछाडि म स्टकलाई एक्जिट गर्छु सक्सेसफुली। अनि म त्यसलाई रिभाइज गर्छु। रिभ्यु गर्छु। वेमा मैले के के मिस्टेक गरेँ भनेर।

[29:10]एकातिर मेरो नलेज बढिराख्या छ। एकातिर एक्सिपिरियन्स बढिराख्या छ। एकातिर पैसा कम्पाउन्डेड भइराख्या छ। दे आर द प्रोफेसनल्स। सो यिनको लागि नेप्से बढोस्, घटोस्, सब इन्डेक्स यो भयो। मार्केटमा पोलिसी आयो आएन।

[29:24]योसँग म्याटर गर्दैन। स्टकमा इन्स्टिच्युसनल इन्ट्री भएको स्टकहरुमा प्रोटेक्टेड हुन्छ जोन। जस्तो यस्तो किसिमको बुलिश क्यान्डलले कुनै पनि यस्तो खालको क्यान्डलले एककास मत ब्रेक गर्दिन्छ भने यी क्यान्डलमा के को इन्ट्री हुन्छ? इन्स्टिच्युसनल इन्ट्री हुन्छ।

[29:37]जहाँ नर्मल्ली रिटेल साइडले अथवा रिटेलरले मार्केटलाई तपाईँको हामीले किन्न खोज्छौँ। सो राइट ठाउँमा। तर ठूला लगानीकर्ता जससँग पैसा ठूलो छ। उनले त्यो जोनमा इनफ लिक्विडिटी भेट्दैनन्।

[29:48]सो त्यसको मिनिङ के हो भनेको इनफ सेलर भेट्दैनन्। त्यसले के गर्छन् त? जेनेरल्ली ब्रेकआउटमा बाइ गर्छन्। सो यस्तो खालको ब्रेकआउटमा बाइ गर्छन्। त्यो ब्रेकआउटमा बाइ गरेको किन प्रोटेक्टेड हुन्छ त? भोलि त्यहीँ नेरी मार्केट आउँदा उनहरुले त्यो सेयर एड गर्छन्।

[30:00]र यो जोनबाट तल जान दिँदैनन्। त नजाने सम्भावना ज्यादा हुन्छ। यहाँ बायरहरु ज्यादा हुन्छन्। ट्रेडर पनि हुने भए, उनीहरु पनि हुने भए। त्यसकारणले यस्ता जोनहरुमा हामीले किन्यो भने हामी प्रोटेक्टेड हुन्छौँ। पहिलो गोल भनेको अब यहाँनिर पिटि क्लियर गर्नुपर्यो।

[30:15]म कुन लेभलमा छु भनेर। म यदि बिगिनर लेभलमा छु। मलाई खासै एनालाइसिस आउँदैन। म कुनै आफ्नो स्ट्राटेजी बनाएको छैन। मलाई म अहिलेसम्म लस मात्रै गरिराख्या छु।

[30:24]बत्तीस सयको पिरियडदेखि अहिलेसम्म आउँदाखेरिमा मैले त्यस्तो केही पनि गर्न जानिनँ भने तपाईँ हामीले ठूलो गोल राख्नु हुँदैन। सो म डबल हुने स्टक लस रिकभर गर्ने भनेर गोल राख्नु हुँदैन। पहिला के हुनुपर्यो? डिजर्भिङ हुनुपर्यो।

[30:35]बी द डिजर्भिङ क्यान्डिडेट। सो डिजर्भिङ हुनको लागि ज्ञान नलेज, स्ट्राटेजी र आफ्नो माइन्डसेट रिफाइन गर्नको लागि हामीले के गर्नुपर्यो? वर्कआउट गर्नुपर्यो।

[30:43]सो त्यो फेजमा हामीले वर्कआउट गर्दै गर्दै गर्दाको फेजमा यदि एउटा लेभलमा पुग्छौँ भने अनि बिस्तारै गोल बनाउ बढाउँदै जान सकियो। सो एज अ ट्रेडर सबभन्दा इम्पोर्टेन्ट के हुन्छ? ट्रेडिङ क्यापिटल लूज नगर्ने।

[30:53]मैले यत्रो समय लगाएर जम्मा गरेको पैसा पहिला घाटा नहोस्। पहिलो गोल प्रोफिट पनि होइन मेरो। सो अहिलेसम्म म घाटामा बेचिरहेको थिएँ। घाटामा बसिरहेको थिएँ। घाटामा ट्रेड गरिराख्या थिएँ। सो अब घाटामा नहोस्।

[31:02]पहिलो गोल। जब त्यो गोलबाट माथि मान्छे जान्छ। म मन्थ्ली थ्री पर्सेन्टको गोल राख्न सक्छु। त्यो पनि एचिभ हुन थाल्यो। फाइभ पर्सेन्टको गोल। त्यो पनि एचिभ हुन थाल्यो। टेन पर्सेन्टको गोल।

[31:09]एबभ टेन पर्सेन्टको गोल एचिभ राखेर ट्रेड गर्नसक्ने मान्छे। धेरैले सक्नुहुन्छ तपाईँहरु। तपाईँहरुलाई नलेज छ धेरै धेरै। तर स्ट्राटेजीले डिफाइन गर्नसक्नुभएको छैन। सो धेरै कुराहरु इलुजनको प्रोब्लमहरु छन्।

[31:21]सो यदि पाँच पर्सेन्टभन्दा ज्यादा वा दश पर्सेन्टभन्दा ज्यादा स्टक मार्केटबाट पैसा कमाउन सकिन्छ भने यो सिस्टमले हामीलाई लेभरेज गर्दियो के। लेभरेज गर्दिएको मिनिङ के हो त? मसँग यति पैसा छ। मसँग ज्ञान छ।

[31:30]म विश्वको जुनसुकै कुना गएर पनि म पैसा कमाउन सक्छु। म जहाँ भए पनि म अनलाइनबाट पैसा कमाउन सक्छु। म कसैको डिपेन्डेन्ट हुनुपर्ने जरुरी छैन।

[31:40]म मेरो जबमा स्टिक गरिराख्नुपर्ने जरुरी छैन। सो म मेरो पैसालाई कम्पाउन्ड गर्दैछु। नलेजलाई कम्पाउन्ड गर्दैछु। अनि त्यसपछाडि मैले कन्टिन्युसली ग्रो गरिराख्या छु।

[31:53]यो हुन्छ स्टक मार्केट प्रोफेसनली। अनि यसले के गर्दैनन् त भने यो फ्लक्चुएसन सँग मतलबै छैन। हामीलाई स्ट्राटेजीसँग मतलब छ। हामीले सेल गर्छौँ। बाहिर निस्किन्छौँ। भोलि मार्केट बढ्ला। यहाँ पुग्ला। नर्मललाई के प्रोब्लम हुन्छ?

[32:02]ओहो मैले बढेको पोइन्टबाट पचास पोइन्ट मार्केट बेचेको पोइन्टबाट पचास पोइन्ट मार्केट के रे स्टक बढ्यो। म त कस्तो गलत रहेछु भन्ने हुन्छ। यसले दिनानुदिन स्टक मार्केटमा लाग्ने मान्छेको माइन्डसेट विक बनाउँदै जान्छ।

[32:12]एनी टाइम ब्याड एक्सिपिरियन्स र रङ्ग इन्ट्री, रङ्ग एक्जिट। रङ्ग इन्ट्री अब त्यसले के मा बनाइदिन्छ त लास्टमा भन्दाखेरिमा चाहिँ यी यस्तो खालकोमा पुर्याइदिन्छ। हामीले किन्नुपर्ने यहाँ बेच्नुपर्ने यहाँ। नर्मल रिटेलरहरुले हामीले के गर्दिन्छौँ त? यहाँ किन्छौँ।

[32:26]अनि त्यसपछाडि यहाँ माथिपट्टि पनि किन्छौँ। अनि यता आउँदा बेचिरहेका हुन्छौँ। बुलिश पिरियडमा पनि हामीले के गर्न सक्दैनौँ त? राम्रोसँग कमाउन सक्दैनौँ।

[32:34]सो अब यहाँनिर पिटि अन्तिममा एउटा कुराकानी म तपाईँलाई बताउन चाहें। सो एचिभेबल हाम्रो गोल भनेको पहिला पैसालाई कम्पाउन्ड गर्ने हो। लङ देख्ने हो। ट्रेडिङ भनेको के हो? मेरो लागि पैसा कमाउने टूल हो।

[32:44]त्यो कमाइको पैसालाई मैले कम्पाउन्ड गर्न सक्नुपर्यो। दोस्रो गोल भनेको दोस्रो भनेको पोइन्ट के रहेछ? आइ ह्याभ टु बि वान हन्ड्रेड पर्सेन्ट डिसिप्लिन।

[32:51]सो यो सिस्टम यो म डाइन दयाँ बायाँ हल्लिनु भएन। वान हन्ड्रेड पर्सेन्ट डिसिप्लिन। नम्बर अफ ट्रेडमा पनि डिसिप्लिन हुनुपर्यो। म महिनामा छ वटा ट्रेड लिँदैछु। छ वटा ट्रेड लिँदैछु। बस त्योभन्दा होइन।

[33:00]अब यसबाट के हुन्छ त भने म चार्ट हेर्नेबित्तिकै किन्दिन। आइ ह्याभ टु बि फाइन्ड आउट द बेस्ट स्टक राम्रो पर्फर्म गर्नसक्ने स्टक। किन मलाई लिमिट छ। छ वटाभन्दा बढी ट्रेड गर्न नसक्ने। अर्को छ मलाई लिमिट।

[33:10]सो मैले मेरो पैसा लूज गर्न सक्दिन। सो बेट सबभन्दा मेन कुरा पनि सेफ स्टक हुनुपर्यो। भोलि घटिनसक्ने चान्सेस नहुने एरियामा मात्रै बाइ गर्नुपर्यो। जोनमा बाइ गर्नुपर्यो।

[33:20]अब यो स्टक यहाँ किन्न भन्या थियौँ। यो माथि गइसक्यो। किन्न हुन्छ कि हुँदैन भनेर सोध्नुहुन्छ धेरै जनाले। किन्न हुँदैन। किन किन्न हुँदैन? रिस्क रिवार्ड मिल्दैन। वान: थ्री चाहियो नि त हाम्रो सिस्टमलाई त हाम्रो सिस्टमबाट मन्थ्ली हामी पाँच पर्सेन्ट दश पर्सेन्ट निकाल्नको लागि त हामी सिस्टममा स्टिक हुनुपर्यो।

[33:30]सिस्टमबाट दायाँबायाँ जानेबित्तिकै त हो ला, कहिले सात पर्सेन्ट आठ पर्सेन्ट होला। तर यदि दायाँबायाँ गएको कारणले गर्दा त्यो महिनामा लस भयो भने मेरो सिस्टमअनुसार म गएँ त? गएन। यो तरिकाले मार्केटलाई हेर्नुहोला र स्टक सेलेक्सन कुन सेयर किन्ने, कुन सेयर नकिन्ने भन्ने पनि यदि कसैले गोल डिफाइन गरेको छ, स्ट्राटेजी डिफाइन गरेको छ भने मात्रै गर्न सक्छ।

[33:53]स्टक सेलेक्सन। भोलि कुन सेयरले सर्किट हान्ला? पर्सि कुन सेयरले सर्किट हान्ला? अर्को दिन कुन सेयर बढ्ला? मैले कुन सेयर किन्ने? यो भनेको नर्मल रिटेलरले गर्ने कोन हो।

[34:01]सो आफैँले आफैँलाई गर्ने कोन वा तपाईँले कसैलाई तपाईँको जान्ने मान्छेलाई गर्ने कोन चाहिँ जेनुइन कोन चाहिँ के हुनसक्छ? मसँग एक महिनाको होल्डिङ पिरियड छ। मैले दश पर्सेन्ट मिनिमम रिटर्न निकाल्न चाहन्छु र मैले मेरो पैसा यो लोनको पैसा हो।

[34:15]मैले ब्याज पनि तिर्नुपर्ने छ। सो मैले कुन स्टक किन्न बेटर हुन्छ? एउटा प्रश्न भयो केस स्टडी भयो। अर्को केस स्टडी के होला? मसँग सो मसँग पाँच करोड रुपैयाँ पैसा छ। यो भनेको अघिको लो क्याप वा लो तपाईँको चाहिँ क्यापिटल भएको सिनारियो आज हाइ क्यापिटल।

[34:30]हाइ क्यापिटल भएको सिनारियो चाहिँ म एक करोड रुपैयाँ ट्रेड गर्न चाहन्छु। मसँग एक एक महिनाको टाइम पिरियड छ। सो त्यो पैसा मेरो आफ्नो पैसा हो तर मेरो जिन्दगीभरको कमाइ हो है। म लूज गर्न सक्दिन।

[34:44]यो केसमा मैले कस्ता स्टकहरु छान्ने? यसरी हुन्छ स्टक सेलेक्सन। सो मैले एउटा स्ट्राटेजी हामीले एउटा सर्ट पोजिसनको स्ट्राटेजीमा हिँडिसकेको स्टक र ईएमएको लाइनले ब्रेक गरेको स्टक गर्दाखेरिमा यसले फिल्टर गर्यो कि गरेन?

[34:55]बुलिश क्यान्डलले ब्रेक गरेको वालाबाट एउटा स्टक फिल्टर भए। आरएसआइबाट अर्को फिल्टर भए। म हजारभन्दा कमको स्टक ज्यादाको स्टक किन्दिन। त्यो फिल्टर भयो। म फन्डामेन्टल्समा मिनिमम हन्ड्रेडभन्दा माथिको किन्छु।

[35:05]सो अर्को फिल्टर भयो। यसरी फिल्टर हुन्छन्। स्टक सेलेक्सन यसरी हुन्छन्। स्टक सेलेक्सन कहिले पनि हामीहरु कुनै पनि स्टक हप्ता दिनमै डबल हुने तपाईँको तपाईँको अथवा के रे हप्ता दिनमै तपाईँको सर्किट लाग्ने वा आज किनेकोदेखि पर्सि खातामा आउदासम्म सर्किट लाग्ने यो नियतले हामी हेर्छौँ भने यो कसले हेर्छ त भन्दा यो नर्मल रिटेलरले भन्छ।

[35:21]कुनै पनि प्रोफेसनलले, कुनै पनि यदि नेपालको नम्बर वान ट्रेडर हो भने पनि उसले कहिले पनि हे यो तरिकाले सोच्दैन कि मैले सर्किट लाग्ने स्टक कसरी किन्ने भने यो तरिका नै गलत हो।

[35:34]किन यसको ट्र्यापमा परिन्छ हामी। कारण के छ ट्र्यापमा परिन्छ? आज भेटियो, भोलि पनि त्यस्तै खोज्न मन लाग्छ। अर्को दिन पनि त्यस्तै खोज्न मन लाग्छ। अनि जेनेरल्ली सर्किट लाग्ने स्टकहरु कस्ता हुन्छन्? जुन डिस्ट्रिब्युसन स्टार्ट हुने र वा डिस्ट्रिब्युसन स्टार्ट भइसकेका स्टकहरु हुन्छन्।

[35:46]मार्केटमा एब्रप्ट कन्डिसन जेनेरेट हुनासाथ आज किनेको ट्रेड खातामा आइपुग्दासम्म पन्ध्र पर्सेन्ट लस भइसकेको हुन्छ। के को स्टप लस के को सिस्टम त्यसपछि? ठिक छ? मिनिमम गोल, गोलसँग हामी हिँड्नुपर्यो।

[35:59]हाम्रो गोलअनुसारको स्ट्राटेजी बनाउनुपर्यो। हाम्रो लागि त्यही नै मार्केट हो। अर्को भिडियो के विषयमा तपाईँहरुलाई बनाऊँ? यति भन्दै आजको भिडियोबाट म बिदा लिन चाहन्छु। आजको भिडियो कस्तो लाग्यो? र एउटा प्रोफेसनल र सिरियस ट्रेडर बन्नको लागि तपाईँले आफ्ना मिनिमम कम्प्लाइन्स पूरा गर्नुभएको छ कि छैन कमेन्ट बक्समा कमेन्ट गर्नुस्। नमस्ते।

Need another transcript?

Paste any YouTube URL to get a clean transcript in seconds.

Get a Transcript